Monday, November 30, 2009

नेपाली राजनीति कता जान्छ



एनेकपा (मा'वादी) सरकारबाट हट्नासाथ विना शर्त एमालेलाई सरकार बनाउन प्रस्ताव गरेको काङ्ग्रेसले सरकारमा को जाने भन्ने विवादमा समय खर्च गर्‍यो। एमालेभित्र पनि प्रधानमन्त्री को बन्ने भन्नेबारे अन्तर्द्वन्द्व चल्यो। माधवजी प्रधानमन्त्री बनेपछि पनि शीर्ष नेताहरूबाट आइरहेका अभिव्यक्तिले सरकारकै लागि अनिश्चितता पैदा गर्ने काम गरेका छन्। यस्ता विवादले सरकार जुन रूपमा अगाडि बढ्नुपर्थ्याे, बढ्न सकेन।
यसबीचमा मा'वादी नेतृत्वले सरकारबाट राजिनामा दिनु गल्ती थियो भन्नेे आभास भयो र ऊ पुनः सत्तामा पुग्न रणनीति बनाउन थाल्यो। सत्ता साझ्ेदार दलहरू आन्तरिक विवादमा परेर कमजोर भएको मौका छोपेर मा'वादी त्यहाँभित्र खेल्न थाल्यो, सङ्घर्षका कार्यक्रम शुरु गर्‍यो। सरकारले शान्तिसुरक्षामा तुलनात्मक रूपले राम्रो गरेको काम पनि मा'वादी सङ्घर्षलेे छायाँमा पर्न गयो। अन्योल बढेर निराशाको तहसम्म पुग्न थालेको छ। यसबाट जनतामा सरकार र नेताले केही गर्दैनन्, केही नहुँदो रहेछ भन्ने मनोविज्ञान बढ्दो छ। दल र नेताप्रति जनतामा वितृष्णा पैदा हुँदै गएको छ।

प्रभाव र असर
विश्वमा कहीँ पनि अल्पमतमा रहेकाले बहुमतलाई अवरुद्ध गर्न सक्दैनन्। तर यहाँ अल्पमतमा रहेको मा'वादी विना संविधान निर्माण नहुने कुरालाई मध्यनजर गरेर सभामुखले जसरी पनि बजेट पास गर्ने बाटो अवलम्बन गराउनुभएको छैन। संविधानसभाको जन्म संविधान निर्माणका लागि भएको हो भन्ने विषयमा गम्भीर भएरै सभामुखले सहमति खोजिरहनुभएको छ।
अहिलेको गतिरोध हटाउन सहमतिको विकल्प छैन भन्ने कुरा प्रमुख नेताहरूले नबुझ्ेका होइनन्। राजनीति तलाउमा जम्मा गरिएको पानी होइन, सहमति गरेर अगाडि बढिएन भने त्यो चलायमान हुन्छ र त्यसको गतिलाई ठीक आकार दिन नसकिए त्यसले जस्तो रुपधारण पनि गर्न सक्छ।
नेपाली राजनीति कता जान्छ भन्ने ठम्याउन नसकिने अवस्था छ। मा'वादी नेतृत्वको सरकारको राजिनामा आकस्मिक रूपमा आयो, भोलि त्योभन्दा भीषण आकस्मिकता आउन सक्छ, परिस्थितिले जे पनि उब्जाउन सक्छ, त्यतिबेला जे पनि हुन सक्छ। एनेकपा मा'वादीले निरन्तर हरेक ठाउँ र सन्दर्भमा राष्ट्रपति शासनको कुरा उठाइरहेको छ। उसले जबर्जस्ती यसबारे जनताको मानसिकता बनाइरहेकाले कालु र बाघ को कथा नहोला भन्न सकिन्न। किनभने बारम्बार दोहोर्‍याउँदै गएपछि असामान्य कुरा पनि सामान्य हुन थाल्छ। त्यसले भोलि एक्ट गर्नेलाई पनि सजिलो बनाइदिन्छ भने अर्काेतर्फ जनतालाई स्वीकार्न पनि सहज वातावरण तयार पारिदिन्छ। मा'वादीले अरूलाई तर्साउन यस्तो गरे पनि त्यसको प्रभावको आकलन उसले गर्न सकेको देखिँदैन।
हाम्रा नेताहरू अन्तिम घडीमा काम फत्ते गर्न सिपालु छन्। संविधानलेखन पनि अन्तिम घडीमा गरिन सक्छ। तर त्यसले तात्कालिक रूपले गतिरोध फुकाए पनि दीर्घकालीन असर गम्भीर हुन्छ। त्यसले देशको हित गर्दैन। रातारात गरिने कार्यमा ध्यान र सोच विचार पुग्दैन। हामीकहाँ कहिल्यै नगरिएको अभ्यास सङ्घीयतामा काम गर्नु छ। मेरो अनुभवमा अबको ६ महिना संविधान निर्माणका लागि अपर्याप्त छ। तानतुन पारेर बनाइएला तर त्यो चार-पाँच वर्षपछि के हुन्छ भन्न सकिँदैन।
यस्तो परिस्थितिको फाइदा उठाएर कसैले दुस्साहस गर्ने सम्भावना रहिरहन्छ तर त्यस्तो सत्ता टिक्दैन। हामीले सङ्घीयता र गणतन्त्रबारे यति धेरै प्रचार गरेर स्थापित गरिदिएका छौँ कि यस्तो वातावरणमा त्यस्तो लहड टिक्दैन। हाम्रो देशको भूराजनीतिक अवस्थाले पनि त्यस्तो कुरा संभव छैन। त्यस्तो दुस्साहस अक्सिजन नभएको ठाउँमा बत्ती नबले जस्तै हुनेछ। राणा हटेपछि पनि १५ सालको चुनाव नहुँदासम्म अहिलेको जस्तै अवस्था थियो। राणा नै फर्कन्छन् भन्ने थियो। तर त्यसो भएन। ढिलै भए पनि राजनीति सहज बाटोमा आयो, पञ्चायत। बदलिँदो परिस्थितिमा त्यतिले पनि नपुगेर २०४६ सालको परिवर्तन भयो। त्यसपछि अहिलेको अवस्था आयो। विश्व धेरैअघि बढिसकेको छ। यस्तो वातावरणमा पुरानैतिर फर्काउन खोजे विश्व पनि चुप लागेर बस्दैन।
दरबारपछि दिल्ली बुख्याँचा
नेताहरूले जनताको चाहना बमोजिम काम गर्न नसकेपछि दोषजति अरूको थाप्लोमा थुपार्ने काम गरिरहेका छन्। हिजो आफ्नो कमजोरी लुकाउन दोष जति दरबारमा थोपरिन्थ्यो, आज त्यो संस्था नभएपछि दिल्लीलाई बुख्याँचाका रूपमा उभ्याइएको छ। सहमति गरेर जनतालाई सेवासुविधा दिन नसक्ने तर दिल्लीबाट फर्किएर भारत हाम्रो पक्षमा छ भन्दै इम्प्रेसन दिन खोज्ने नेताहरूको व्यवहारका कारण जनतामा गलत सन्देश गइरहेको छ। नेताहरू भारत जानासाथ सत्ता राजनीतिका लागि दिल्लीलाई खुसी पार्न त्यहाँ पुगे भनेर प्रश्न उठाउन थालिएको छ। हिजोआज हाम्रा नेताहरू दिल्ली आफ्नो पक्षमा छ भन्दै गर्वसहित खुलेआम प्रस्तुत हुन थालेपछि यस्तो प्रतिक्रिया आउन थालेको हो।
विश्व अहिले ४०-५० को दशकको जस्तो छैन, एउटा गाउँमा साँघुरिएको छ र केही हुनासाथ अरूको कान चनाखो भइहाल्छ। हामी विश्वको पहिलो शक्तिराष्ट्र हुन दौडिरहेको चीनको छिमेकी र संयुक्त राष्ट्रसंघको सदस्य पनि हौँ। यहाँ कुनै राष्ट्रले चाहँदैमा मात्रै केही हुँदैन, सबैले नेपालमा आँखा लगाएर बसिरहेका छन्। यी सबैका कारण शक्ति सन्तुलन आफैँ हुन्छ।
फेरी विश्वको महाशक्ति बन्न खोजिरहेको भारत नेपालको विवादमा अल्मलिएर बद्नामी कमाउन चाहँदैन। भारतले नेपालमा सद्भावना बाहेक चाहेर पनि केही गर्न सक्दैन। हस्तक्षेप गर्न खोजे प्रत्युत्पादक हुन सक्छ। उसले “जनताले जे चाहेका हुन् त्यही गर हामी सहयोग गर्छौं” भन्ने मात्र हो, जुन गरिरहेको पनि छ।
तर, हामीले भारतसँगै हिजोकै जस्तो व्यवहार खोज्नु चाँही भ्रममा पर्नु हो। भारत उदाउँदो शक्ति हो, उसको स्वार्थ नेपालमा होइन, चीन, पाकिस्तान र बङ्गलादेशमा छ। आफ्नो यो स्वार्थबाट अल्मलिएर उसले नेपालमा ध्यानकेन्द्रित गर्दैन, मलाई त नेपाल भारतको प्राथमिकतामा नै छ जस्तो लाग्दैन।
भारत संयुक्त राष्ट्रसंघको सुरक्षापरिषद्मा स्थायी सदस्य हुन चाहन्छ र त्यसका लागि पनि उसले छिमेकीसँग राम्रो व्यवहार प्रदर्शित गर्नुपर्ने बाध्यता छ। त्यसैले नेपालको आन्दोलनमा हामीले सहयोग गर्‍यौँ, शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउँदैछौँ भनेर उसले विश्व समुदायसमक्ष विश्वसनीयताको प्रमाणपत्र लिन खोज्दैछ। त्यसका लागि उसले यहाँ सहयोगको हात बढाउनु र शुभेच्छा राख्नुलाई अन्यथा ठान्नुहँुदैन।
भारतको अहिलेको चिन्ता संविधान नबन्ला, अस्थिरता फैलिएला र आफ्नो सुरक्षामाथि चुनौती थपिएला भन्ने छ। एमाले अध्यक्ष झ्लनाथ खनाललाई प्रधानमन्त्री मनमोहन सिंहले संविधान बनाउन सक्छौ? भनेर सोध्नु त्यही चिन्ताले गर्दा हो। सरकारको नेतृत्व गरिरहेको दलका प्रमुखसँग यस्तो जिज्ञासा राख्नु स्वाभाविक हो।

