नेपाली
राजनीतिमा कोइराला वंश एउटा 'ब्रान्ड' नै बनिसकेको छ । यद्यपि, यस
ब्रान्डको ठूलो हिस्सा राजनीतिबाहिर छ, र राजनीतिमा भित्रिन उत्सुक पनि
छैन । कोइराला परिवारका हाँगा चिकित्सा क्षेत्रदेखि चलचित्र उद्योगसम्म
फैलिएका छन् ।
८६
वषर्ीय कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला अझै देशको राजनीति आफ्नो
सेरोफेरो घुमाउने हैसियत राख्छन् । उनी आफ्नो शेषपछि पनि पारिवारिक विरासत
कायम राख्न चाहन्छन् र त्यसअनुरूप नयाँ पुस्तालाई अगाडि बढाइरहेका छन् ।
उनकी सुपुत्री सुजाता कोइराला अहिले देशको उपप्रधानमन्त्री र
परराष्ट्रमन्त्री छिन् ।
कृष्णप्रसाद कोइरालाका सन्तानहरू बिपी, मातृका र गिरिजाप्रसाद तीनैजना मुलुकको प्रधानमन्त्री बनिसकेका छन् ।
कृष्णप्रसादकी
श्रीमती मोहनकुमारीका सन्तानका रूपमा एक छोरा मातृकाप्रसाद र छोरीहरू
नलिनी, इन्दिरा र शौभाग्यसुन्दरी जन्मिएका हुन् । मातृकाबाहेक अन्यले
सक्रिय राजनीति गरेनन् । मातृकाकी श्रीमती मञ्जुले राजनीतिमा चासो राखे
पनि महत्त्वपूर्ण भूमिकामा थिइनन् । उनले श्रीमान्लाई सामान्य सघाउने काम
गरिन् ।
नलिनीको
कालीप्रसाद उपाध्यायसँग, इन्दिराकोे डा. पिनायकी आचार्य र
शौभाग्यसुन्दरीको भैरव अर्यालसँग विवाह भएको हो । इन्दिराले सक्रिय
राजनीति नगरे पनि अन्य सदस्यलाई राजनीतिमा लाग्न प्रेरणा दिइरहिन् । उनकै
प्रेरणाले छोरी शैलजा आर्चाय राजनीतिमा सक्रिय भएका हुन् । उनी मुलुकको
पहिलो महिला उपप्रधानमन्त्री र कांग्रेसको पहिलो महिला उपसभापतिसमेत बनेकी
थिइन् ।
मातृकाका
छोरा विमल, कमल, डा. अजय, विजय र सञ्जय हुन् । कमल कोइरालाले एमालेबाट
राजनीति गरेर अहिले कूटनीतिक निकायमा छन् । एमाले केन्द्रीय सदस्यसमेत
भइसकेका कमल अहिले एमालेको कोटामा राजदूत भएका छन् । राजनीतिमा नलागेका
विमलको निधन भइसकेको छ । अजयले चिकित्साशास्त्रको अध्ययन गरे पनि मानसिक
समस्याका कारण निस्त्रिmय रहेका छन् ।
विजय
राजनीतिमा प्रवेश गरे पनि निरन्तरता दिएनन् । उनले लामो समय दुग्ध विकास
संस्थानमा काम गरेका थिए । अहिले अवकाशप्राप्त जीवन बिताइरहेका छन् । विजय
सुरुमा राजनीतिमा लागेका थिए । तर, पछि सरकारी सेवामा प्रवेशपछि
सक्रिय राजनीति छाडे । पार्टीको कुनै पद नलिए
पनि उनले कांग्रेसलाई निरन्तर सहयोग पुर्याएको श्रीहर्ष बताउँछन् ।
'विजय
दाले पार्टीको कुनै पद लिनुभएन, तर सहयोग गरी नै रहनुभयो,' उनले भने ।
सञ्जयले पार्टीको क्रियाशील सदस्यता लिए पनि सक्रिय राजनीति गरेन् ।
कृष्णप्रसादकी
कान्छी श्रीमती दिव्या भने सक्रिय राजनीतिमा थिइन् । २००३ चैतमा बिपी,
तारणीप्रसाद, गिरिजाप्रसाद, मनमोहन अधिकारी, गेहन्द्रहरि शर्मा र युवराज
अधिकारीसँगै उनी गिरफ्तारसमेत भएकी थिइन् । छोरा बिपीलाई धनकुटा लगेपछि
दिव्याको नेतृत्वमा विराटनगरमा मजदुरको जुलुस निस्किएको थियो । त्यसक्रममा
उनी तीन महिना जेल परेकी थिइन् । उनको नेतृत्वमा निस्किएको मजदुरको
