कैलालीबाटै शान्तिभंगको घोषणा त हुने हैन?
कैलालीको डुँडेझाडीमा वन अतिक्रमणकारी र प्रहरीबीच हिजो भएको झडप र त्यसपछिका
क्रिया प्रतिक्रियाहरु हेर्दा शान्ति सम्झौता भंग भएको घोषणा यही घटनाको निहुँ
पारेर त हुने हैन भन्ने खतरा बढेको छ। घटनालाई साम्य पार्न हैन, उत्तेजित पार्न नै
सरकार, प्रशासन र माओवादी लागेको देखिएको छ।
त्यत्रो मान्छे मरेपछि पनि सरकार र प्रशासन वार्ता गरी समस्याको शान्तिपूर्ण हल खोज्नेतर्फ वास्ता गरिरहेको छैन भने माओवादीले पनि कैलालीमा अनिश्चितकालीन बन्द, सवारी साधन तोडफोड र भोलि आइतबार नेपाल बन्द नै गरी प्रतिकारमा उत्रेको छ। माओवादी अध्यक्ष प्रचण्डले पन्चायती शैलिमा दमन गरेको आरोप लगाएका छन्। आजै त्यताका सभासदहरुले निकालेको वक्तव्यमा प्रहरी र सेनामात्र हैन युथफोर्स र तरुण दलका गुण्डाहरुले आक्रमण गरेको गम्भीर आरोप लगाइएको छ।
हेर्नुस् प्रेस–विज्ञप्ति जस्ताको तस्तै
त्यत्रो मान्छे मरेपछि पनि सरकार र प्रशासन वार्ता गरी समस्याको शान्तिपूर्ण हल खोज्नेतर्फ वास्ता गरिरहेको छैन भने माओवादीले पनि कैलालीमा अनिश्चितकालीन बन्द, सवारी साधन तोडफोड र भोलि आइतबार नेपाल बन्द नै गरी प्रतिकारमा उत्रेको छ। माओवादी अध्यक्ष प्रचण्डले पन्चायती शैलिमा दमन गरेको आरोप लगाएका छन्। आजै त्यताका सभासदहरुले निकालेको वक्तव्यमा प्रहरी र सेनामात्र हैन युथफोर्स र तरुण दलका गुण्डाहरुले आक्रमण गरेको गम्भीर आरोप लगाइएको छ।
हेर्नुस् प्रेस–विज्ञप्ति जस्ताको तस्तै
कैलाली र आसपासका जिल्लाका प्राकृतिक विपत्तीमा परेका, मुक्त कमैया र घरवारविहिन सुकम्बासीहरु केही दिन अघि गाँसबासको माग राखि कैलालीको बलिया गाविसको डुँडेझाडी वनमा टहरा हाली बसेका थिए। उनीहरुको गाँसबासको व्यवस्था गर्नुको सट्टा वर्तमान कठपुतली सरकारले उनीहरुलाई अतिक्रमणकारीको संज्ञा दिदै वन खाली गराउने नाममा पञ्चायती शैलीमा आक्रमण गर्यो। अत्याधुनिक हतियार सहित कैलाली र कञ्चपुरबाट विहानै हजारौको संख्यामा हातहतियाबाट सूशजित सेना, प्रहरी, युथफोर्स र तरुणदलका गुण्डाहरु सहित आई दिउसो करिब ३ बजे निर्दोश र निशस्त्र जनतामाथि गोली बर्षाउन थालियो। प्रहरीको गोलीबाट २५ बर्षिय नरेन्द्र विक, संजय ढकाल, रुपलाल डगौरा थारु, लट्के विक र ललिता बिकको मृत्यु भएको पुष्टि भइसकेको छ भने एउटा बच्चालाई प्रहरीले जिउदै आगोमा जलाएको त्यसैगरि एउटा गर्भवती महिलाको हत्या गरि लाश वेपत्ता परिएको छ। त्यहाँ तनावै भएकाले के कति क्षेती भयो पुष्टि हुन सकेको छैन। प्रहरीको गाली लागी निर्मल धमला, गोपाल बिक, मिन ब. थापा, रंग न्यौपाने, भरत विक, रनकली थापा, भीम थापा सहित ५० भन्दा बढी घाइते भएका छन। केहीलाई वेपत्ता पारिएको छ। घाइतेहरुले उपचार नभपाई छटपटाइरहेका छन्।माओवादीले मात्र हैन माओवादीलाई पनि आरोप लागेको छ। माओवादीहरुले योजनावद्ध ढंगले सुकुम्बासीहरुको प्रयोग गरी आफ्नो आन्दोलन चर्काउन खोजेको आरोप लगाइएको छ। माओवादीको विपक्षमा हुनेहरुको आरोप छ-