समाधानका उपाय
सत्तामा सबै दलको सन्तुलित सहभागिता भयो भने राजनीति सहज रूपमा अगाडि बढ्छ। संविधानसभामा जनताले दिएको म्यान्डेट नै मिलेर जाउ भन्ने हो। हाम्रा लागि न्यायाधीश जनता हुन्। तर त्यसो नगरेर आफ्नै मात्र सत्ता लाद्छु भन्ने मानसिकताले समस्या उत्पन्न गराएको हो।
प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बने नागरिक सर्वाेच्चता हुन्छ भन्नुभएको छ। सेनापति प्रकरणमा उहाँले पनि संविधान मिचेकै हो, मा'वादीका मात्र दुई-चार जना मन्त्री राखेर मन्त्रिपरिषद्बाट निर्णय गराउँनुभएको हो। संविधान मिच्ने कुरामा कोही कम छैनन्। अब त्यो घटनालाई उल्टाउन सकिँदैन। यसबाट पाठ सिकेर भविष्यमा गल्ती नदोहोर्‍याउन के गर्न सकिन्छ भनेर अगाडि बढ्नुपर्छ। र, त्यो गाह्रो छैन पनि।
गोप्य कोठामा होइन, सार्वजनिक थलोमा बसेर शीर्ष नेताहरूले उच्चस्तरको सहमति नगरी हुँदैन। सहमति त कति भए कति, तर तिनको कार्यान्वयन भएन। अब गरिने सहमतिमा केही महत्वपूर्ण बुँदाहरू राखेर प्रत्येक बुँदामा हस्ताक्षर गर्दै सार्वजनिक रूपमा बाचा गर्नुपर्छ। जनताको मत मान्छौँ, संविधान नबन्दासम्म दलीय र व्यक्तिगत स्वार्थ त्यागेर सहमतिमा काम गर्छौं भन्ने बाचा गरेर त्यहीअनुसारको व्यवहार प्रदर्शित गरे केही गाह्रो छैन। सबै मिलेपछि यही सरकारमा सहभागी भएर हुन्छ कि अर्काे बनाएर हुन्छ।

कलात्मक, मिहिन र व्यापक छ मा'वादी

केपी शर्मा 'ली, नेता, नेकपा एमाले
सङ्क्रमणकालीन राजनीति

हामी निरकुङ्श राजतन्त्रबाट गणतन्त्रतर्फ, हिंसाबाट शान्तितर्फ, असमानताबाट समानतातर्फ, गरिबीबाट समृद्ध समाजतर्फ सङ्क्रमित भइरहेका छौँ। जनताले सहज जीवनयापनका लागि गरेको सचेत र सङ्गठित सङ्घर्षको योगफल हो, यो सङ्क्रमणकाल। यो उपलब्धिको जगेर्ना गर्दै संस्थागत र विस्तार गर्ने अभिभारा हाम्रो काँधमा आएको छ।
यही अभिभारा पूरा गर्न सहमतिका आधारमा अन्तरिम संविधान बनाएका हौँ। नयाँ संविधान बनाउने तालिका तोकेका छौँ। १४ जेठमा संविधान बनाएर हामी शान्ति, लोकतन्त्र, समानता, राष्ट्रिय एकता र समृद्धिको बाटोमा लम्कन खोज्दै छौँ। अहिलेसम्म हामीले अनावश्यक काममा समय खेर फाल्यौँ तर, अब ठोस ढङ्गले काम गर्ने र सङ्क्रमणकाललाई छिटो टुङ्ग्याउने काम गर्नुपर्छ। किनभने समय छोटो छ। तर त्यतातिर ध्यान गएको छैन, पूरा गर्नुपर्ने अभिभारा वहन गरिएको छैन।
सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गरेर जसरी अगाडि बढ्नुपर्ने हो, त्यसो गर्न सकिएको छैन। जनता आन्दोलनलाई निष्कर्षमा पुर्‍याएर घर फर्कन्छन्, त्यसपछि नेतृत्व लिने नेताले हो। परिवर्तनलाई निर्णयद्वारा रक्षा अर्थात् संस्थागत गर्ने जिम्मा पाएका हामीले त्यो भूमिका सफलतापूर्वक निभाउन सकेका छैनौं।

