एमालेभित्रको विवादको मुख्य कुरो के हो?
नेपाल अहिले सामन्ती राजतन्त्रलाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरेको छ। समाप्त गरिएको राजतन्त्रको आधार देशभित्र सामन्त वर्ग दलाल र नोकरशाही पूँजीपतिवर्ग र देश वाहिर साम्राज्यवाद रहेका थिए। राजतन्त्र अन्त्य भए पनि त्यसका आधारहरु नेपालबाट समाप्त भएका छैनन्। यीनलाई पनि समाप्त नगरि राजतन्त्र अन्तय भए पनि नयाँ नेपालको नयाँ युग यहाँ आउन सक्दैन। त्यही भएर यतिवेला जारि भएको शान्तिपूर्ण जनक्रान्ति सम्पन्न गर्न उपरोक्त जनताको शत्रुवर्गहरुको हैसियत समाप्त गरी मुलुकलाई अग्रगामी परिवर्तन तर्फ लैजानु पर्छ। तर यतिवेला हाम्रो पार्टीमा यदी अग्रगामी परिवर्तनतर्फ जान नचाहनेहरुले विभिन्न वखडा गरेका छन्। वास्तवमा एमाले भित्रको विवाद नेपाली समाजलाई अग्रगामी परिवर्तनतर्फ लैजाने वा यथास्थितीवादी सुधारमा मात्र राख्ने भन्ने विचारवीचको विवाद हो। हामी नेपाली समाजलाई नयाँ संविधान निर्माण गर्ने क्रममा संविधानमा जनवादी प्रावधान समावेश गरी अग्रगामी परिवर्तनतर्फ लैजान चाहन्छौं। त्यो भनेको नयाँ संविधानलाई समाजवाद उन्मुख वनाउनु हो। त्यसमा नेपाली सर्वहारा वर्ग र सम्पूर्ण श्रमजीवी जनताको हित रक्षा हुने प्रावधान समावेश हुनुपर्छ। अव नेपाली समाजलाई उदार पुजीवादी वर्गको संरक्षक अन्तर्राष्ट्रिय साम्राज्यवादको पिछलग्गु नबनाएर श्रमजीवी जनता वास्तवमा मालिक वन्ने समाजमा रुपान्तरण गर्नुपर्दछ। यो अग्रगामी परिवर्तन देख्न नचाहने, सुरुदेखी नै यथास्थिीतिवादी सुधारमा बस्न मन पराउनेहरूले त्यसको विरोध गरेका कारण पार्टी भित्र विवाद खडा भएको छ। तर, सतहमा भने देखिने विषयहरू अनेक-अनेक वनाइएका छन् ।
माओवादीलाई हेर्ने दृष्टिकोणका कारण हो?
माओवादीलाई हेर्ने दृष्टिकोणमा पनि मतभिन्नता छ। माओवादीलाई साथ लिएर नेपाली समाजलाई अग्रगामी परिवर्तनतर्फ लैजाने, माओवादीलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्ने र माओवादीमा रहेका उग्रवामपन्थी गलत विचारहरूलाई आलोचना गरेर सुधार गर्ने। तर त्यो सुधारबाट नेपाली श्रमजीवी जनताले मुक्ति र सम्वृद्धि पाउनु सक्नुपर्दछ। फेरि त्यो अहिलेको परिस्थितीमा अपरिहार्य शक्ति भएकाले पनि त्यसलाई साथ लिएर जानु अनिवार्य भएको छ। यो एउटा दृष्टिकोण भयो। अर्काे दृष्टिकोण, विगत निर्वाचन र त्यो भन्दा पहिले माओवादीले गरेका गलत र आपराधिक क्रियाकलापको आधारमा उसँग वदला लिन अनेक किसिमबाट उसलाई हिंसात्मक युद्धमा फर्काउने र सबै किसिमका माओवादी विरोधी शक्तिलाई जम्मा पारेर त्यसलाई समाप्त गर्ने भन्ने रहेको छ। यो दृष्टिकोण उदार वुर्जुवा वर्ग र अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिको पनि दृष्टिकोण हो। यो दृष्टिकोणलाई हामीले विरोध गरेका छौ।
पार्टी अध्यक्ष झलनाथ खनालले आत्मसमपर्णवादी, उन्मुलनकारी र रुपान्तरणकारी गरी तीन धार रहेको बताउने गर्नुहुन्छ? मैले अध्यक्षले भने झैं तीन धार देख्दिन। दुई धार मात्रै छन्, हाम्रो पार्टीमा। आत्मसमर्पणमा पुगेका व्यक्तिहरु पार्टीमा वसिरहन सक्दैनन्। माओवादीमा पस्न खोज्ने व्यक्तिलाई इंगित गर्न अध्यक्षले खोज्नु भएको होला। यस्ता व्यक्तिहरुको प्रवृत्तिलाई धार भन्न मिल्दैन। यस्तो प्रवृति माओवादी भित्र पनि देखिन्छ। त्यही भएर धेरै व्यक्तिहरु माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका छन्।
तपाईले कुन धारको प्रतिनिधीत्व गर्नुहुन्छ?
