Sunday, October 11, 2009

माओवादीको मूल प्रवृत्ति


एकीकृत नेकपा माओवादी लिम्बूवान राज्य समितिबाट निर्वाचित सबै सभासद् ललितपुरको नखिपोटस्थित एउटै घर भाडामा लिएर बसे । करिब एक वर्ष सँगै बसेपछि गत जेठबाट त्यहाँ समस्या आइलाग्यो । कारण थियो, पार्टीका दुई नेता यौन विचलनको आरोपमा मुछिनु । सभासद्हरू बसेको घरमै त्यस राज्य समितिका पूर्वइन्चार्ज एवं पोलिटब्युरो सदस्य राम कार्कीको पनि बसोबास थियो । जेठ पहिलो साता जुन बेला कार्की अस्वस्थ थिए, तेह्रथुमबाट मनोनीत सभासद् एवं लिम्बूवान राज्य समिति सदस्य सुशीला कन्दङ्वा स्वास्थ्य अवस्था बुझ्न कार्कीको कोठामा पुगिन् । उनीहरूबीच निकै समय विविध विषयमा छलफल भयो । उनीहरूको यही लामो बसाइले पार्टीभित्र कलहको रूप लियो । धनकुटाबाट निर्वाचित सभासद् हर िखेवा, हेमराज भण्डारीलगायतले लिम्बूवान राज्य समितिका इन्चार्ज नारायण शर्मासमक्ष उनीहरूको सम्बन्धबारे छानबिन गरी कारबाही गर्नुपर्ने माग गरे ।