बिग्रिए नेता
जनताको स्वार्थको रक्षा गर्नुभन्दा जनताले दिएको पद-प्रतिष्ठा बचाउन आफू वरिपरि पर्खाल बनाउन खोजिँदै छ। जनबलबाटै त्यहाँसम्म पुगिएकाले जनताप्रति निष्ठावान हुनुपर्छ भन्ने यथार्थ भुलिँदै छ। आफ्नै दलले जित्नुपर्ने र दलभित्र पनि आफ्नो गुट बलियो बनाउने ध्याउन्नमा लागिएको छ। नातावाद हावी छ। यस्तो कल्याणमा लागेपछि मुलुकको कल्याण त कता छुट्छ, छुट्छ। त्यसले उपलब्धिको रक्षा गर्दैन। जनताको साथ र सहयोगीको पनि हात छुट्छ। जनता तत्कालै आन्दोलनमा नआउलान् तर, क्रमशः मोहभङ्ग हुँदै जान्छ। यही चाला हो भने समयमा संविधान बन्दैन। स्थिति जटिल बन्दै गएको छ।
नेपालको राजनीति कता जाँदैछ, भन्न सकिँदैन। अहिलेको परिस्थिति रणबहादुर शाहको साँढेको कथाजस्तै छ, बोलौं अप्रिय भइने, नबोलौँ अवस्था डरलाग्दो। तर उपचार गर्ने ठाउँ अझ्ै छ, गर्नुपर्छ। तर अब ढिलाइ गर्ने हो भने पछि सच्याउने ठाउँ नै रहने छैन।
मा'वादी भ्रम
नेतृत्वले जे चाहेका छन्, त्यही भइरहेको छ। आफ्नै कारण मा'वादी खाल्डोमा परेको छ र त्यहाँबाट निस्कन उसलाई सजिलो छैन। तर, त्यसरी खाल्डोमा पर्नुलाई पनि उहाँहरू रणनीतिक महत्वसाथ हेरिरहनुभएको छ। हामीले हेर्दा खाल्डो हो, तर उहाँहरू त्यसलाई ढिस्को उठाएको महान् सफलताका रूपमा अर्थ्याइरहनुभएको छ।
मा'वादी शान्तिप्रक्रियामा आएपछि कुल मिलाएर ८ हजारजति रहेका लडाकू व्यवस्थापन गर्नु साटो त्यसलाई वाइसिएल बनाउने काम भयो। २८ वटा रणनीतिक बिन्दु बनाएर क्यान्टोन्मेन्ट राखियो। लडाकूहरूलाई वाइसिएलमा लगेर सबै नयाँ भर्ती गरियो, तालिम दिन र नियन्त्रण गर्न मात्र केही सङ्ख्यामा लडाकू राखियो। क्यान्टोन्मेन्ट भर्तीकेन्द्र भए र तालिम केन्द्र बनाएर त्यसलाई ब्यारेकमा परिणत गरियो। बाहिर पनि वाइसिएलका नाममा भर्ती खुलाइयो।
रणनीतिक रूपमा लडाकू विस्तार गरिरहेको मा'वादीले त्यसमा सफलता पनि पाएको छ। नेतृत्व अप्ठ्यारोमा छ भनेर हामीले भ्रान्ति पाल्नु जरुरी छैन। त्यो सुनियोजित रूपमा गरिएको प्रचारबाजी मात्र हो। कार्यकर्ता नेतृत्वको नियन्त्रणबाट बाहिर गएका छैनन्। मातृका यादवहरू उहाँहरूको गलत सोचाइ र व्यवहारबाट निस्किएकोे साइडइफेक्ट मात्रै हो।
एनेकपा (मा'वादी) उग्रपन्थीको पछिल्लो संस्करण भएकाले ऊ अरूको कमी-कमजोरी र सबल पक्षबाट सिकिरहेको छ। त्यसैले मा'वादी सङ्घर्ष कलात्मक, मिहिन र व्यापक छ। उसले उग्रपन्थबाट बाहिर निस्कने भन्दा त्यसलाई बलियो बनाउँदै गइरहेको छ। उसलाई लोकतान्त्रिक लाइनमा ल्याउन बाहिर-भित्रबाट दबाब पुगेको छैन। उग्रपन्थ छाडेमा देश, जनता र सबैभन्दा बढी फाइदा उसलाई नै छ।
दिल्लीको स्वार्थ
कुनै पनि देशले पहिले आफ्नो भलाइ हेर्छ। नेपालको भलाइ हेर्ने पनि हामीले नै हो। अरूले त सहयोगी भूमिका मात्र निभाउने हो। गुटको स्वार्थ मात्र राख्ने, आपसमा लड्ने र लिलामी गर्न खोजेपछि त बढाबढ गर्न अरू आइहाल्छन् नि! आफैँले यसो र उसो गरिदिनुपर्‍यो भन्ने, अनि हस्तक्षेप भन्न मिल्दैन।
शक्तिकेन्द्र दिल्ली जाँदैन, जान सक्दैन। यस्तो सोचाइ बन्नुमा मा'वादीको भूमिका प्रमुख छ। आफ्नो स्वार्थका लागि जे पनि गर्ने उसको राष्ट्रवादको नाटकले राजनीति दिल्लीकेन्द्रित जस्तो देखिएको हो। म मिर्गौला फेर्न जाँदा दिल्ली धायो भन्ने मा'वादी नेताहरू दिल्लीबाटै देशभित्र मान्छे झ्िकाउँदा राष्ट्रवादी हुने गर्छन्। आफूअनुकूल हुँदा राष्ट्रवादी र नहुुँदा अराष्ट्रिय हुने मा'वादी बुझ्ाइले समस्या बढेकोे हो।
परिवर्तनले सम्भावनाका ढोकाहरू ख्ाोलेको छ, तर ती गुम्ने डर पनि उत्तिकै छ। पञ्चायतमा प्राप्त उपलब्धि संस्थागत गर्न नसक्दा त्यसको फाइदा दरबारले लियो। २०४६ सालको परिवर्तन उग्रपन्थ र राजतन्त्रले उठायो। २०६२-६३ को आन्दोलनलाई संस्थागत गर्न नसक्दा त्यो गैर जनताको हातमा जान सक्छ। सबैभन्दा ठूलो चुनौती सफलता संस्थागत गर्ने नै हो। शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याएर, राज्यको पुनर्संरचना गरेर, न्याय र समानतामा आधारित संविधान बनाएर मात्रै हामी गणतन्त्र र प्राप्त उपलब्धिलाई संस्थागत गर्न सक्छौँ। यदि यसमा हामी सफल भएनौं भने लोकतन्त्र सुदृढ हुँदैन र त्यसले राष्ट्रिय एकतामै गम्भीर असर पार्छ।
गर्ने कसरी ?
अब म्ाा'वादी सच्चिनुपर्छ, उग्रपन्थ त्याग्नुपर्छ। उसले लिएको उग्रपन्थ विचार त्रुटिपूर्ण छ। त्यसका आधारमा गरिएका विश्लेषण गलत छन्। त्यो विश्लेषणले बनाएको नीति बेठीक छ र त्यसका आधारमा भएका क्रियाकलाप गलत छन्। यसले मा'वादीलाई लोकतान्त्रिक होइन, झ्न् बढी उग्रपन्थतर्फ लैजाँदै छ। २०६२-०६३ को आन्दोलनबाट उग्रपन्थका लागि सबैभन्दा बढी शक्ति केन्द्रित गरेको मा'वादी नसच्चिई अहिलेको गतिरोध फुक्दैन। मा'वादी सच्चिनुपर्छ, सच्चिन्छ र सच्याउन सकिन्छ। त्यसमा देशको लोकतन्त्रको र स्वयं मा'वादीको सबैभन्दा बढी भलो छ। मा'वादी सच्चिनासाथ अन्य दलहरूले उसलाई गरेको आशङ्का विश्वासमा परिणत हुन सक्छ। त्यसले सहज वातावरण तयार पार्छ र राजनीति सही बाटोमा आउँछ।