मैले सही क्रान्तिकारी अग्रगामी परिवर्तनकारी धारको प्रतिनिधीत्व गर्छु। नेकपा(एमाले) को आठौ महाधिवेशनको राजनीतिक कार्यदिशाको धारलाई प्रतिनिधित्व गर्छु। महाधिवेशनको मुख्य धार संविधानसभामा रहेका सबै वामपन्थी तथा राजतन्त्र विरोधि लोकतन्त्रवादीलाई गोलवन्द गरी संघीय लोकतान्त्रिक गणतन्त्रको अग्रगामी परिवर्तनकारी संविधान निर्माण गर्ने हो। तर अर्को धार भनेको उग्रवामपन्थी भएको हुनाले माओवादीलाई समाप्त गर्न उदार वुर्जुवा यथास्थितिवादीसँग मात्र मिलेर जानुपर्दछ भन्ने हो।
तर, पार्टीभित्रैबाट तपाईलाई माओवादी निकट भएको आरोप छ नि? पार्टीले लिएका कतिपय निर्णयमा फरक मत राख्दै मैले आलोचना पनि गरेको छु। त्यस्ता निर्णयहरूप्रति आलोचनात्मक दृष्टिकोण राखेको छु। यो साँचो कुरा हो। त्यसका साथै मैले नेकपा माओवादीका सम्बन्धमा यथार्थ विचार पनि राखेको छु। अहिले संविधानसभामा एक तिहाईभन्दा बढी सदस्य संख्या सहित माओवादी उपस्थित छ। र, अन्तरिम संविधानमा दुई तिहाई बहुमतले संविधान घोषणा गर्ने प्रावधान छ। यो स्थितीमा एक तिहाई भन्दा बढी संख्या भएको माओवादीलाई अलग गरेर, त्यसलाई चिढयाएर र लखेटेर संविधान घोषणा गर्न सकिदैन। त्यसैकारण माओवादीलाई कसरी साथमा लिन सकिन्छ भन्ने कुरा सोच्नुपर्छ। माओवादीलाई साथमा लिन राष्ट्रिय सहमतिको सरकार पनि बनाउनुपर्छ। त्यसको लागि उसका मागहरू सम्बोधन गर्नुपर्छ भन्ने कुरा मैले भनेकै हो। त्यसमा म अहिलेपनि अडिग छु। यही कारणले मलाई निकट भनिएको हो भने भन्नु केही छैन। अन्यथा मेरो कुनै निकटता छैन।
माओवादीको माग आफनै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने छ नि?
माग त हुने नै भयो नि, संविधानसभाको सबैभन्दा ठुृलो पार्टीले आफनै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने माग अनौठो हुँदै होइन। तर, बसेर छलफल गर्नुपर्यो। उ सँग खुल्ला दिमागले छलफल गर्नुपर्यो तर्कयुक्त कारण सहित यसकारण अव नेतृत्व उसले गर्न सक्दैन भन्दै र अरु कसैको नेतृत्वमा माओवादी सामेल हुनुपर्छ भनेर छलफल त गर्नुपर्यो। वसेर छलफल नै गर्न तयार हुनुहुन्न भने कसरी हुन्छ? त्यो छलफल गर्ने वातावरण सरकारको नेतृत्व गरेको कारणले तपाईको जिम्मेवारी हो । जसरी हुन्छ संविधान निर्माण गर्ने वातावरण तयार गर्नुस् भन्ने मेरो धारणा हो। किनकी, संविधान घोषणा भएन भने हामी राज्यसत्ताविहीन अवस्थामा पुग्ने छौ। त्यो अवस्थाले समाज र देशको के गति हुन्छ? त्यो सुन्यतामा स्थान पूर्ति के ले गर्ला त्यो कुरा सोच्नुपर्यो। मैले यसो भन्दा माओवादी निकट जसले भन्छ तिनीहरू हाम्रो पाटीभित्र र वाहिर पनि दक्षिणपन्थी यथास्थितिवादी विचार वोकेर हिडनेहरू हुन्। आफनो दक्षिणपन्थी कुरूप अनुहारलाई ढाक्न मलाई माओवादी निकटको आरोप लगाइरहेका छन्। त्यो भन्दा अरु मैले केही देखेको छैन। अहिले मेरो विचार के हो भनेे संविधान बनाउने क्रममा नै शान्तिपुर्ण जनक्रान्तिलाई संभव भएसम्म सम्पन्न गर्नुपर्छ। त्यही संविधानबाट शान्तिपुर्ण जनक्रान्ति सम्पन्न गर्ने मार्गदर्शन प्राप्त हुने किसिमले लेख्नुपर्छ। त्यसरी लेख्न नदिन र मुलुकलाई यथास्थितीमा राखिराख्न यी सबै खल नायकीय कामहरू भइरहेका छन्।
यो गर्दा काग्रेसलाई पर्गेल्ने कुरा आउदैन? काग्रेसलाई पर्गेल्ने कुरा कसरी भयो?
मेरो स्पष्ट विचार काँग्रेसलाई समेत लिएर जाने भन्ने हो। तर ठूलो जनदवाव विना उसले यसो गर्न सक्दैन। यो पार्टी सुधारवादी पनि भएको हुनाले वाध्यताले पनि अग्रगमनको पछि लाग्नेछ। तर पार्टी भित्रका मानिसहरु काँग्रेसलाई हाउगुजी वनाएर आफ्ना दक्षिणपन्थी यथास्थितिवादी कुराहरु विकाउन क्रियाशिल छन्। जसरी एमाले गणतन्त्रमा जानुपर्छ भनेर हामीले भन्दा पार्टीभित्रका यथास्थितीवादीले के भन्थे भने ...यो त काग्रेसलाई पर्गेल्ने कुरा हो। आन्दोलन छिन्नभिन्न पार्ने कुरा हो। सवैधानिक राजतन्त्रमा पो नेपाली काग्रेस सहमत भएको हो। त्यसैले गणतन्त्रको लाइन लिन हुँदैन।' आखिर काग्रेस पनि गणतन्त्रमा आयो कि आएन? त्यसकारण समाजको अग्रगामी परिवर्तनको बाटो पहिल्याइसकेपछि जो कोही पनि त्यही ठाउँमा जाने हो। समाजवाद उन्मुख संविधान बनाउने कुरा गर्दा नेपाली काग्रेसले पनि डेमोक्रेटिक सोसलिजम (लोकतान्त्रिक समाजवाद) मान्छ। लोकतान्त्रिक समाजवाद मान्ने हो भने समाजवादका आधारभुत प्रस्तावनामा काग्रेस पनि जानपर्छ। त्यसमा नेपाली काग्रेस आउछ भनेर आफु अघि बढनु पर्यो। त्यसका लागि संघर्ष गर्नुपर्यो। नेपाली काँग्रेस मात्र होइन जो आउदैन, त्यो जनताको वीचमा नांगिनेछ। त्यसकारण नेपाली काग्रेस के गर्छ भनेर होइन पहिला आफु जानुपर्यो, त्यसपछि काग्रेस पनि आउछ। हामीले उत्पीडनमा रहेको समुहका हित हुने अग्रगामी वाटो लिनुपर्छ। तर, समाजमा यथास्थिती चाहने, मुलुक वर्वाद भएपनि होस् भनेर राष्ट्रघाती विचार दिमागमा राख्नेहरूले चाहिं विरोध गर्छन भने विरोध गरिरहुन् त्यसले केही फरक पर्दैन। कराउनेे कराउँदै रहन्छन् हात्ति लम्किरहन्छ भन्ने उखानलाई चरितार्थ गर्नुपर्दछ।
तपाईले माओवादीसँग कुराकानी त गर्न पर्यो भन्नुभयो। तर, राष्ट्रिय सहमतिको सरकारको विषयमा छलफल गर्न खोज्दा माओवादीहरू हरूवाले निहुँ खोज्ने भन्दै छन् नि?