इन्चार्ज शर्माले पार्टी 'हेडक्वार्टर'मा तलबाट उठेका माग जानकारी गराए । त्यसपछि पार्टी केन्द्रको निर्देशनमा दुवैलाई शंकाको घेरामा राखियो । सुरुमा उनीहरूले आफूहरू शंकाको घेरामा परेको समेत थाहा पाएनन् । असार पहिलो साता बसेको स्थायी समितिको बैठकले शर्माकै नेतृत्वमा एक सदस्यीय छानबिन समिति बनायो । शर्माले दुवैसँग सोधपुछ गर्ने र उनीहरूको विगतदेखिको गतिविधि बुझ्ने काम गरे । अन्ततः उनीहरूबीच सम्बन्ध कायम नरहेको पुष्टि भयो र दुवैलाई स्थायी समितिले सफाइ दियो ।
तर, कुरा यतिमा मात्र रोकिएन । भदौ दोस्रो साता सुनसरीमा बसेको लिम्बूवान राज्य समितिको बैठकमा यही विषयलाई लिएर चर्काचर्की पर्‍यो । त्यहाँ कुरा मिल्न नसकेपछि मोरङको याङ्शिलास्िथत लडाकू शिविरमा बैठक सारयिो । तर, सदस्यहरूले दुवैलाई बैठकमै उपस्िथत गराएर कारबाही गर्नुपर्ने अडान लिइरहे । कतिसम्म भने धनकुटा जिल्ला इन्चार्ज निर्मललगायत सदस्यहरूले बैठक नै बहिष्कार गरे । त्यसपछि पुनः छानबिन गर्ने सहमतिमा बैठक स्थगित गरयिो ।
पछिल्लो छानबिनका क्रममा समेत उनीहरू निर्दोष रहेको प्रमाणित भएपछि लिम्बूवान राज्य समितिको बैठकलाई मनाउन पार्टी महासचिव रामबहादुर थापा भदौ २४ गते पाँचथर पुगे । २६ गतेदेखि बसेको बैठकमा महासचिव थापाले उनीहरू निर्दोष रहेको प्रस्टीकरण दिएपछि विवाद साम्य भयो । यद्यपि, करबि चार महिनादेखि त्यो आरोप खेपिरहेका कार्की भने बैठकमा उपस्िथत थिएनन् । उनी पार्टीको अन्तर्राष्ट्रिय संगठन विस्तार गर्न युरोप पुगेका थिए । तर, बैठकमा सभासद् कन्दङ्वालाई भने उपस्िथत गराइएको थियो । कन्दङ्वा भन्छिन्, "संगठन विस्तारको विषयमा छलफल गर्नेबाहेक हामीबीच अन्य कुनै कुरा भएको थिएन । केही साथीहरूले जबरजस्ती फसाउने प्रयत्न गरेका थिए । अन्ततः उनीहरूको षड्यन्त्रमूलक योजना उदांगियो ।"
कार्की र कन्दङ्वाबीच सम्बन्ध रहेको भन्ने विषयमा पार्टीभित्र छानबिन समिति बनेकै बेला अर्को यस्तै घटनामा दुई जिम्मेवार नेताहरू कारबाहीमा परे । पाल्पा क्षेत्र नं २ बाट निर्वाचित सभासद् लीला सोमई -बगाले) र त्यही निर्वाचन क्षेत्रका इन्चार्ज तिलक मल्ल 'क्षितिज'लाई मगरात राज्य