दिल्लीलाई हौवा बनाइँदैछ

उपेन्द्र यादव,
अध्यक्ष, मधेशी जनअधिकार फोरम


भारतको चासो विशेषगरी चार वटा कुरामा देखिन्छ। १. बढ्दो चिनियाँ प्रभाव २. जाली नोट कारोबार ३. आतङ्कवाद र ४. भारत-नेपाल मा'वादी सम्बन्ध र त्यसले त्यहाँ पाउने प्रोत्साहन। भारतको मूल चासो सुरक्षाकै हो। यसमा ऊ बढी संवेदनशील छ र नेपालमा अस्थिरता बढ्यो भने त्यसले भारतमा प्रभाव पार्ने डरले चिन्तित छ। नेपालमा शान्ति, लोकतन्त्र, स्थायित्व र विकास होस् भन्ने भारतको मुख्य चाहना हो। मा'वादी नेताहरूले भारतप्रति गर्ने टीकाटिप्पणी, दस्तावेज, वक्तव्य र भाषणहरूका कारण सशङ्कित दिल्ली उनीहरूको क्रियाकलापबाट ज्यादै असन्तुष्ट देखिन्छ। मा'वादी लोकतन्त्रप्रति प्रतिबद्ध हुन नसकेको विश्लेषण गर्दै बसेको छ, भारत। मा'वादी संविधानसभालाई रणनीतिक रूपमा प्रयोग गर्दै जनवादी सत्ता कायम गर्नेतर्फ लागेका हुन् या लोकतान्त्रिक पद्धतिमा साँच्चिकै जान चाहेका हुन् भन्ने कुरामा दिल्ली द्विविधामा देखिन्छ। भारतले मा'वादीमा परिवर्तन चाहेको छ र उसको सुरक्षामा असर पर्ने काम नगरोस् भन्ने चाहन्छ।
१२ बुँदे सहमति गराएर मा'वादीलाई यहाँसम्म ल्याउन आफूले खेलेको भूमिकाप्रति त्यहाँ दुईथरी धारणा विकसित हुन थालेको छ। हतियारसहित सत्तामा पुर्‍याउन सहयोग गरिनु गल्ती थियो भन्न थालेका एकथरीको बुझ्ाइमा मा'वादीले भारतको सहयोग र सदिक्षालाई दुरुपयोग गरिरहेको छ। लोकतान्त्रिक पद्धतिप्रति मा'वादीले देखाएको उपेक्षाका कारण बलियो हुन थालेको यस्तो विचारले मा'वादीले कम्युनिष्ट सत्ता स्थापना गर्न थाल्यो त्यसैले सत्तामा पुग्न सहयोग गर्न हुँदैन भन्ने लबिङ बलियो हुन थालेको देखिन्छ। त्यसैले हुन सक्छ, नयाँदिल्ली मा'वादी नेतृत्वमा नभई अहिलेकै सरकारमा मा'वादी सहभागिता र त्यसपछि संविधान निर्माण खोजिरहेको छ। त्यसले शान्ति र स्थायित्व ल्याउने उसको बुझ्ाइ छ। तर यो सरकारले त्यो काम पूरा गर्न नसकेको र अस्थिरता झ्न् बढेकोमा चिन्तित दिल्लीले विकल्प ठम्याउन नसक्नुले नेपालको राजनीतिबारे भारतका नेताहरूमा गहिरो बुझ्ाइको कमी देखिन्छ। उनीहरूमा समाधान प्राप्त गर्ने तत्व के के हुन् भन्ने कुरामा ठोस बुझ्ाइ देखिँदैन, सतही विश्लेषण गरेर बसिरहेका छन्।
त्यसको कारण हामी पनि हौँ। अहिलेको भू-राजनीतिक अवस्था, हाम्रो सामाजिक संरचना र चरित्र, नेपाली जनतामा बढ्दो महत्वाकाङ्क्षाका कारण पनि भारत जे-जे चाहन्छ, त्यो पूरा हुने अवस्था विद्यमान छैन। यी सबले उसको स्वार्थलाई सन्तुलन गर्छन्। तर हामी जबर्जस्त दिल्लीलाई हितैषी नभई हस्तक्षेपकारीको रूपमा स्थापित गराउन खोजिरहेका छौँ। मैले भेटेका भारतीय नेताहरूको भनाइमा, यहाँबाट जाने केही नेताहरूले दिल्लीमा संविधानसभामा वाम वर्चस्व भयो, त्यसले लोकतान्त्रिक संविधान बनाउँदैन त्यसलाई भङ्ग गर्नुपर्‍यो भनिरहेका छन्। यसले पनि संविधानसभालाई असफल बनाउने खेल भारतबाट होइन, नेपालभित्रैबाट भइरहेको देखाउँछ। लोकतन्त्र र सङ्घीयताविरोधीहरू यसमा लागेका देखिन्छन्। यसमा उग्रवाम र उग्र-दक्षिणपन्थीको स्वार्थ मिलेको छ। केहीले भारतको स्वार्थमा काम नगरे जे पनि हुनसक्छ भन्दै उसलाई एउटा हौवाको रूपमा खडा गर्न खोजिरहेका छन्। तर यदि मधेशी जनअधिकार फोरमलाई दिल्लीले आफ्नो स्वार्थका लागि फोरेको हो भन्ने मान्ने हो भने खोई ऊ सफल त भएन? हामीलाई कमजोर बनाएर खै कहाँ भयो शान्ति र स्थायित्व? यस्ता कार्यले समाधान दिएन र दिँदैन पनि। मधेशमा उठेको जागरण विभेद विरुद्धको विद्रोह हो। मधेश कसैको कार्ड बन्न सक्दैन। त्यो कार्डको रूपमा कसैको पकेटभित्र रहन पनि सक्दैन।
मधेशलाई कार्डको रूपमा प्रयोग गर्न खोजिए त्यसले तत्काललाई फाइदा पुर्‍याए पनि दीर्घकाललाई फाइदा दिँदैन। मधेशको लोकतान्त्रिक शक्ति फोरम फुट्दा त्यहाँ उग्रपन्थी शक्ति बढ्छ। त्यसैले फोरमजस्ता दलको फुटले दीर्घकालीन असर पार्ने कुरा बुझन जरुरी छ।
हामी सहमतिमा आउने हो भने कसैको केही लाग्दैन। सहमतिको बेला घर्किसकेको छैन तर, यतिबेला हामी चुक्यौं भने अफगानिस्तान र सोमालियाका दुर्दशा नभोगौँला भन्न सकिन्न। समयले सबै नेताको परीक्षा लिने बेला भइसक्यो। संविधान निर्माण, संघीयता, लोकतन्त्र, शान्ति र स्थायित्वका लागि पनि सहमति नभई हुँदैन। माधव नेपालजीले चाहनुभयो भने सहज पार्न सक्नुहुन्छ अन्यथा देश विध्वंसतर्फ जान सक्छ। यसमा माधवजीले नै प्रमुख भूमिका खेल्नुपर्छ। तर मुलुक जोगाउने काम सबै दलको हो। शक्तिको बाँडफाँड कसरी गर्ने र कस्तो सङ्घीयता बनाउने भन्ने कुरामा अहिलेको गतिरोध देखिएको हो। सबै दललाई स्विकार्य हुने नेतृत्वमा सरकारको निर्माण गर्ने र चुनावमा पाएको मतका आधारमा मन्त्रिमण्डल बाँडफाँड गरेर अगाडि बढ्ने अहिलेको गतिरोध हटाउने उत्तम विकल्प हुन सक्छ। संविधान घोषणा हुँदासम्म यसरी बनेको सरकारले काम गर्न सक्छ। कसको नेतृत्वमा भन्ने कुरा ठूलो होइन। कुन पद्धतिअनुरुप अगाडि बढ्ने भन्ने कुरा महत्वपूर्ण हो। सर्वमान्य सहमतिबाट निकास निकाल्नुको अर्काे विकल्प छैन।