हारेकालाई हरूवा भन्ने हाम्रो चलन नै छ नि। त्यसलाई अन्यथा लिन हुँदैन। कोही मानिस लंगडो छ भने उसलाई लंगडो भन्दा रिस उठछ। एउटा आँखो नभएकोलाई कानो भन्दा पनि रिस उठछ। त्यसै गरी हारेकालाई पनि हरूवा भन्दा रिस उठ्न सक्छ। मैले पनि संविधानसभा निर्वाचनमा हारेकै हुँ अव कसैले हरूवा भन्यो भने मैले सहनुपर्यो। मैले हारेकै हो। हारेकोमा गौरव गर्ने कुरा भएन। त्यसकारण हरूवा भन्छन् भन्ने कुरालाई हामीले विचार आधार बनाउने होइन। हामीले गर्नुपर्ने मुख्य काम नयाँ संविधान बनाउने हो। त्यो नयाँ संविधानमा श्रमजीवी वर्गीय सार समावेश गर्ने हो। त्यसका लागि कसले के भन्छ भन्ने होइन त्यो कुरामा कोसँग सहमत हुन सकिन्छ सबैलाई गोलवन्द गरेर अघि बढनुपर्छ।
वियाँ भुष मिलेर चामललाई पर्गेल्दै छन् भनेर तपाईले आफनै पार्टीलाई वियाँ-भुष र माओवादीलाई चामलको संज्ञा पनि दिनुभयो भन्दै छन् नि?
मैले त्यसरी भनेकै होइन। यो कुरा मिडियाले कसरी ल्यायो? सरकारलाई समर्थन गर्ने २२ दल छन् नि भन्ने प्रसंगमा मैले त्यसमध्ये दुई पार्टी एमाले र काग्रेसमा वियाँ, भुष, कनिका सबै मिसिदैमा ठुलो हुन्छ? भनेको हुँ। यसको मतलव एमालेलाई वियाँ-भुष भनेको हुन्छ? अहिले काग्रेस र एम्ााले सहित अन्य पार्टी सामेल भएर २२ वटा पुगेको छ भन्दैमा त्यसलाई सबैभन्दा ठुलो भन्ने पक्षमा जान भएन भनेको हुँ। किनभने, चामलमा वियाँ, भुष, कनिका सबै हुन्छन् त्यसलाई छुटयाउनुपर्छ भन्ने सन्दर्भमा भनेको हुँ। हामी चामलै हौं तर हामीसँग वियाँ पनि आएका छन्, भुष पनि आएका छन् र कनिका पनि आएका छन्। यस्तो कुरालाई पनि पथभ्रष्ट हुन चाहनेले कसरी वंग्याउन सक्दारहेछन् भन्ने एउटा उदाहरण हो यो।
एमालेका कतिपय नेताहरूको भनाईमा तपाईले आफनै पार्टीको भन्दा पनि माओवादीको नीति धेरै लिनुभयो रे नि? कुन चाहिं नीति माओवादीको लिए?
यो नीति लिनुभयो भनेर भन्न सक्नुपर्यो। यस्ता तुच्छ र छुल्याहा आरोप लगाएर मेरा विरुद्ध कार्यकर्ता छड्काउने षड्यन्त्र वाहेक अरु केही होइन। यदि एमालेका कुनै नेताले विना प्रमाण त्यसो भन्छन् भने उनीहरूको दिमागमा जण्डिसको रोग छ भन्ने ठान्नुपर्दछ। उनीहरूले वामदेव गौतमलाई त्यही जण्डिसे दिमागबाट हेरेका छन् र वुझ्ने गरेका छन् भन्ने वुझ्नुपर्यो। केही दिन पहिलेदेखि एक पटक पार्टी फुटाएको हुनाले वामदेव गौतमले फेरी अर्काेपटक पार्टी फुटाउन प्रयत्न गर्दैछ भनेर भ्रमको अभियान चलाउन थालिएको छ। त्यस हिसावले प्रहार गर्न खोजिदै छ। यो त अति चरित्रहीन कुरा भयो। तर्कमा पराजित भएपछि, वुद्धिमा विर्को लागेपछि वुद्धिहीनता कसरी प्रकट हुँदो रहेछ भन्ने कुराको एउटा यो उदाहरण हो। यस्ता आधारहिन आरोपहरुमा बुद्धिहीनता मात्र प्रकट भएको छ। एमालेभित्रै कतिपय मानिसहरूको वुद्धिहिनता मैले केही तर्क गरे भने मलाई माओवादी भनिदियो, अर्कोले कुनै अर्के तर्क गर्यो भने उसलाई राजावादी भनिदियो, अर्काेले कुनै अर्कै तर्क गर्यो भने यो त गद्दार भयो भन्नेमा प्रकट हुने गरेको छ। हामीले अहिले ऐतिहासिक महत्वका जे कुरा गरिरहेका छौं, त्यसको महत्व र गम्भीरतालाई समाप्त गर्न लगाउने यी आरोपहरू हुन्। मैले कुन चाहिं नीति माओवादीको लिएको छु? यो नीति माओवादीको हो भन्न सक्नुपर्यो। कतिपय विचार, नीति माओवादीको पनि सही हुन सक्छ। सही छन् भने त्यो कुरालाई स्वीकार त गर्नै पर्छ। जस्तो शासकीय प्रणालीका विषयमा पार्टीभित्र मेरो