समिति बैठकले सम्पूर्ण सांगठनिक जिम्मेवारीबाट मुक्त गर्‍यो । उनीहरूलाई जिम्मेवारीबाट च्युत गर्नुको कारण पनि दुवैबीचको सम्बन्ध नै बन्यो । पाल्पाको क्षेत्र नं ३ मा पर्ने ठिगुरेकी सोमईका दुई सन्तान छन् । उनका श्रीमान् तीर्थ सोमई ०५९ सालमा पाल्पाकै पालुङ-मैनाली गाविसको डबका भन्ने स्थानमा तत्कालीन शाही सेनाद्वारा मारएिका थिए । दाङ स्थायी घर भएका मल्लका तीन सन्तान छन् ।
पछिल्ला यी दुई छानबिन र कारबाहीसम्मका घटनाले माओवादीभित्र झांगिँदै गएको सांस्कृतिक विचलनलाई उजागर गरेको छ । माओवादी पार्टीमा यौन अराजकता र विचलनलाई निकै ठूलो अपराधका रूपमा लिने गरन्िछ । एक-आपसको सहमतिमै सम्बन्ध रहेको प्रमाणित भएमा पनि त्यो निकै ठूलो प्रचार र कारबाहीको विषय हुने गरेको छ । यद्यपि, यसलाई जति वर्जित रूपमा लिने गरएिको छ, त्यही मात्रामा यस्ता घटनाहरूको बढोत्तरी पनि भइरहेको छ । सबै तहका नेता/कार्यकर्ताहरू एकपछि अर्को गरी विवादमा मुछिने क्रम घटेको छैन । वाम विश्लेषक श्याम श्रेष्ठका ठम्याइमा, वाम आन्दोलनमा सांस्कृतिक रूपान्तरणको कुरा धेरै हुने गरे पनि त्यसलाई व्यवहारमा कम आत्मसात् गरेकाले यस्ता समस्या देखिने गरेका हुन् -हेर्नूस्, बक्स) ।

माओवादी स्रोतका भनाइमा, विद्रोहकालदेखि शान्ति प्रक्रियाको अहिलेको चरणसम्म आइपुग्दा सात सयभन्दा बढी नेता/कार्यकर्ता यौन विवादमा मुछिइसकेका छन् । त्यसमा पाँच सयभन्दा धेरै नेता-कार्यकर्ताहरू कारबाहीको भागीदार बनेका छन् । त्यसभन्दा ठूलो संख्या यस्तो प्रकरणमा मुछिएर पार्टीबाटै पलायन भएको अनुमान छ ।

त्यसो त पार्टीले यस्ता सांस्कृतिक विचलनमा मुछिनेहरूलाई घटनाको प्रकृति हेरेर बेलाबखत कारबाही पनि गर्दै आएको छ । जस्तो- आफ्नो जोडी हुँदाहँुदै अन्यसँग सम्बन्ध राखेको पाइएमा उनीहरूलाई लामै अवधि सांगठनिक जिम्मेवारीबाट मुक्त गर्ने, भौतिक यातना दिने, कार्यक्षेत्रबाट अन्यत्रै सरुवा गर्ने आदि । अझ द्वन्द्वकालमा त श्रमकैद अन्तर्गत सर्वसाधारणको घरमा काम गर्न लगाउने, विद्यालय, बाटो बनाउने, ढुंगा बोकाउने वा पार्टी पंक्तिभित्रै छापामारहरूका लागि खाना पकाउन लगाउने गरी कारबाही हुने गथ्र्याे ।