दिल्ली कनेक्सन.(निकास नयाँदिल्लीको हातमा)


नेपाली राजनीतिक गाँठोको निकास सबै नेताले नयाँदिल्लीको हातमा रहेको जस्तो गर्न थालेपछि नागरिक पनि त्यतैको आस गरेर बस्न बाध्य पारिएका छन्।

षड्यन्त्रको स्रोतको रूपमा नारायणहिटी राजदरबारलाई लिइने गरिएको नेपाली राजनीति अझ्ै पनि परिपक्व नभएका कारण अर्को कुनै शक्तिकेन्द्रको आवश्यकता परेको देखिन्छ। यस्तै, राजनीतिक अराजकतामाझ् मध्यस्थता र निकासको लागि पनि कोही खेलाडीको खाँचो परेको छ। मावादीको अगुवाईमा काठमाडौँको राजनीति र बौद्धिक वृत्तले षड्यन्त्र र निकास दुवैको सूत्रधारका रूपमा विस्तारै भारतलाई हेरे जस्तो छ। हरेक विषयमा यहाँको राजनीति भारतको निर्देशनमा चल्छ भन्ने होइन, न त भारतका परदेश मामला पदाधिकारी र राजनीतिज्ञले अरू सबै कुरा बिर्सी हरपल नेपाली राजनीतिमा खेलिरहेका हुन्छन्। तर पनि जब महत्वपूर्ण राजनीतिक मोड आउँछ, काठमाडौँको नाडी छामेका नयाँदिल्लीस्थित कर्ताहरू क्रियाशील हुन्छन्। आफू-आफू र पार्टी-पार्टीबीच झ्ै-झ्गडामा तल्लीन दलीय नेताहरूलाई यो थाहा हुने गर्छ र सार्वभौम ने पाली राजनीतिक प्रक्रियामाथिको यो हस्तक्षेपको स्वागत समेत गर्दछन्। त्यतिबेला भारतीय पक्षको निर्देशन कुरेर बस्ने आत्महीनताबोधपूर्ण मनस्थिति बन्छ। आज त्यसै भइरहेछ।
यो विडम्बना हो र जनताको अपहेलना। आशा थियो कि जनआन्दोलन २०६२-६३ जस्तो उत्साहजनक र ऐतिहासिक अनुभवपश्चात् नेपालको भूराजनीतिक अवस्था सुदृढ हुनेछ। शान्ति (द्वन्द्व र जनयुद्ध खिलाफ) र लोकतन्त्र (ज्ञानेन्द्रको निरङ्कुशतन्त्र खिलाफ) को जित हासिल गरेका आम नागरिकको परिपक्वताको कारण छिमेकी मुलुकलगायत संसारसामु नेपालको स्वाभिमान स्थापित भएको थियो। तर आम जनता तथा नागरिक समाजको सहयोगमा मुलुक हाँक्न पुगेका संसद्वादी दलका नेता तथा मावादीले आफूले पाएको त्यो अभिभाराको नजरअन्दाज गर्न पुगे।
भारतको चासो र क्रियाशीलता त्यतिबेला हस्तक्षेपकै रूपमा नेपालतर्फ अग्रसर हुन्छ जब यहाँको राजनीतिक स्थायित्व खल्बलिन्छ र उसले आफ्नो आन्तरिक सुरक्षामाथि खतरा महसुस गर्छ। अन्तरिम समयसम्म उसले केही गर्दैन, तर जब स्थिति अराजक र तनावपूर्ण हुने देखिन्छ उसले सीधै आफ्नो पत्ता खोल्छ, मुख्यतः नेपाली दलहरूबीचको उसको प्रभाव प्रयोग गरेर।
सहजकर्ता- हस्तक्षेपकर्ता
भारतका हरेक कदम अवश्यंभावी रूपमा नेपाली जनताको अहितमा हुन्छ भन्ने होइन। भयावह अराजकताले मुलुकभित्रको अर्थतन्त्र ध्वस्त हुने अथवा द्वन्द्व चर्कने बेला भारतको सहजकर्ताको रोल सही पनि हुन सक्तछ, जस्तै १२ बुँदे सम्झ्ौता हुने बेला उसको पर्दा पछाडिको पृष्ठभूमि। तर पनि नेपाली जनताको आस भारतले केही नगरोस् र गर्न नपरोस् भन्ने नै हुन्छ। दुर्भाग्य, दलहरूको क्रियाकलापले नै भारतलाई क्रियाशील बनाउने मोडतर्फ अहिले मुलुक हिँडिरहेछ। तेस्रो जनआन्दोलनद्वारा माधवकुमार नेपालको सरकारलाई घुँडा टेकाउने अभियानमा मावादी छ भने यो मूढेबलको प्रयोगबाट सशङ्कित २२ दल झ्न् मावादी विरोधी हुन पुगेका छन्। र, यो कित्ताकाटका कारण उत्पन्न अराजकता तथा अस्थिरताले आज भारतको चासो बढाएको छ।
मुलुकलाई भारतपरस्त बनाउनमा सबै दलको दोष भए पनि मुख्य जिम्मेवार चाहिँ एनेकपा (मावादी) नेतृत्व नै हो। आफ्ना अनेकन क्रियाकलापद्वारा भारतलाई नेपालमा चाहेभन्दा बढी चासो राख्ने बनाइदियो उसले। भारत विरोधको स्वचालित उग्र राष्ट्रवाद मावादी नै छाँट्दछ, जबकि सूचना, व्यवहार र बोलीका आधारमा सबैभन्दा भारतमुखी दल उसलाई नै मान्नुपर्ने भएको छ। महेन्द्र-प्रतिपादित उग्रराष्ट्रवादी र कथित दर्शनबाट मावादी चलेका छन् भन्ने कुरामा अब झ्िनो पर्दा मात्र बाँकी छ। १० वर्ष जनयुद्धकाल दक्षिण मुलुकमै बिताएका मावादीका अनेकन नेताहरूको भारतीय संस्थापन पक्षसँगको सम्पर्क र सम्बन्ध अनुमान गर्न सकिने कुरा हो। सुरुङ युद्ध जस्तो बालक्रीडा गर्न रुचाउने मावादीले दक्षिणतर्फबाट आँखा तर्नेबित्तिकै चुमुक्क हुने वास्तविकता मावादी क्याडरबाहेक सायद कसैमा लुकेन। आफ्ना कार्यकर्तालाई भुलभूलैयामा राख्न जति नै भारतविरोधी कुरा छाँटे पनि मावादी नेतृत्वको गुप्त भारत-परोक्ष नीति पनि पार्टीमै खुला भारतविरोधी नीति सँगसँगै प्यारेलाल हिँडेकोमा कुनै शङ्का छैन।
हालैको सिंहदरबार घेराउ, उपत्यका नाकाबन्दी जस्ता आन्दोलनको शृङ्खलाको केन्द्रमा मावादीको तीन लक्ष्य भएको बुझ्िन्छ- (१) जनतालाई हैरान पारेर माधवकुमार नेपाल नेतृत्वको सरकारलाई गिराउने कोसिस, (२) आफ्ना कार्यकर्ताको उत्साह मेन्टेन गर्ने र (३) मुख्यतः भारतलाई नेपाल अराजक बन्न आँट्यो भन्दै हस्तक्षेपकारी कदमतर्फ धकेल्नु, जसमा आफूलाई पनि केही हात परिहाल्छ कि भन्ने आस।