फरक मत छ। संविधानसभाको चुनावमा जाने क्रममा कस्तो किसिमको शासन प्रणालीमा जाने भनेर पार्टीभित्र छलफल हुँदा हाम्रा साथीहरूले प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री र ब्यवस्थापिका संसदबाट आलंकारिक राष्ट्रपति चुन्ने प्रस्ताव ल्याउनुभयो। मैले भने 'यो न महिला हो, न पुरूष हो? (हुन त तेस्रो लिङगी पनि समाजकै अंग हुन् तर समाजको सृष्टि थाम्न महिला र पुरूष हुनै पर्छ।) मैले यो नीति गलत भयो भनेर फरक मत देखे। नेपालजस्तो बहुजातीय, बहुभाषिय तर सानो र गरीव तथा पछौटे अवस्थामा रहेको मुलुकलाई राष्ट्रपतीय प्रणाली नै सबैभन्दा उपयुक्त छ भन्ने विचार मैले राखेको हुँ। मैले यो विचार अघि सार्दा माओवादीले आफनो घोषणापत्र नै ल्याएको थिएन। अव माओवादीसँग यो विचार मिल्यो भन्दैम्ाा वामदेवले माओवादीको नीति लियो भन्न त भएन नि। त्यस्ता कतिपय कुरा मिल्न सक्छन्। पार्टीले निर्णय लिएपछि त त्यही नीति नै अवलम्बन गर्दै हिडिएकै छ। त्यसकारण म फेरि पनि भन्छु माओवादीको नीति लिएको छ भन्ने कुरा दिमागमा जण्डिस भएकाहरूको बुद्धिहीनताको आरोप मात्रै हो।
पार्टी फुटाउन लागको आरोप किन लाग्दै छ? केही आधार भएरै हो कि?
पार्टी फुटाउदै छ भन्ने आरोप हाम्रो पार्टीका दक्षिणपन्थी यथास्थितीवादीहरूले लगाएका हुन्। उनीहरू पार्टीमा पराजित हुँदै गएपछि यस किसिमको आरोप लगाउन थालेका हुन्। हाम्रो पार्टीमा ती एकपछि अर्काे गरी नांगिदै छन्। पार्टीमा जसले मलाई पार्टी फुटाउने आरोप लगाउदै छन् ती ब्यक्तिहरू हिजो निरंकुश राजतन्त्रको विरूद्ध आन्दोलन गरौ भन्दा आन्दोलन गर्न हुँदैन भन्ने मानिसहरू थिए। जव पार्टीलाई गणतन्त्रमा लैजान खोज्दै थियौं, उनीहरू गणतन्त्रको विरूद्धमा थिए। जव हामी गणतन्त्रको लागि संघर्ष गर्दै थियौं, उनीहरू ...नेपालमा गणतन्त्रको आन्दोलन झापादेखी गोरूगाडामा चढेर अमेरिका जाने कल्पना गरेजस्तै हो'भनेर खिल्ली उडाउदै थिए। माओवादीलाई शान्तिपुर्ण बाटोमा ल्याएर निरंकुश राजतन्त्रका विरुद्ध आन्दोलन गरेर जानुपर्छ भन्ने कुराको विरोधी पनि तिनै ब्यक्तिहरू थिए। आन्दोलन अघि बढेर राजतन्त्र ढल्नै लाग्दा बैशाख ८ गते तत्कालिन राजाले प्रधानमन्त्रीको नाम दिन गरेको घोषणालाई समर्थन गरेर जानुपर्छ पनि भन्दै थिए। अनि तिनै ब्यक्तिहरू अन्तरिम संविधान जारी गर्न लाग्दा पुरानै संविधान काफी छ भनेर फेरी पनि संवैधानिक राजतन्त्रमा बस्न चाहेका थिए। संविधानसभाको निर्वाचनपछि त्यसको पहिलो बैठकबाट राजतन्त्र फाल्ने निर्णय गर्दा पनि ती ब्यक्तिहरू त्यसरी हुँदैन, जनतम संग्रहमा जानुपर्छ भन्दै थिए। त्यतिखेर कमल थापा पनि राजतन्त्रको फैसला जनमत संग्रहबाट हुनुपर्छ भनेर निर्णय गर्दै थिए। त्यस्तो ठाउँमा ती ब्यक्तिहरू थिए जो अहिले पनि परिवर्तन चाहदैनन्। अहिले संविधानसभामा ६२ प्रतिशत कम्युनिष्ट वामपन्थीहरू रहेको स्थितीमा एउटा साझा सहमति गरेर जाने अवस्था छ। त्यसलाई उपयोग गरेर अरूलाई पनि गोलवन्द गर्दै अग्रगामी परिवर्तनमार्फत समाजवाद उन्मुख संविधान बनाउन सक्ने अवस्था छ। त्यो काम गर्नुपर्छ भन्ने कुरालाई पर्दा लगाउन उनीहरूले यी सबै आरोप लगाउने काम गरिरहेका छन्।
ती को-को हुन्? तपाईले पत्रिकामा थुप्रै नाम देख्नुहुन्छ नि। हो, तिनै त हुन्। किन नाम लिन अहिले नै पर्यो र भन्नै परे पछि पछि भनौला।
तपाईले प्रधानमन्त्री माधव नेपाललाई समेत भन्न खोज्नुभएको हो?