अविवाहित जोडी यस्तो कार्यमा संलग्न भएको पाइएमा तह घटुवा गर्ने, कारबाहीको अवधि सकिएपछि दाम्पत्य जीवन गाँस्न दुवै मञ्जुर भए उनीहरूको विवाह गरििदनेसमेत गर्छ पार्टीले । कतिपय अवस्थामा भने एक पक्षले नचाहँदा नचाहँदै जबरजस्ती विवाह गरििदएको घटना पनि छ । यस्तो एउटा उदाहरण देवी खड्का -अस्िमता) र राजकुमार श्रेष्ठ 'अजित' हुन् । ०५६ को अन्त्यमा उनीहरू विचलनको कारबाहीमा परे । कारबाही अवधि सकिएपछि देवीले राजकुमारसँग विवाह गर्न अस्वीकार गरनि् । यद्यपि, पार्टीले दबाब दिएर उनको विवाह राजकुमारसँगै गराइदियो । एक छोरीका अभिभावक अहिले यी दुवै जना सभासद् छन् । देवीले दोलखाको क्षेत्र नंं १ बाट र राजकुमारले सिन्धुपाल्चोकको क्षेत्र नं १ बाट निर्वाचन जितेका हुन् । देवी भन्छिन्, "पार्टी र क्रान्तिका लागि होमिएका हामी पार्टी योजनामै खटिरहेका छौँ र त्यही अन्तर्गत हाम्रो व्यक्तिगत जीवन पनि सुखमय रूपमा बितिरहेको छ ।"
०५७ साल वैशाखमा माओवादीले पार्टीका तत्कालीन पूर्वी कमान्ड इन्चार्ज एवं पोलिटब्युरो सदस्य यानप्रसाद गौतम 'आलोक'लाई आफ्नै साली एवं तत्कालीन क्षेत्रीय ब्युरो सदस्य रुकु चौलागाईं 'रचना'सँग यौन विचलनमा फसेको एवं आर्थिक हिनामिना गरेको भन्दै कारबाही गरी श्रम कैदमा राखेको थियो । माओवादीमा सार्वजनिक रूपमा आलोचना गरेर यो तहसम्म कारबाही गरेको सम्भवतः यो नै पहिलो घटना थियो । उनी कारबाहीकै दौरानमा ०५८ चैतमा रोल्पा गुराँसेमा तत्कालीन शाही सेनाबाट मारएि । उनलाई कारबाही गर्न बसेको पोलिट्ब्युरो बैठकले 'आलोक प्रवृत्तिको विकास प्रक्रिया र विशेषताहरू' शीर्षकको प्रस्तावमा किटान गरेरै भनेको थियो, 'यौन र परविारप्रतिको हिजोको लापरबाही खुला र भूमिगत यौन सम्बन्ध सामन्ती पाखण्ड व्यभिचारमा पतन हुँदै गयो । दुःखकष्ट गरेर पारविारकि जिम्मेवारी सम्हाल्ने श्रीमतीलाई दासका रूपमा व्यवहार गर्ने र नयाँ यौन सम्बन्धमा आनन्दानुभूति गर्ने विकृतिको रूपमा विकास भयो । आफ्नो नयाँ यौन तृप्तिका लागि पार्टी केन्द्रका निर्देशनहरूलाई अवज्ञा गर्दै कार्यकर्ताहरूलाई जोखिम उठाउन बाध्य पार्टी कैयन् होनहार कार्यकर्ताहरूको अनावश्यक बलिदान हुँदा पनि पश्चात्ताप नगर्ने क्रूर मानसिकताको विकास हँुदै गयो ।'