सरकारमा छँदा
सरकारमा नहुँदा र हुँदाका मावादीका धेरै क्रियाकलापले भारतलाई नेपाली राजनीतिमा पहिला भन्दा बढी क्रियाशील र प्रभावशाली बनाइदिएको छ, जसको दोष भारतीय पक्ष भन्दा नेपाली पात्रहरूलाई जान्छ।
नौ महिना सरकारमा रहँदा मावादीले नयाँदिल्लीको पञ्जाबाट उम्कन कोसिस नगरेको पनि होइन, तर भारतसँगको सम्बन्धको अपरिहार्यतालाई उसको अतीतले बिर्सन दिएन- यो भित्र न बाहिरको जालोमा ऊ राम्ररी अड्कियो। कम्तीमा चीनतर्फ ढल्कनाले नयाँदिल्लीबाट बढी फल पाइन्छ कि भनेर उसले चाइना कार्ड पनि खेल्यो। धेरै हदसम्म भूराजनीतिक अवसरवाद थियो त्यो, सँगै आफ्ना कार्यकर्तामा रहेको मावादको उद्गमस्थलतर्फको आकर्षण पनि। तर नयाँदिल्ली र बेइजिङबीचको प्रतिस्पर्धा र समझ्दारी जुन तहमा छ, मावादीले त्यसबीच खेल्न खोज्नु सायद हिजोसम्मको विद्रोही शक्तिको कूटनीतिक अपरिपक्वताको उपज थियो। यस्तो अनुभवको कमीले पनि होला मन्त्री भएलगत्तै मावादी नेतात्रय रामबहादुर थापा, पम्फा भुसाल तथा कृष्णबहादुर महराले खासापारिको गुप्त भ्रमण गरे, चिनियाँ सेनाको खातिर। यस्तै प्रधानमन्त्रीहुँदा पुष्पकमल दाहालले आफ्ना लडाकू दस्ताको सलामी लिन चितवनको शक्तिखोर शिविर जाँदा भूराजनीतिक हिसाबले कत्रो हानि गर्‍यो, त्यो अहिले पनि उग्रवादका पृष्ठपोषक नेताहरूलाई महसुस नभएको हुन सक्दछ।