हो त। प्रधानमन्त्री कमरेड माधव नेपालले केही दिन पहिले एउटा सार्वजनिक कार्यक्रममा उत्तेजित हुँदै कस्ता कस्तोे तुत्छ भाषण गर्नुभयो। मुलुकको त्यति सम्मानित पदमा आसिन व्यक्तिले त्यस्तो त सोच्न पनि नहुने हो। वहाँले २०५८ सालको ऐतिहासिक पार्टी एकतालाई पनि घृणा गर्नुभयो। अहिले आफनै पार्टीभित्र अनेकौं किसिमको ववण्डर खडा गर्ने काम गर्दै हिँड्दै हुनुहुन्छ। त्यसबाट के भन्न सकिन्छ भने प्रधानमन्त्री यति असन्तुलित भइसक्नुभएको छ कि उहाँले जे मनमा लाग्यो त्यही बोल्न थाल्नुभएको छ। वाहिरवाट हेर्दा त्यही देखिन्छ। त्योे भाषण हेर्दा प्रचण्डलाई जवाफ दिएको भन्नुहुन्छ कि, मलाई जवाफ दिएको भन्नुहुन्छ कि वा पार्टीका अरू नेतालाई जवाफ दिएको भन्नुहुन्छ? उहाँ सबै कुरामा यसरी विचार ब्यक्त गरिरहनुभएको छ कि त्यसो गररे मात्रै आफु टिक्छु भन्ने ठान्नुभएको छ। यो अवस्थालाई असन्तुलित नभनेर के भन्ने?
किन त्यस्तो हुनुभएको हो?
धेरै आत्तिएर त्यसो गर्दै हुनुहुन्छ होला। सबैतिरबाट विरोध भएकोे छ भन्ठानेर आत्तिनुभएको होला। अहिले म देख्छु, प्रधानमन्त्रीले बोल्ने विषय अरू नै छन्। भाषणको समय आधा आफनो विरोधीहरूलाई प्रहार गर्नमै खर्चिनुभएको छ। के त्यो आवश्यक छ प्रधानमन्त्रीलाई? प्रधानमन्त्रीले आफनो जिम्मेवारी के हो त्यो पुरा गर्दै हिडे भयो नि। कसैले कालो झण्डा देखायो, ढुङगा हान्यो भन्दैमा सबै कुराको जवाफ प्रधानमन्त्रीले नै दिदै हिडनुपर्छ र? पार्टीभित्र उत्पन्न भएका विषयहरूको टुङगो लगाउन पार्टीको कमिटी छ। तर, प्रधानमन्त्रीले मौका पाइयो भन्दैमा सबै कुरा सार्वजनिक गर्दै हिडनुपर्छ र? जहाँसम्म फेरी पार्टी फुटाउन लाग्यो भन्नुभएको छ, त्यस सवालमा ०५४ मा पार्टी विभाजन हुँदा माधव नेपाल नै महासचिव हुनुहुन्थ्यो। आधा विभाजन उहाँले गर्नुभएको हो, आधा विभाजन मैले गरेको हो। मैले विभाजनको जिम्मेवारी लिइसकेको छु। उहाँले आजसम्म कुनै जिम्मेवारी लिनुभएको छैन। तर, उहाँ पार्टी विभाजन गर्यो भन्दै हुनुहुन्छ। के पार्टी विभाजनमा एउटाको मात्रै दोष हुन्छ? अनि त्यो विभाजन रोक्ने जिम्मेवारी उहाँको हुँदैनथ्यो? त्यसकारण त्यसवेलाको विभाजनमा जति वामदेव गौतमको जवाफदेहिता छ, त्यति नै माधव नेपालको पनि छ। बरू, हामीले विभाजित पार्टीलाई फेरी एकीकृत गर्यौं। माधव नेपालजीहरुले हामी वामदेवहरुले फुटेको पार्टीलाई एकतावद्ध गर्यौ।
तर, कार्यकर्ता चाहिं माओवादीतिर बुझाइदिनुभयो रे?
पार्टीका २८ हजार संगठित सदस्य सहित नेता कार्यकर्ता फुटेर गएका हौ।
२५ हजार संगठित सदस्यसहित एक दुई जना नेता छोडेर हामीले पार्टीलाई एमालेमा एकीकरण गराएका हौं। वाँकी रहेका तीन हजारमध्ये केही सीपी र्मैनालीसँग रहे, केही निष्त्रि्कय भए, केही पलायन भए, केही विदेशतिर गए अनि केही चाहिं माओवादीमा पनि गएका हुन्। यसको ऐतिहासिक महत्वलाई समाप्त पार्न चाहनेहरुले मात्र सवै माओवादीतिर वुझईदिए भन्छन्।
अहिले पनि तपाईहरूको विवादले कार्यकर्तासम्मै विभाजन देखिन थालेको छ नि? यो विभाजन मैले गरिरहेको छैन। महाविधवेशनले पारित गरेको विधान जसले मान्दिन, भन्छ त्यो कागजको खोस्टो हो भनिरहेको छ उसले नै विभाजन गरिरहेको छ। काठमाडौं जिल्ला कमिटीको पुर्नगठन राजेन्द्र श्रेष्ठ र योगेश भट्टराईले गरेका होइनन्, केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेको हो। त्यो निर्णय मात्रै त्यहाँ कार्यन्वयन गरिएको हो। आँखामा पट्टी लगाएर बोल्न मिल्छ? अझ सरकार र पार्टीको उच्च तहमा पुगेका ब्यक्तिहरू नै आँखामा पट्टी बाँधेर बोलिरहेका छन् भने कति ठूलो वेथिति भैरहेको छ घाम जस्तै छर्लंग छ। उहाँहरूले जे गरिरहनुभएको छ, त्यो विल्कुल अनुचित र विभाजनकारी र गुटवन्दीपूर्ण छ। अनि अरूलाई आरोप लगाएर आफ्ना गलत क्रियाकलापलाई छोप्न चाहनु भएको छ। यति मात्रै हो।
महाधिवेशनले पारित गरेअनुसारको विधान छापिएन भन्ने कुरा अर्काे पक्षले उठाएको छ नि?
महाधिवेशनले पारित गरेअनुरूप विधान छापिएको छ। सत्य कुरो त्यही हो। यसमा केही पूर्णविराम, कमा, केही शब्द छुटन गएको छ भने त्यसमा शुद्धीपत्र जारी गरेर सच्याउनुपर्छ भनिएको छ।
तर, शुद्धीपत्र छापिएन भन्छन् नि?
त्यो छापिन्छ, केही समय पछि जारी हुन्छ। त्यहाँ रहेका असुद्धिले विलकुल विपरितार्थ राख्दैनन्। तैपनि शुद्धिपत्र जारी गरिन्छ, त्यसमा आत्तिन पर्ने छैन। शुद्धीपत्रको नाममा आफुलाई मन लागेको विधान लेख्न पार्टीमा कुनै दस्तावेज दर्ता गराएर हुन्छ? शुद्धीपत्र भनेको त अक्षर छुटेको जस्ता कुरा सच्याउने हो। त्यो काम पार्टी सचिवालयबाट हुन्छ। तर, तिनै कुरालाई लिएर महाधिवेशनले पारित गरेअनुरूप विधान भएन भन्न मिल्छ? यो आरोप पूर्वाग्रहपूर्ण र नियोजित छ।
कार्यविभाजनमा पनि असन्तुष्टी देखिन्छ नि?
यसमा नेपाली उखान छ, हरूवा गोरूको भजुवा वानी भनेजस्तै हो। कार्यविभाजन केही ब्यक्तिहरूलाई मन परेन। कुनै अञ्चलभित्र कोही पोलटब्युरो सदस्य हुनुहुन्छ भने उहाँलाई संयोजक र केन्द्रीय कमिटीमा भएकामध्ये सबैभन्दा वरिष्ठलाई सहसंयोजक बनाएर अञ्चल समन्वय कमिटी बनाउने निर्णय गरियो। त्यसै अनुसार उपत्यका समन्वय कमिटी गठन गरिएको हो। त्यसै अनुसार केन्द्रीय सदस्यहरुको कार्य विभाजन भएको हो। त्यो कार्य विभाजन केन्द्रीय कमिटीको दोश्रो वैठकले गरेको हो। त्यो निर्णयको माईन्यूटमा आजका असन्तुष्टहरुको पनि सहीछाप छ।
यो विवादको छिनोफानो कसरी हुन्छ?
छिनोफानो पार्टीको निर्णयलाई कार्यन्वयन गरेर हुन्छ। पार्टीको निर्देशन पालना गरेर हुन्छ। पार्टी निर्माणमा जीवन विताएको बताउने साथीहरूले पार्टी निर्णय नमान्ने भन्ने कुरा आउदैन। फरक मत प्रकट गर्नु एउटा कुरा हुन्छ। मैले पनि पार्टीको निर्णयमा फरक मत राखेको छु। तर, ती निर्णयहरूको वर्खिलापमा म गएको छैन। तर, उहाँहरू त विधान नै मान्दिन भन्दै हुनुहुन्छ।
विधान नमान्नेलाई के हुन्छ? पार्टीको अनुशासन उल्लंघन गर्नेहरू अराजकतावादी भनिन्छ। पार्टी वलियो बनाउने कुरामा यस्ता अराजकता वाधक हुन्छन्। पार्टीलाई वलियो बनाउने हो भने त्यस्ता वाधा ब्यवधानलाई तोडदै अघि बढनुपर्छ।
तपाईहरूले बोलेको चाहिं अराजकता हुँदैन?
म पार्टीले गरेको निर्णयको वर्खिलापमा गएको छैन। म माथि लगाईएका आरोपहरुको खण्डन गरेको छु। पार्टीले निर्णय नगरेका विषयमा स्वतन्त्र विचार दिएको छु। आफूले राखेको फरक मतलाई स-सन्दर्भ उल्लेखसम्म गरेको छु। तर निर्णय पालना गर्दै हिँडेको छु।
आफनै पार्टीको सरकार काम लागेन माओवादीको नेतृत्वमा हुनुपर्छ भन्दै हुनुहुन्छ?
मैले कहाँ भनेको छु? माओवादीको नेतृत्वमा हुनुपर्छ भनेर मैले कहिले भने? तर, यो सरकार बन्ने प्रक्रियामा स्थायी कमिटीेले जे निर्णय गर्यो, त्यो ऐतिहासिक कलंक हो भनेर मैले भनेकै हो। महाकलंक भनेको छु। यो बाटोले संविधान निर्माण गर्दैन, महान् परिवर्तनको बाटो छेक्छ भनेको हो। यो दक्षिणपन्थी गठबन्धन हो र नेपाल राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ता विरुद्ध छ भन्नेसम्मको मत जाहेर गरेकै हो। तर, पार्टीले राजिनामा देउ भन्यो म राजिनामा गरेर आए। जहाँ काम गर्न भन्यो त्यहाँ गएर काम गरकै छु। अव फेरि माओवादीकै नेतृत्वमा सरकार वन्नु पर्दछ भन्ने मेरो मान्यता पनि होइन।
त्यतिखेर तपाईको फरक मत चाहिं प्रचण्डलाई भेटेपछि वालुवाटारबाट फयाक्समार्फत आयो नि?
यो कुरा तपाईको दिमागमा कहाँबाट आयो? यस्तो प्रश्न मसँग गर्न लायक छैन। म नेपालका ८/१० जना राष्ट्रिय राजनीतिज्ञमा पर्ने एउटा व्यक्ति हुँ। यस्तो अनैतिक र अनुचित कामको आशा र शंका गर्ने मानिस अवुझ र वुझ्न नचाहने मात्र हुन्, अनि मैले त्यहाँ गएर फयाक्स पठाए भन्ने कुरा पनि सोच्न सक्छ कसैले? मेरो पार्टीभित्र पनि अहिले भएका प्रमुख नेताहरूभन्दा पार्टी इतिहासको हिसावले म ...सिनीयर' हुँ। माधव नेपाल भन्दा पनि वरिष्ठ हुँ। पार्टीभित्रको हैसियतले म वरिष्ठ छैन तर कम्युनिष्ट आन्दोलनको हैसियतले यी सबैभन्दा म अगाडी छु। म भन्दा अगाडी साहाना प्रधान, भरतमोहन अधिकारी हुनुहुन्छ। म एउटा जिम्मेवार ब्यक्ति हुँ। म नेकपा एमालेको संस्थापक हुँ। एमालेलाई स्थापित गर्नेमध्येको एउटा चर्चित संगठनकर्ता हुँ। मेरो इतिहास मेटेर नेकपा एमालेको वास्तविक इतिहास कसैले लेख्न सक्दैन। त्यस्तो ब्यक्तिको बारेमा यस्तो सोच्ने? मैले जे गर्छु त्यो भनेर नै गर्छु। त्यसकारण मेरो निम्ति कसैले फयाक्स पठाउन पर्दैन। त्यस्तो अनैतिक र चरित्रहिन काम गर्ने अवस्था ममा आउनु भन्दा धेरै पहिले नै म एमाले छोडिसकेको हुनेछु।
इतिहास नामेट गर्ने काम किन भइरहेको छ त?
तीनै अराजकतावादीहरू जो आफुले भनेअनुसार गर्न पाइरहेका छैनन्, उनीहरूले मलाई आरोप लगाएर अनि पार्टीमा भाँडभैलो मच्चाएर जित्न सकिन्छ भन्ने हिसावले गरिरहेका छन्। देशलाई वर्वाद गर्दै छन्, ती ब्यक्तिहरू। एमालेको शीर्ष स्थानमा रहेका ब्यक्तिहरू संविधान नबने बन्दैन, जे हुन्छ त्यो ब्यहोरौला तर माओवादीलाई त किनारा लगाउनै पर्छ भनेर गइरहेका छन्। माओवादीको विरोधको नाममा देशलाई संविधान विहीन बनाउने ठाउँमा पुग्छन् भने ती ब्यक्ति कति अराजक छन् भन्ने कुरा यसैबाट बुझन सकिन्छ।
तपाई वेलावखत कम्युनिष्ट एकताको कुरा गर्नुहुन्छ नि? त्यो संभव छ?
माओवादी उग्रवामपन्थी भडकाव भएको पार्टी हो। माओवादी समग्रमा उग्रवामपन्थी भइरहेको भए हामी सँगै आन्दोलनमा सहभागी हुने थिएनौं। सँगै संविधानसभाको निर्वाचनमा जाँदैनथ्यौ, सँगै सरकारमा बस्दैनथ्यौं र अहिले पनि मेरो नेतृत्वमा सरकारमा आउ भनेर प्रधानमन्त्रीले भन्न पर्दैनथ्यो। उग्रवामपन्थी पार्टीलाई कसैले सरकारमा लिदैन। तर उग्रवामपन्थी भडकाउ भएको पार्टीसित सँगै जान सकिन्छ। आलोचना आत्मालोचनाको प्रक्रियाबाट रुपान्तरणको अवस्था प्राप्त गर्न सकिन्छ। कम्युनिष्ट पार्टी र समुह धेरैको अस्तित्व रहँदासम्म पार्टी एकता सम्भव छ। एकता गर्नुपर्छ। यो पवित्र काम हो। राष्ट्रिय आवश्यकता पनि हो।
दुई वटा कम्युनिष्ट पार्टी समानान्तर रूपमा चल्न सक्दैनन् भन्ने पनि छ?
क्रान्तिभन्दा पहिले कम्युनिष्ट पार्टी वरावरी रुपमा (प्यारालली) चल्न सक्दैनन् भन्ने कुरा ठीक हो। क्रान्ति सम्पन्न भएपछिको स्थितीमा, सामन्तवादको उन्मुलन, साम्राज्यवादको शोषणको उन्मुलन भइसकेपछि, दलाल पुँजीवादी नोकरशाही उन्मुलन भइसकेको स्थितीमा र वहुदलीय प्रतिस्पर्धा कायम रहेको अवस्थामा चाहिं केही केही भिन्नताका वावजुद दुई वा धेरै कम्युनिष्ट पार्टी चल्न पनि सक्लान्। यो हामीले कल्पना गरेको जनताको बहुदलीय जनवादको अवधारणाले पनि बताउछ। तर, अहिले त्यस्तो हुने संभावना देखिदैन। आजसम्मको ब्यवहारले पनि त्यो देखाएको छ। एउटै परिस्थितीमा सबै कम्युनिष्ट पार्टी बराबर भएनन्। २०१८ सालदेखी पार्टी विभाजनको इतिहासको सुरूवात ठान्ने हो भने त्यसवेला देखिकै आवस्थामा पनि दुई पार्टी बराबर भएनन्। एकपटक पछाडी भएको अर्काेपटक अगाडी परेको छ। पहिला अगाडी परेको पछि पछाडी परेको छ। अर्ध औपनेवेशिक स्थितीमा वर्गीय प्रतिस्पर्धा प्रमुख भइदिन्छ। सामन्ती र पुँजीवादी वर्गको प्रतिनिधीत्व गर्ने पार्टी एकातिर र श्रमजीवी वर्गको प्रतिनिधीत्व गर्ने पार्टी अर्काेतिर रहन्छ। त्यसमध्ये श्रमिक वर्गको प्रतिनिधीत्व गर्ने अर्काे पार्टी पनि आयो भने जनताले एउटालाई मात्र अघि बढाउछन्। ०४८ सालको निर्वाचनमा अहिलेको माओवादी, राष्ट्रिय जनमोर्चादेखी सबै एउटै पार्टीमा थिए तैपनि संसदको चौथो ठुलो पार्टी मात्रै बन्यो। एमाले दोस्रो ठुलो पार्टी थियो। प्रतिद्धन्तिता काग्रेस र एमालेबीच थियो। अहिले संविधानसभाको निर्वाचनमा माओवादी पहिलो ठुलो पार्टी बन्न पुग्यो। काग्रेस दोस्रो ठुलो पार्टी छ। माओवादी र काग्रेसबीच प्रतिद्धन्दिता छ। हामी तेस्रोमा झर्यौं। भविष्यमा हामीले सही नीति लिएर जान सक्यौ भने हामी नै एक नम्बरमा जानसक्छौं। सही नीति लिएनौ भने झन् तलतिर झर्दै जान पनि पर्नेछ।
एमालेको भविष्य कस्तो देख्नुभएको छ?