त्यही प्रतिवेदनमा 'पार्टीले लिनुपर्ने शिक्षाहरू' शीर्षकमा माओवादीले लेखेको छ, 'आलोक प्रवृत्ति कुनै व्यक्तिगत मामिला होइन, परन्तु आफ्नो सारतत्त्वमा नेपाली समाजको वर्गसंघर्षको विकासको पार्टीमा परेको अनिवार्य प्रतिविम्बन हो । भविष्यमा यस्तो प्रकारको प्रवृत्तिले टाउको उठाउन नपाओस् भन्नका निम्ति आलोक प्रवृत्तिका विशेषताहरूको व्यापक भण्डाफोर गरी सिंगो पार्टी र जनताको चेतनास्तर उठाउन गम्भीर प्रयत्न गर्नुपर्छ ।'

आलोक प्रकरणअघि ०५३ मा भारतको फरदिावादमा बसेको माओवादी केन्द्रीय समिति बैठकले यही काण्डमा दुई जना पोलिटब्युरो सदस्य र एक जना केन्द्रीय सदस्यलाई कारबाही गरेको थियो । उनीहरू थिए, पश्चिम कमान्ड इन्चार्ज रामबहादुर थापा 'बादल', पूर्वी कमाण्ड इन्चार्ज हरबिोल गजुरेल 'शीतल कुमार' र पम्फा भुसाल 'हिमाली' । त्यसबेला पनि माओवादीले 'क बादल र क हिमालीबीचको आपसी सम्बन्धका सन्दर्भमा देखापरेको गम्भीर सैद्धान्तिक र नैतिक प्रश्नबारे' भन्दै तल्ला कमिटीमा गोप्य सर्कुलर जारी गरेको थियो । जसमा भनिएको थियो, '०५३ असारदेखि फागुनसम्म आइपुग्दा करबि नौ महिनाको अवधिमा कमरेड बादल र हिमालीबीचको सम्बन्ध आश्चर्यजनक तीव्रताका साथ आपसी प्रेम, यौन सम्बन्ध एक सीमासम्म पार्टी नेतृत्वविरोधी गठजोड 'स्वेच्छिक सम्बन्धविच्छेद' अन्तमा एकअर्काप्रति तीव्र आक्रोश र घृणामा परण्िात भयो । पार्टी पीबीएमको जिम्मेवार सदस्य कमरेड बादल र कमरेड हिमालीबीचको यस प्रकारको घटनाक्रमले स्वाभाविक रूपमा त्यसमा अन्तरनिहित सैद्धान्तिक र नैतिक अवधारणाहरूबारे गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता उत्पन्न हुन गएको छ ।' विचलनको आरोपमा कारबाही गर्दै पार्टीले दुवैलाई केन्द्रबाट एकैपटक जिल्लास्तरको नेतृत्वमा पठाएर तह घटुवा गरेको थियो । ज्ञातव्य छ, त्यसको करबि साढे दुई वर्षपछि मात्र थापा फेर िकेन्द्रीय समितिमा पुगे ।
त्यही सर्कुलरमा 'क शीतलकुमारमा देखापरेको सैद्धान्तिक र नैतिक प्रश्न' भन्दै माओवादीले उल्लेख गरेको थियो, 'जनयुद्धको ऐतिहासिक पहलको पहिलो योजना कार्यान्वयनकै क्रममा क शीतलकुमारले अर्को एक विवाहित महिलासँग यौन सम्बन्ध कायम गर्नुभयो । यसबारे जनस्तरबाट र पार्टीको सम्बन्धित जिल्लाका कतिपय सदस्यहरूबाट समेत प्रश्नहरू उठाइएपछि पटक-पटक केन्द्रीय कार्यालय एवं पीबी -पोलिटब्युरो)समेतले वास्तविकता राख्न जोड गर्दा पनि उहाँले त्यसलाई अस्वीकार गर्दै आउनुभएको थियो । अन्तमा उहाँले त्यसप्रकारको सम्बन्ध स्वीकार गर्नुभयो र त्यसलाई आफ्नो प्रेम भएको तथा पुरानो सम्बन्ध विच्छेद गरी नयाँलाई विवाह गर्न तयार रहेको बताउनु भयो । पछि केन्द्रीय कार्यालयले सम्बन्धित महिलासँग बुभ्fm्दा एउटा विशिष्ट परििस्थतिमा यौन सम्बन्ध भएको तर प्रेम नभएको, बरु कमरेड शीतलकुमारले 'रकमी तरकिाद्वारा' प्रेम सिद्ध गर्न खोजेको तथ्य नै देखा पर्‍यो ।' शीतलकुमारसँगको सम्बन्धमा मुछिने महिला सिन्धुली क्षेत्र नं ३ बाट विजयी सभासद् नीरकुमारी दर्लामी मगर 'शीला' हुन् । ०६१ भदौमा सिराहाको धन्छवारमा तत्कालीन सेनाद्वारा हत्या गरएिका केन्द्रीय सदस्य शेरमान कुँवर 'विशाल'की श्रीमती हुन् उनी । स्रोतका अनुसार, त्यसबेला दर्लामी र गजुरेल एक-अर्कामा छुट्टनिै मानेका थिएनन् । तर, त्यसबेला पूर्वी क्षेत्रको सैन्य जिम्मेवारी सम्हालिरहेका शेरमानले गम्भीर चेतावनी दिएपछि उनीहरूको सम्बन्ध टुटेको थियो । कारबाहीकै दौरान शीतलकुमारले ०५४ मा जनादेश साप्ताहिकमा लेख प्रकाशित गरेरै सार्वजनिक रूपमा माफी मागेका थिए । भन्छन्, "जसरी पुरानो समाजका राजनीतिक, आर्थिक आधारहरू भत्किसकेका छैनन् । त्यसैगरी सांस्कृतिक मूल्य, मान्यतामा पनि रूपान्तरण भइसकेको छैन । व्यक्तिमा वैचारकि/राजनीतिक धरातल कमजोर बन्दा पुराना चिन्तनहरूले टाउको उठाउने मौका पाउँछन् । समाज पूर्ण रूपान्तरण नहुन्जेल यो सिलसिला चलिरहन्छ ।"

बादल, शीतलकुमार र हिमाली एकसाथ कारबाहीमा परेपछि माओवादीले पोलिटब्युरो बैठकबाटै सबै शीर्ष नेताहरूले श्रीमतीलाई पनि आफूसँगै भूमिगत बनाउनुपर्ने निर्णय गर्‍यो । पछिल्लोपटक सभासद् सोमई र कन्दङ्वा काण्डपछि पनि माओवादी नेतृत्वले द्वन्द्वकालमा श्रीमान्/श्रीमती गुमाएका र विवाह गर्न बाँकी रहेका सबै सभासद् एवं नेताहरूलाई पुनः विवाह गर्न निर्देशन दिएको छ ।

यति मात्र होइन, अन्तरमि संसद्कालमा पनि माओवादीका दुई जना सभासद्हरू त्यस्तै आरोपमा कारबाहीमा परे । उनीहरू थिए, माओवादीले भक्तपुरबाट मनोनीत गरेका नारायणीदेवी श्रेष्ठ र तत्कालीन जनमोर्चा -हाल माओवादी) नेपालबाट मनोनीत अञ्जना विशंखे । श्रेष्ठका पति संकटकालमा राजधानीबाट पक्राउ परेर अझै बेपत्ता छन् । यता विशंखेका पूर्वश्रीमान् विश्वभक्त दुलाल 'आहुति' हुन् । ०५८/५९ तिर दुलाल पनि बुद्धलक्ष्मी महर्जनसँगको सम्बन्धका कारण विवादमा फसेका थिए । उनलाई पार्टीले दुई वर्षका लागि केन्द्रीय समितिबाट निलम्बनको कारबाही गरेको थियो । बुद्धलक्ष्मीसँगको प्रकरण सार्वजनिक भएपछि दुलालले विशंखेसँग पारपाचुके गरेका थिए । यसबारेमा सम्पर्क गर्दा दुलालले सकिइसकेको विषय भएकाले प्रतिक्रिया दिन चाहेनन् भने विशंखेले पनि अतीत कोट्याउनुको अर्थ नरहेको बताइन् । ०६४ को सुरुवाततिरै विशंखे तत्कालीन जनमोर्चा समर्थित विद्यार्थी संगठनका महासचिव जागृत रायमाझीसँगै कारबाहीमा परेकी हुन् । रायमाझी अहिले माओवादी समर्थित विद्यार्थी संगठनका नेता छन् भने विशंखे भोजपुरा उपराज्य समितिको सेक्रेटरी । ०६४ असारतिर पुराना कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको भाइको घरमा बसेको जनमोर्चा, नेपाल केन्द्रीय समितिको बैठकले विशंखे र रायमाझीलाई सम्बन्धित आ-आफ्ना कमिटीबाट छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय सदस्य कृष्णध्वज खड्का पनि हाल सिन्धुलीतिर सक्रिय एक महिला नेतृ, जो पहिले विद्यार्थी संगठनमा सक्रिय थिइन्, लाई जबरजस्ती गर्न खोज्दा कारबाहीमा परेका थिए, ०५७ कात्तिकमा । खड्का त्यतिबेला माओवादीनिकट विद्यार्थी संगठनको अध्यक्ष थिए । यो घटना ती महिलाले नै पछि सार्वजनिक गरेकी थिइन् । त्यतिखेर छ महिनाका लागि कारबाही गरएिका खड्का त्यो अवधि नगुजि्रँदै केन्द्रीय सदस्यमा मनोनीत भए ।

यसैगरी, दोस्रो युद्धविराम भंग भएर माओवादीले अर्घाखाँची सदरमुकाम सन्धिखर्क आक्रमण गरेपछि केन्द्रीय सदस्य शक्तिबहादुर बस्नेत पनि एक महिला नेतृसँगको सम्बन्धलाई लिएर विवादमा परे । त्यतिबेला बस्नेत भेरी-कणर्ाली राज्य समितिका इन्चार्ज थिए । विवाद तह लगाउने क्रममा पार्टीले उनलाई केन्द्रीय नेतृत्वबाट निलम्बन गर्‍यो । बस्नेतले यो पुरानो घटना भएको बताउँदै यसबारेमा थप कुरा बताउन चाहेनन् । केन्द्रीय सदस्य हिमाल राईलाई पनि ०६२ चैतमा यस्तै प्रकरणमा परेपछि केन्द्रीय जिम्मेवारीबाट एक वर्षका लागि निलम्बित गरएिको थियो ।

शान्ति प्रक्रियामा आएपछि ०६४ जेठतिर माओवादीको तत्कालीन प्रताप स्मृति बि्रगेडका कमान्डर एवं जनयुद्ध चलचित्रका नायक विजय केसी 'विकल्प' सहकर्मी महिला छापामारसहित फरार भए । पार्टीले नियन्त्रणमा लिई तेस्रो डिभिजन मुख्यालय चितवनको शक्तिखोर लगेर उनलाई कारबाही गर्‍यो । त्यसपछि उनले माओवादी परित्याग गरे ।
हुन त पार्टी नेतृ हिसिला यमीले माओवादीले सशस्त्र विद्रोह थालेको दुई वर्षपछि पार्टीभित्र यौन सांस्कृतिक विचलनमा कमी आएको दाबी गरेकी थिइन् । उनले ०५४ वैशाख ३ गते जनादेश साप्ताहिकमा लेखेकी थिइन्, 'पहिला-पहिला शान्तिपूर्ण संघर्षमा कम्युनिस्ट पार्टीभित्र नैतिकतासम्बन्धी अनेकौँ जटिल समस्याहरू आउने गर्थे । फलाना कमरेडले घरमा आफ्नो श्रीमती हुँदाहँुदै कान्छी श्रीमती भित्र्याए । फलाना कमरेडले महिला कमरेडमाथि दुव्र्यवहार गर्न खोजे, फलानाको चरत्रि ठीक छैन आदि, आदि । पार्टीले अनुशासन उल्लंघन गर्नेमाथि कारबाही गर्दागर्दै पनि समस्याको गाँठो फुक्न पाउँदैन थियो । शान्तिको अवस्थामा अन्ततः अनैतिक व्यक्ति विशेषतः पुरुषले आफ्नो बलले मिचेरै गएको देखिन्थ्यो । फलस्वरूप एउटा कमरेडका दुई-तीनवटी श्रीमती हुन्थे । जँड्याहा कमरेड आफ्नो बानी कायमै राख्थे । उता महिला कमरेड पनि छाडा भए पनि केही गर्न सकिन्न थियो ।'
तर, के माओवादीमा यो समस्या हट्यो त ? चीनमा माओत्सेतुङ्ले सन् १९६८ देखि ७६ सम्म सांस्कृतिक क्रान्ति गरेका थिए । नेपालका माओवादीहरूले पनि त्यही क्रान्तिलाई प्रस्थानविन्दु मानेर सशस्त्र द्वन्द्व थालेका हुन् । माओवादीहरूले सांस्कृतिक रूपान्तरण नभई अन्य रूपान्तरणले त्यति ठूलो महत्त्व नराख्ने बताउँदै आएका छन् । अनि, त्यही पार्टीमा सांस्कृतिक रूपान्तरणको गतिचाहिँ किन धिमा छ त ? माओवादीका एक केन्द्रीय सदस्य भन्छन्, "आर्थिक, राजनीतिक रूपान्तरण भन्दा सांस्कृतिक रूपान्तरणको प्रश्न गम्भीर हुने भएकाले कहिलेकाहीँ आफूभित्रको सांस्कृतिक भ्रष्टतालाई त्याग्न नसक्दा यस्ता घटनाले स्थान पाएका हुन् ।" उनका अनुसार, अन्य पार्टीमा सांस्कृतिक अराजकता मच्चाउनेविरुद्ध ठूलोे मुद्दा नबन्ने र माओवादीले मात्र कारबाहीको मुद्दा बनाएकाले उनीहरूभित्रका समस्याहरू सार्वजनिक हुँदा सबैको चासो जागेको हो ।
हुन त ती केन्द्रीय सदस्यको भनाइविपरीत आफ्नो पार्टीभित्र राजनीतिक चरत्रि र आदर्शबीच ठूलो खाडल रहेकाले यस्ता घटना बढेको बताउने माओवादीहरू पनि प्रशस्तै छन् । हुन पनि राजनीतिक पार्टीहरूमध्ये यौन अराजकता/विचलनका घटना सार्वजनिक भएको तथ्यलाई हेर्ने हो भने माओवादीका नेता/कार्यकर्ता नै यस्ता काण्डमा धेरै मुछिएका पाइन्छन् । जनयुद्ध जुन तीव्रतामा गयो, सांस्कृतिक रूपान्तरण त्यही प्रक्रियामा हुन नसकेकाले पार्टीभित्र कहिलेकाहीँ केही सानातिना समस्या देखिएको माओवादीका वरष्िठ उपाध्यक्ष एवं अनुशासन विभाग प्रमुख मोहन वैद्य बताउँछन् । भन्छन्, "समाजको अगुवा भएर हिँड्ने  स्वयंले कुनै गल्ती गर्नु हुन्न भन्ने मान्यतामा हामीले झीनामसिना गल्ती गर्नेलाई पनि कारबाही गररिहेका छौँ । त्यसैले एकाध पात्रहरूका कमजोरीलाई जोडेर माओवादीको मूल प्रवृत्ति नै यौन सांस्कृतिक विचलन हो भनेर बुझ्नु हुन्न, यो प्रमुख समस्या होइन ।"
(कांतिपुर साप्ताहिक बाट )

No comments:

Post a Comment