गृह मन्त्रालय रहेको नर्थ ब्लक। परराष्ट्र मन्त्रालय रहेको राष्ट्रिय सरकारी सचिवालयको साउथ ब्लक
पुष्पकमल दाहालको प्रधानमन्त्रीत्वमा अपरिपक्वता धेरै थिए, अथवा भनौँ पूर्वाग्रही कदम जसले नेपाल राज्यलाई भारतसामु विभिन्न हिसाबले कमजोर बनायो। सरकार चलाउने आफ्नो तौरतरिकाले हालको लगायत तत्पश्चात्का सरकारहरूको लागि नराम्रो नजिर बनाइदिए। अरू दल र नेताहरू कसुरविहीन पक्कै छैनन्, तर मावादीको भने पूर्ण संरचना लागिपरेको जस्तो देखियो उग्रराष्ट्रवाद फलाक्दै राज्यलाई कमजोर बनाउनतर्फ। षड्यन्त्र खोज्ने व्यक्ति भए यसमै षड्यन्त्र भेट्टाउँथ्यो होला।
मावादीको सरकार छँदाको सत्ता कब्जाको सम्भावनाले नेपाली राजनीतिक वृत्तलाई सशङ्कित पार्‍यो, तर यति मात्रले भारतलाई चिन्तित बनाउनुपर्ने कारण थिएन। किनकि भारतीय संस्थापनको मुख्य ध्याउन्न भनेको नेपालमा स्थायित्व हो, लोकतान्त्रिक वा अलोकतान्त्रिक। ३० वर्षको पञ्चायत पद्धतिलाई भारतले स्वीकारेकै हो र यदि मावादीले पनि हतार नगरी स्टेप-बाई-स्टेप आफ्नो योजना अगाडि बढाएको भए, आफ्नो उच्छृङ्खलताले सबैलाई एकैसाथ नतर्साएको भए, उसले वर्षौंसम्म सत्ता सम्हाल्दाको स्थायित्व नयाँदिल्लीलाई स्वीकार्य नै हुने थियो। ढिलोचाँडो रिएलपोलिटिक्को मान्यता उसले अँगाल्ने थियो र मावादीले आफ्नो साङ्गठनिक सशक्तता, अथाह ढुकुटी तथा समाजमाथि भयको प्रभावले गर्दा वर्षौं वर्चस्व कायम गर्न सक्ने अवस्था थियो, पश्चिम बङ्गालका कम्युनिस्टसँग मिल्दोजुल्दो हिसाबले। तर मावादीले भूल गर्‍यो र उसमार्फत स्थायित्व आउने विश्वसनीयता नयाँदिल्लीलाई दिलाउन सकेन। मावादी सरकारमा जाँदा सन् १९५० को सन्धि खारेजदेखि आफूले बलपूर्वक उठाएका मुद्दाहरू चटक्कै बिर्सिदिनाले नेपाली राज्यको अडानबारे भारतीय पक्षलाई नजरअन्दाज गर्न सजिलो भयो। पशुपतिनाथ माथिको मावादी धावाले विश्वव्यापी हिन्दू धर्मावलम्बीको संस्कारलाई बेकार डगमगाइदियो र भाजपाका लालकृष्ण आडवाणीको फोन कल आउनुपर्‍यो पुष्पकमल दाहाल पछि हट्न। यसरी एउटा भारतीय दलको नेताको इशारामा चल्ने तहमा पुर्‍याइयो, नेपाल सरकारलाई। नेपाल सेनाको चेन अफ कमाण्ड खल्बलाउने कदमले नयाँदिल्लीमा गम्भीर चासो उत्पन्न गर्‍यो र भारतीय सेनाको पनि चासोको विषय बन्न गयो नेपाली राजनीति। यसरी आफूले धान्न नसक्ने कदम चालेर कूटनीतिक क्षेत्रमा आफ्नै मुलुकलाई घाटा पर्ने गरी मावादी योजनाविहीन देखिए।
नयाँ पात्र
नेपाली राजनीतिको आजको चर्को ध्रुवीकरणमाझ् एउटा सम्मानित सहज मध्यस्थकर्ताको खाँचो छ। राष्ट्रपति रामवरण यादवलाई त्यो भूमिका निर्वाह गर्न आजसम्म मावादीले वर्जित गरेको छ। काङ्ग्रेसको भइकन सर्वोच्च राजनीतिक पुरुष गिरिजाप्रसाद कोइरालाले मध्यस्थकर्ताको पनि काम गर्थे, तर हाल उनको क्षमता ह्रास भएको छ। राष्ट्रिय नागरिक समाजमा अनुभव तथा तटस्थता दुवै बोकेका व्यक्ति अगाडि आउन नसकेकाले त्यताबाट पनि आस देखिएको छैन।
समुद्रपारको अन्तर्राष्ट्रिय जगतले मावादीलाई अलि लचिलो पाराले हेरिरहेका छन्, तर अनमिनभित्र मावादीप्रतिको आग्रह अलिक ज्यादा नै भएको भन्ने अरू दलको बुझ्ाइको कारण संयुक्त राष्ट्रसंघले सहजकर्ताको भूमिका खेल्न सक्ने अवस्था दुर्भाग्यवश विलीन भएको छ। राजनीति यसरी पूर्णतः डेडलक भएको अवस्थामा सबैको आँखा नयाँदिल्लीतर्फ मोडिएको छ।
एनेकपा (मावादी)लगायत सबैले नयाँदिल्लीतर्फ यसरी आँखा लगाउँदा भारतको मावादीलाई हेर्ने नयाँ चश्मा निरीक्षण गर्नुपर्ने छ। साथै, को हुन् त दिल्लीका हर्ताकर्ता, जान्न आवश्यक छ। सन् २००३ ताका मावादीलाई खुला राजनीतिमा आउनका लागि बाबुराम भट्टराईलाई भारतीय पक्षले मनाएपछि, भट्टराईले बाँकी पार्टीलाई मनाएको बुझ्िएको छ। त्यसपछि काङ्ग्रेस र एमाले नेतासमेतको सहभागितामा १२ बुँदे सहमति भयो, अनि नयाँदिल्ली सरकारले सीपीएम दलका सीताराम येचुरीलाई मावादीलाई भित्र्याउने काम गर्न आउटसोर्स गर्‍यो। भारतीय मावादीलाई पनि खुला राजनीतिमा ल्याउन तल्लीन भारतीय संस्थापनले नेपाली मावादीलाई मखमली पञ्जाले स्वागतसत्कार गरे।
आज आएर भारतको राजनीतिक माहोल एक्कासी एनेकपा (मावादी)को चाहना तथा आस विपरीत लम्केको छ। एक त मावादीसँग सम्पर्कमा रहेको भारतीय कूटनीतिक टीम पूर्णतः अवकाश भइसक्यो र नयाँ राजनीतिक नेतृत्वको परिवर्तित मान्यताका कारण नेपालका मावादीतर्फ संवेदनशीलता कम हुँदै गएको देखिन्छ। साउथ ब्लकका मध्यस्तरका सम्पूर्ण पदाधिकारीहरूको फेरबदल भएको छभने मावादीको नाडी छाम्दै निकासको खोजीमा संलग्न रहेका विदेशसचिव शिवशङ्कर मेननको अवकाश भइसक्यो। उनका उत्तराधिकारी निरुपमा राव नेपालको सन्दर्भमा सिकारु भएको आफैँ बताउँछिन्। नेपालमा राजदूत भई मुुख्य भूमिका खेलेका शिवशङ्कर मुखर्जी नेपालबाट लण्डनमा हाइ कमिसनर भई हालै रिटाएर्ड भए। अर्का पूर्व नेपाल विशेषज्ञ, राजदूत श्यामशरण भने मनमोहन सिंहको जलवायु परिवर्तन सल्लाहकार भएका छन् र नेपाली नीतिनिर्माणबाट टाढा पुगिसके। पहिलेदेखि मावादीप्रति कठोर रहेका प्रधानमन्त्री सिंहका राष्ट्रिय सुरक्षा सल्लाहकार एम्.के. नारायणन् उक्त प्रभावशाली पदमा पाँच वर्षदेखि कार्यरत छँदै छन्।
भारतका शीर्षस्थ राजनीतिक नेतृत्वमाझ् नेपाल मामलासँग राम्ररी परिचित उसबेलाका विदेशमन्त्री प्रणव मुखर्जीले अर्थमन्त्रालय सम्हाल्न थालेपछि नेपाली शान्ति प्रक्रियासँग स्पष्ट रूपमै अपरिचित एस्.एम्. कृष्ण परराष्ट्र मन्त्री भए। यसरी राजनीतिको चासो कम भएको र अन्त सरेको बेला काठमाडौँको भारतीय राजदूतावास तथा नयाँदिल्लीका मध्यस्तरका पदाधिकारीको हातमा भारतको नेपाल नीति सरेको देखिन्छ, जबकि यसअघि शीर्षस्थ राजनीतिक नेतृत्वले चासो राख्दथ्यो, नेपालको निरन्तर राजनीतिक द्वन्द्वबाट हैरान भएको नयाँदिल्लीका एक उच्च पूर्व पदाधिकारी बताउँछन्। तर यो हैरानीका साथसाथै एउटा छिमेक मुलुकमा सशक्त चलखेल गर्ने अवसर पनि त प्राप्त छ।
भारतीय मावादी
भारतको बदलिँदो राजनीतिले पनि नेपाल नीतिमा असर पारेको छ। सन् २००९ भारतको लोकसभा चुनावले भारतीय काङ्ग्रेसलाई सरकारको सालाखाला एकल नेतृत्वको पङ्क्तिमा पुर्‍याइदियो भने नेपालको मावादीलाई लचिलोपनका साथ खुला समाजमा ल्याउन तत्पर सीपीएम दलले चुनावमा धक्का खानु पर्‍यो। आफ्नो अखडा पश्चिम बङ्गालमै पनि उसले ३० वर्षको इतिहासमै बेहोर्नु नपरेको परिणाम देख्नुपर्‍यो। नयाँदिल्ली सरकारबाट सीपीएम त्यही बेला हट्यो, जुनबेला मनमोहन सिंहको कङ्ग्रेस सरकारले भारतका मावादी विरुद्ध कठोर अभियान शुरु गर्दै थियो।
भारतका नक्सलवादी विरुद्धको अभियानले अब नामसम्म पाएको छ- अपरेसन ग्रीन हन्ट- र सेना प्रयोग नभए पनि हवाई सेनाको हेलिकप्टर परिचालित छ। भारतका नागरिक समाजका हस्तीहरूले यो कठोर अभियानको तिखो भर्त्सना गरेका छन्। विशेषगरी सीमान्तकृत वनवासी आदिवासी समुदायको गरिबी मेटाउने विकास तथा प्राकृतिक स्रोतमाथिको अधिकारको सुरक्षा दिलाउनुको साटो राज्यले सैन्य समाधान खोजेको आरोप छ। यो अडान सार्थक हुँदाहुँदै नेपालका एनेकपा (मावादी)लाई भने भारतीय राज्यले लिएको यो नयाँ मोडले असर पारिछोड्छ।
भारतमा एक कठोर र कसैको बुझ्ाइमा भन्दा दक्षिणपन्थी धारले मावादी विरुद्ध युद्धको स्वर उचालिरहेछ। एक त नक्सलवादी अथवा नक्सल भनेर चिनिने भारतीय वाम क्रान्तिकारीहरूलाई अब सिर्फ मावादी भनेर चिनिने गरेको छ। यसले गर्दा विदेश र छिमेक सम्बन्धबारे न्यून सुसूचित आम भारतीय मध्यम वर्गमा नेपाली र भारतीय मावादी एउटै ठान्ने प्रवृत्ति छ। नेपाली पूर्वविद्रोहीले खुला राजनीतितर्फ लिएको ठूलो छलाङको सही आकलन भारतमा अहिले पाइँदैन।
जनयुद्धताका नेपालको मावादीलाई चीनको पूर्ण समर्थन छ भन्ने अडान भारतीय मध्य वर्गमा छरपस्ट थियो। यस्तै गल्ती सूचना आज व्याप्त छ। गत महिना भारतीय मिडियामा एक कनिष्ठ नेपाली मावादी नेताले पश्चिम बङ्गालमा भारतीय समकक्षीलाई भेट्दा पनि ठूलो हङ्गामा हुन्छ र हेडलाइन खबर गरी छापिन्छ (हे. तस्बिर)। यही लेखकले एउटा टेलिभिजन अन्तरक्रियामा नेपालका मावादी भारतीय मावादीलाई हतियार सार्ने माध्यम बनेका छन् भन्ने भारतीय विश्लेषक र न्यूज एङ्करको अडानको कडा प्रतिवाद गर्नु परेको थियो र त्यहाँ कमसल सूचनामा आधारित नेपाली मावादीप्रति पूर्वाग्रह प्रस्ट देखिन्थ्यो।
दक्षिण छिमेकको मूल धारको मिडिया तथा आम मध्यम वर्गमा जसरी मावादीविरोधी भावनाको विकास भएको छ, त्यसले नेपाली मावादीलाई घाटा नै गर्छ किनकि यो बुझ्ाइले नयाँदिल्लीको नीतिलाई असर पार्दछ। मावादी शब्दैसँग आजको नयाँदिल्ली राजनीतिक नेतृत्व नफरत गर्ने मूडमा पुगेको छ भने नेपालको मावादीको उत्पत्ति तथा बाटो फरक छ भन्ने मसिनो बुझ्ाइले पहिलाभन्दा कम नाप्ने अवस्था छ। नयाँदिल्लीका परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयलगायत रक्षा मन्त्रालय तथा आई.बी. तथा आर.ए.डब्लू. गुप्तचर संस्थाका पदाधिकारीको हातमा यदि नेपाल नीति गएको हो र राजनीतिक स्तरमा चासो घटेको हो भने यो नेपालको लागि गम्भीर भएको छ। किनकि कर्मचारीको अडान तथा कदम स्वभावतः बढी राजनीतिक संस्थापनद्वारा निर्धारित स्टेटस् क्वो अन्तर्गत रहन चाहने खालको हुन्छ र आज कङ्ग्रेस संस्थापन निर्धक्क मावादी विरोधी भएको छ।
नेपाली सम्पर्क
मूल नेपाली खेलाडीहरूको पनि नयाँदिल्लीका मुख्य राजनीतिक पात्र तथा उच्चतम कर्मचारीतन्त्रसँगको सम्पर्क पहिला जस्तो छैन। ६ दशकको राजनीतिको उचाइ रहेको दक्षिणएसियाकै वरिष्ठ नेता भएको कारण गिरिजाप्रसाद कोइरालाले मावादीको सरोकारका विषय समेत नयाँदिल्लीसमक्ष सकारात्मक हिसाबले पेस गर्ने र मनाउन सक्ने क्षमता राख्दथे। आज उमेर, रोग, पुत्रीमोह तथा राजनीतिका दैनिकीबाट टाढा रहन बाध्य कोइरालाको नेपाली राजनीतिका साथसाथै नयाँदिल्लीमा प्रभाव घटेको देखिएको छ। आउँदा दिनमा चाहेको र परेको खण्डमा अझ्ै पनि उनले उच्चतम भारतीय नेतृत्वसँग नेपाली शान्ति प्रक्रिया लिकमा राखिराख्न जबर्जस्त प्रयास गर्न सक्छन्, त्यो अन्तिम प्रयोगको सम्भावना खेर नजास्।
तर गिरिजाप्रसाद कोइरालाको प्रस्थानपछि नेपाल-भारत सम्बन्धको एक युगको अन्त्य हुनेछ र निजी लगाव तथा सम्पर्कको साटो परिपक्व पारस्परिक सम्बन्ध विस्तार गर्नु पनि आवश्यक छ। व्यक्तिगत लगाव र सम्पर्क टुट्दै गएको पृष्ठभूमिमा भारत सम्बन्धका लागि राजनीतिक दलहरूबीच साझ्ा दृष्टिकोण बन्न अत्यावश्यक नै भइसकेको छ। जुन प्रमुख दलका नेतृत्वहरूको सामूहिक चिन्तनबाट मात्र बन्न सक्छ। नेपाली राजनीतिमा कायम भारतीय चासोलाई न्यून गर्न वा भनौँ त्यसलाई हस्तक्षेपमा परिवर्तन हुन नदिनका लागि यो गर्नै पर्ने देखिन्छ। र, यसो हुनसक्दा दुई मुलुकबीचको पारम्परिक सम्बन्धको अवसानकालमा नयाँ सम्बन्धको प्रादुर्भाव हुने अवसर बन्न सक्छ, हाम्रो सङ्क्रमणकाल।