आठौ महाधिवेशनले पारित गरेको नीति, विचारालाई वोकेर हिडने हो भने पार्टी सही ठाउँमा जान्छ। भविष्यमा यो पहिलो नम्बरमा आउन सक्नेछ।
यस्तै विवादले त्यो होला र? विवाद त समाधान होला नि। यस्ता विवाद त विभिन्न वेलामा उत्पन्न भएका छन्। त्यो विवादलाई हल गर्दै पार्टी अघि वढेको छ। यसपटक पनि छलफल गर्दै विवादलाई हल गर्नुपर्छ। पार्टीभित्र विभाजनमै पुग्छ कि भन्ने झै गरेर विवाद भएको हुन्छ। कुशल नेताले त्यो विवादलाई हल गर्नुपर्छ। वाहिरका समस्या हल गर्न तयार हुनेले पार्टीभित्रको समस्या हल गर्न पनि तयार हुनुपर्छ। हल गर्नै नसकिने अवस्था आयो भने त विभाजन अनिवार्य नै हुन्छ।
के पार्टी विभाजनमै गएको हो त?
होइन, अहिले विवाद उत्पन्न भएका छन्। पार्टीभित्र हल गर्नुपर्ने विवाद वाहिर आएका मात्र हुन्। अव पार्टीको बैठक वस्ला र यस्ता विवाद समाधान होला। त्यहाँ छलफल गरेर एउटा टुंगो लाग्ला।
पार्टीको तलसम्मै किन विभाजन देखिएको?
विवाद छ, त्यही भएर त्यस्तो देखिएको छ। कहिलेकाहीं ढाकछोप हुन्छ तर यो लोकतन्त्र आएपछि पार्टीभित्रका विवादहरू ढाकछोप भएनन्।
माओवादीको भरिया बनेर आएको आरोप पनि लगाउदै छन् नि?
यो लुच्छ दर्जाको तुच्छ व्यक्तिहरुले लगाउने आरोप हो। मैले कसैलाई पनि यस्तो आरोप लगाएको छैन। कम्युनिष्ट पार्टीभित्र वैचारिक संघर्षलाई समाप्त पार्न उदेश्यमुलक ढंगबाट घुषपैठ गरेका वर्गचरित्र समाप्त भएका ब्यक्ति र तत्वहरूले यस्तो गर्छन्। उनीहरूसँग विचारधारात्मक तहमा उत्रेर छलफल गर्ने सामर्थ्य हुँदैन। त्यही भएर यस्ता आरोप लगाउँछन्। अहिले कै कुरा गरौ न। संविधान निर्माण हुनु ठुलो कुरो हो कि एमालेको प्रधानमन्त्री भइरहनु ठुलो कुरो हो? अहिलेका प्रधानमन्त्री पदबाट हटदा संविधान बन्न सक्छ नहट्दा वन्न सक्दैन भने एमालेले कुन रोज्नुपर्छ? भनेर कसैले सोध्यो भने के जवाफ दिने? अरुको जिम्मा मेरो होइन। तर म भन्छु, प्रधानमन्त्री छाडेर भएपनि संविधान घोषणा गर्ने बाटो रोज्नुपर्छ। यसो भन्दा आफनै पार्टीको प्रधानमन्त्रीलाई हटाउनुपर्छ भन्ने माग गर्यो भनेर मानिसहरूले आलोचना र विरोध गर्न सक्छन्। तर त्यो त एउटा किसिमको विचार र तर्कको कुरा हो। संविधान सहज रुपमै निर्माण भएको भए हामीले यस किसिमको केही भन्नै पर्दैनथ्यो। तर ब्यवधान खडा भएको छ त्यही भएर हामीलाई यस किसिमको चर्चा गर्नु परेको छ। संविधान निर्माण गर्न के के कुरामा हामीले सम्झौता गर्नुपर्छ त्यसमा हदैसम्म लचिलो हुन तयार हुनुपर्दछ भन्ने कुरा मात्र हो। अव यो बहसमा साथीहरू सहभागी हुन नसकेपछि उनीहरुले यस्ता आरोप लगाउछन्। वास्तवमा भन्न त नहुन हो तर उनीहरु नै विदेशी साम्राज्यवादीहरूको, प्रतिक्रियावादीको भरिया बनेर लागिरहेको कुरा प्रष्टै छ।
जनताको बहुदलीय जनवादको वास्तविक उत्तराधिकारी को हुने भन्ने प्रतिस्पर्धा भएको पनि देखिन्छ नि?
छोराछोरी उत्तधिकारी बन्नुपर्छ भन्ने हो भने जनताको बहुदलीय जनवादको स्रद्धान्तिक अवधारणा अघि सार्ने मदन भण्डारी हुनुभएकाले उहाँका छोरीहरूलाई बन भन्न पर्यो। परिवारका अरु कोही उत्तराधिकारी बन्नुहुन्छ भने उहाँहरु कै वारेमा पनि सोँच्न सकिन्छ। होइन बहुदलीय जनवादको सिद्धान्तलाई बोकेर हिडेको आधारमा भन्ने हो भने अहिले यसको उत्त।ाधिकारी एमाले नै हो। त्यो संस्थामा बहुदलीय जनवाद बोक्ने क्रममा अहिले झलनाथ खनाल सबैभन्दा अगाडी हुनुहुन्छ। दक्षिणपन्थी यथास्थितिवादीहरुले अपब्याख्या गरिरहेका छन्।