समस्या समाधान गर्नुको सट्टा आज पनि त्यस क्षेत्रमा बर्दिया र कञ्चनपुरबाट हजारौं हतियारधारी जत्थाले घेरा हाल्दै अगाडी बढेको छ। घरवारविहीन जनताको बसोबासको व्यवस्था गर्नुको सट्टा चारैतिरबाट निशस्त्र जनतालाई घेरा हाल्ने कार्यले यो जनताको सरकार होइन भन्ने पुनः एक पटक पुष्टि गरेको छ। भारतले हजारौं हेक्टर जमिन अतिक्रण गर्दा बोल्न नसक्ने तर बाँस र गाँसको माग गर्ने जनतालाई अतिक्रणको संज्ञा दिदै गोलिले भुट्ने बर्बरतापूर्ण कार्यको हामी घोर भत्सर्ना गर्दछौं। घरवारविहीन सुकम्बासी जनतालाई होइन सिमा अतिक्रमण भइरहेका ठाउँमा शक्ति देखाउन आग्रह गर्दछौं। खुल्ला आकाशमुनि रात बिताइरहेका घरवारविहीन जनताको बास र गाँसको माग र प्रतिरोधमा हाम्रो पूर्ण समर्थन र साथ रहने जानकारी पनि यसै विज्ञाप्ती मार्फत जानकारी गराउदछौं।
मिति : मंसिर २०, ०६६
सभासदहरु
लेखराज भट्ट, कैलाली
भगत बडुवाल ,,
कृष्ण कुमार चौधरी ,,
लिला भण्डारी ,,
विरमान चौधरी ,,
रुपा चौधरी ,,
सुकदैया चौधरी ,,
हरीराम श्रीपाइली ,,
टेकेन्द्र भट्ट, कञ्चनपुर
देवीलाल चौधरी ,,
हरिस ठगुन्ना (कमल क्षेत्री) ,,
पुरन राना ,,
-एक सातादेखि आएका २० हजारभन्दा बढी सुकुम्बासी त्यहाँ कसरी आए ? त्योअघि उनीहरु कहाँ थिए ?यही ढंगले आरोप प्रत्यारोप बढ्ने हो र कुनै पनि पक्षले संयम नअपनाई बस्ने हो भने मुलुक दुर्घटनामा पर्ने निश्चित छ। आशा गरौँ त्यस्तो नहोस्।
-यदि माओवादी सुकुम्बासी समस्याप्रति त्यति गम्भीर नै थियो भने नौ महिना सरकारमा बस्दा सुकुम्बासी समस्या समाधान किन गरेन ? किन आयोग एउटा गठन गर्नलाई मात्र टुँडिखेलमा सुकुम्बासीहरुले अनसन बस्नुपर्यो त्यो बेला।
-माओवादी आफ्नो तेस्रो चरणको आन्दोलन चर्काउन खोज्दैछ। दोस्रो चरणको आन्दोलनमा जस्तो नाचेर आन्दोलन नहुने भएकोले आन्दोलन चर्काउनका लागि सित्तैमा जग्गा पाइन्छ भन्ने आश्वासन बाँडी सुकुम्बासीहरुको प्रयोग गरिएको हो। घटनास्थल जाने सञ्चारकर्मीहरुले सुकुम्बासीहरु मात्र हैन, घरबार भएकाहरु समेत जग्गा पाउने लोभमा अतिक्रमण गरी बसेको देखेको बताएकै हुन्।
- नागरिक सर्वोच्चताको आन्दोलनलाई जनताले खासै वास्ता नगरेपछि माओवादी यही घटनालाई चर्काएर आफू गरिब, सुकुम्बासीहरुको पक्षमा रहेको देखाई आन्दोलन बढाउँदै सरकार ढाल्न खोजेको हो।
No comments:
Post a Comment