जुलुसमा गोली चल्दा एक मजदुरको निधन भएको थियो । उनलाई तीन महिना धनकुटा
जेलमा राखिएको थियो । इजरायलमा बस्दा पनि उनी सक्रिय थिइन् ।
दिव्यापट्टबिाट
पाँच छोरा र एक छोरी थिए । छोराहरू केशव र तारणी राजनीतिमा संलग्न भएनन्
भने हरिको सानैमा निधन भयो । राणाविरोधी आन्दोलनको दौरान बाबु कृष्णप्रसाद
इजरायल भएकै वेला हरिको निधन भएको कांग्रेस नेता पुरुषोत्तम बस्नेतले बताए
। एकमात्र छोरी विजयालक्ष्मीले २००७ र त्यसपछिको आन्दोलनमा हतियार
ओसारपसार गर्न मद्दत गरेको उनले जानकारी दिए । विजयालक्ष्मीले नेपाली
दूतावासमा काम गर्ने पाकिस्तानी नागरिकसँग विवाह गरेपछि राजनीतिमा
निरन्तरता दिन सकिनन् ।
बिपीकी
श्रीमती सुशीला कांग्रेसजनकै आमा भनेर चिनिए पनि उनी सक्रिय राजनीतिमा
संलग्न भइनन् । उनले श्रीमान् (बिपी) का साथै परिवारका अन्य सदस्यलाई
राजनीतिमा पर्याप्त सहयोग गरिन् । बिपी र सुशीलाका तीन छोरामध्ये दुईजना
सक्रिय राजनीतिमा छन् । जेठा प्रकाश पहिले कांग्रेसमा भए पनि राजाको
प्रत्यक्ष शासनकालमा मन्त्री भएपछि कांग्रेसबाट टाढा भएका छन् । उनी
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हुन् । प्रकाशकी श्रीमती सुष्मा पनि
राजनीतिबाहिर छिन् । उनीहरूकी छोरी मनिषा भारतीय चलचित्रकी स्थापित
अभिनेत्री हुन् भने छोरा सिद्धार्थ पनि चलचित्रमै लागेका छन् ।
बिपीका
माहिला छोरा श्रीहर्ष राजनीतिबाट बाहिर छन् । तर, उनी आफूलाई राजनीतिबाट
बाहिर रहेको भन्न रुचाउँदैनन् । उनले भने, 'म सक्रिय राजनीतिमा नभए पनि
बिपीले प्रतिपादन गरेको सिद्धान्तलाई साकार गराउन कुनै न कुनै ढंगबाट
लागिपरेको छु ।'
परिवारका अन्य सदस्यलाई राजनीतिक सल्लाह पनि दिई नै रहेको उनी बताउँछन् ।
'सबैले
राजनीति नै गर्नुपर्छ भन्ने छैन,' उनले भने, 'बाहिरबाट पनि योगदान
पुर्याउन सकिन्छ ।' आफू जुनसुकै समयमा पनि सक्रिय राजनीतिमा आउनसक्ने पनि
उनले नयाँ पत्रिकासँग बताए ।
श्रीहर्षले
महाराष्ट्र मुम्बईकी रुचिकासँग बिहे गरेका छन् । शिक्षण पेसामा संलग्न
छिन् रुचिका । उनीहरूका एक छोरा र एक छोरी छन् । छोराछोरीलाई राजनीतिप्रति
रुचि नभएको श्रीहर्षले बताए ।
बिपीका
कान्छा छोरा सशांक पनि पछिल्लो समय राजनीतिमा सक्रिय बनेका छन् । पेसाले
चिकित्सक रहेका उनी कांग्रेस केन्द्रीय सदस्य र संविधानसभा सदस्यसमेत छन्
। उनले नयाँदिल्ली घर भई थाइल्यान्डमा बस्दै आएकी सुपात्रासँग बिहे गरेका
हुन् । सुपात्रा पनि चिकित्सक हुन् । उनीहरूका एकमात्र छोरी छिन् । उनी
पनि राजनीतिमा छैनन् । बिपीपुत्री चेतना कमल दीक्षित -साहित्यकार) का
भतिजासँग विवाह गरी अमेरिकामा बस्दै आएकी छिन् । उनी पनि राजनीतिमा लागेकी
छैनन् ।
तारणीप्रसाद
२००७ को राणाविरोधी आन्दोलनमा सक्रिय थिए । तत्कालीन अवस्थामा विराटनगरमा
रेडियो नेपालको स्थापना गर्ने तारणीलाई चलचित्रमा हिरो बन्ने ठूलो चाहना
