बसुँ भन्दा कतै आवास छैन
ऊडूँ भन्छु खुला आकाश छैन
अँध्यारोमै कटाएँ रात सारा खै ! अझै आभास छैन
वसन्ती फूलमै अल्झिन्छ ज्यादा जवानीको कुनै विश्वास छैन
कतै बेहोशीमा छल्किन्छ प्याला कसैको भागमा दुई गाँस छैन
जलायो ग्रीष्मले फ्याँक्यो हुरीले मलाई बैंसको मधु...मास छैन
दुष्कर्मले साम्राज्य मिल्छ कुनै सत्कर्ममा स्याबास छैन
उदासीको गजल गाईरहेछु कतै सङ्गीतमा उल्लास छैन
Thursday, August 20, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment