Friday, October 23, 2009

माओवादी कार्यकर्ताको खुलासा

श्रीमतिको कमाईमा मोज गर्ने समाजसेवी

गाउँ घरमा हुने बहुविवहा, घरेलु हिंसा, दुव्यवहार लगायत घट्ना हुदा न्याय निसाफका लागि अघि सर्ने एकिकृत माओवादीको नेता समेत बताउने फत्तेपुर-३ का राजेन्द्र कार्की आफै बहुविवाह गरेको आरोपमा ४ कार्तिक २००६६ का दिन पक्राउ परेका छन  ।

०५१ सालमा उदयपुरको रामपुरकी सावित्रा सुवेदीसँग विवाह गरेका ३४ भ्रष्टाचारविरोधी अभियानमा लागेको दावी गर्दै आएका कार्कीले आफूले तीन वर्ष विदेशमा बसेर कमाएको ३ लाख ६० हजारमध्ये एक लाख ६० हजार तरुनी घुमाएर मोज गरेको पीडित सावित्राले बताइन् । आफू फत्तेपुरको एकमात्र भ्रष्टचार विरोधी र सामाजिक कार्यकता भएको भन्न रुचाउने कार्कीले विदेशमा श्रीमतिले पसिना बगाएर कमाएको सम्पति भ्रष्टचार गरेर अर्कैसँग विवाह गरे पछि पीडितको उजूरीको आधारमा पक्राउ गरिएको हो । उनी पक्राउ परे पछि उनको भ्रष्टचारविरोधी र सामाजिक कार्यकर्ताको असली रुप पनि प्रष्टीएको छ । कार्कीले दोस्रो विवाह गरेको खबर बैशाख दोस्रो साता थाहा पाएकी सावित्राले नेपाल फर्किएर कार्कीविरुद्ध फत्तेपुर प्रहरी चौकीमा उजुरी गरेकी थिईन ।
उजुरीपछि कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयमा जेठ १६ गते भएको सहमतिमा फत्तेपुर बजारमा रहेको ६ धुर जग्गा सावित्राको नाममा पास गरी ५१ हजार रुपैयाँ तिर्ने सहमति गरी कागज गरिएको थियो । तर, त्यसलगत्तै कार्की कान्छी श्रीमतिलाई साथमा लिएर फरार भएका थिए । उनलाई बेलटारस्थित प्रहरी र स्थानीय बासीको सहयोगमा पक्राउ गरेर बिहीबार फत्तेपुर प्रहरी चौकीमा बुझाएको थियो ।
आफू नभएको बेला श्रीमति अर्कैसँग गइसकेकी र गाविसमा मासिक २५ हजारको तलव खाने गरेको बताएर जन्ती नै लिएर गई दोश्रो विवाह गरेको पीडित सावित्राले बताईन् । आफूले कमाएको सम्पति पनि तरुनीसँग मोज गरेर सकाएकोले १३ वर्षिय छोरा दीपेन्द्र र ९वर्षिया छोरी दीपाको भविष्यसमेत अन्यौल बनेको उनले बताइन् । राजेन्द्रले वेवास्ता गरेपछि हाल उनीहरु सावित्रासँग बस्दै आएका छन् ।
आफूले कमाएको सम्पतिबाहेक छोराछोरीलाई भरण-पोषण र शिक्षाका लागि अङ्श दिलाई दिन सावित्राले माग गरेकीछन् । छोरा कक्षा ७ र छोरी कक्षा २ मा स्थानिय विद्यालयमा पढ्दै आएका छन् । उनीहरुको पढाईको लागि आफूसँग केहीनभएकाले समस्या भएको सावित्राले बताईन । राजेन्द्रलाई स्थानीय केही व्यक्तिले संरक्षण दिएर आफूलाई अन्याय गरेको समेत उनले गुनासो गरिन ।
माओवादीको नेता बताउने राजेन्द्रले जेठीश्रीमतिसँग गरेको सहमति पालना नगरेकाले उनलाई हिरासतमा राखी कारवाही सुरु गरिएको इप्रका कञ्चनपुरका प्रहरी निरीक्षक रमेश तामाङले बताए ।

वर्षिय कार्कीले श्रीमतीलाई रोजगारीका लागि विदेश पठाएर उसैको कमाईमा मोज मस्ती गर्दै गत बैशाखमा उदयपुरकै हडिया-५ की लक्ष्मी बस्नेतसँग दोस्रो विवाह गरी जेष्ठी श्रीमति र छोरा छोरीहरुको विचल्ली पारेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । छोरा छोरी र श्रीमान्को हितका लागि श्रीमतीले विदेशमा पसिना बगाइरहेको बेला कार्कीले भने श्रीमती विदेशमा अर्कैसँग गएको हल्ला फिजाउँदै दोस्रो विवाह गरेका थिए ।

No comments:

Post a Comment