थियो । मनोरञ्जनमा रुचि राख्ने उनले कविता र लेखहरू लेखेका छन् । साहित्य
र कलामा रुचि राख्ने तारणीले महाकाव्यसमेत लेखेको श्रीहर्षले बताए । उनले
वनारसकी रोसासँग बिहे गरेका हुन् । उनका एक छोरा एक छोरी छन् । छोरा
ज्योतिले काठमाडौं, बौद्धकी इन्दिरा बस्नेतसँग बिहे गरेका हुन् । उनीहरूका
दुई छोरी छन् । इन्जिनियरिङ पढेका उनले पञ्चायती व्यवस्थामा जागिर पाएनन्
। पिताको क्यान्सरबाट निधन भएपछि उनी विराटनगरमै खेती गरेर बसे । अहिले
उनी कुनै पेसामा छैनन् । बेलाबखत पत्रिकामा लेखहरू लेख्ने गरेका छन् ।
तारणीकी
छोरी कल्पनाले लक्ष्मण बस्नेतसँग विवाह गरेकी हुन् । बस्नेत कांग्रेसको
मजदुर संगठनका नेता हुन् । कल्पनाको क्यान्सरबाट निधन भइसकेको छ । उनी पनि
राजनीतिमा संलग्न भइनन् ।
केशवप्रसाद
सक्रिय राजनीतिमा नभए पनि कोइराला परिवारलाई राजनीतिमा अघि बढाउन
महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले विराटनगरमा भएको आफ्नो
सम्पूर्ण जमिनमा खेती लगाएका थिए । खेतीबाट भएको आम्दानीबाट तीनजना
दाजुभाइ र बहिनीलाई खर्च पठाउने गरेकोे श्रीहर्षले बताए । उनले भने,
'कोइराला परिवारलाई टिकाइराख्न उहाँको महत्त्वपूर्ण भूमिका छ ।'
केशवप्रसाद
कोइरालाकी श्रीमती नोना भने जीवनको अन्तिम समयसम्म कांग्रेसमा सक्रिय
रहिन् । कांग्रेस केन्द्रीय सदस्य रहेकी नोनाले कांग्रेस सभापति एवं देवर
गिरिजाप्रसाद कोइरालालाई सरकार र पार्टी सञ्चालनका लागि निरन्तर सल्लाह र
सुझाव दिने गर्थिन् । परिवारलाई एकताबद्ध बनाउन पनि उनको महत्त्वपूर्ण
भूमिका रहेको बताइन्छ ।
केशव र
नोनाको दुई छोरामध्ये निरञ्जनले राजनीतिमा कुनै रुचि देखाएनन् । उनले
काठमाडौं धोबीधाराकी सन्तोषी पाठकसँग विवाह गरेका थिए । अमेरिकाबाट
र्फकँदा सन्तोषीको जहाज दुर्घटनामा निधन भएपछि उनी अहिले भारतमा बस्दै
आएका छन् । निरञ्जन अखबारमा लेखहरू लेख्छन् । नेपाल पर्यटन बोर्डमा समेत
काम गरेका थिए उनले ।
अर्का
छोरा शेखर भने राजनीतिमा सक्रिय छन् । उनी अहिले कांग्रेस केन्द्रीय सदस्य
र संविधानसभा सदस्य हुन् । शेखरले विराटनगरकी पुनमसँग बिहे गरेका हुन् ।
पुनम भने राजनीतिमा छैनन् । उनीहरूका एक छोरी छिन् ।
गिरिजाप्रसाद
अहिले पनि मुलुकको राजनीतिको केन्द्रभागमा छन् । तर, उनकी श्रीमती
सुष्माले भने राजनीति गरिनन् । उनी शिक्षण पेसामा थिइन् । सुष्माले
अघिल्लो श्रीमान्बाट जन्माएका सुरेशलाई गिरिजाप्रसादले आपनै नामबाट
नागरिकता दिएका छन् । सुरेश काठमाडौंमा छपाइ मेसिन चलाएर बसेका छन् ।
विराटनगरकै भानु थापासँग बिहे गर्नुअघि उनले राजनीतिमा चासो राखे पनि
बिहेपछि संलग्न भएनन् । श्रीमती भानु र दुई छोरा पनि राजनीतिमा लागेनन् ।
गिरिजाप्रसाद
र सुष्माकी छोरी सुजाताले जर्मन नागरिक नोवदसँग बिहे गरेकी हुन् ।
उनीहरूका एक छोरा र एक छोरी छन् । उनीहरू पनि राजनीतिमा छैनन् ।
सुजातापुत्रीको बिहे बंगलादेशमा भएको थियो ।
No comments:
Post a Comment