मावादी नेताहरूमध्ये भारतीय नेतृत्व तथा दिल्लीको पढैया वर्गसँग बढी सम्पर्क भएका बाबुराम भट्टराई हुन्। तर उनको प्रभाव र छवि पनि धमिलिएको छ, काठमाडौंका मावादीको रुपान्तरण नयाँदिल्लीले आस गरे जस्तो नभएको कारण मुख्यतः नेपाललाई स्थायित्वभन्दा अराजकतातर्फ धकेलेकाले। चुनावपश्चात् आफू काठमाडौंको संस्थापन पक्षमा परिणत भइसक्दा मावादी सरकारलाई भारतीय क्रान्तिकारीसँग नभई भारतीय संस्थापनसँग सम्बन्ध बढाउने बाध्यता थियो। यसकारण भट्टराईको भारतीय प्रगतिशील माझ् पनि केही असमञ्जस्यता बढ्नु स्वाभाविक थियो, किनकि जतिकै क्रान्तिकारी अन्तर्वार्ता र भाषण दिए पनि उनी बाहिरिया बाट भित्रिया भइसके। सायद तेस्रो जनआन्दोलनको नेतृत्व गरेका भट्टराईका गत महिनाका आक्रोशित अभिव्यक्तिले भारतीय संस्थापन पक्षलाई आश्वस्त पार्दैन, उता प्रगतिशीलहरूले पत्याउने अवस्था सिर्जना गर्दैन। २६ अक्टोबरमा बेलायती अति-वाम वेबसाइटमा प्रकाशित उनको लामो अन्तर्वार्ताले प्रोट्रेक्टेड जनयुद्ध कायम रहेको अडानले भारतीय संस्थापनलाई नेपाली मावादी भित्रभित्रै जहाँको तहीँ रहेको आभास दिएको हुनुपर्छ। उता सीपीएम दलका नेताहरू जोसँग नेपाली मावादीको विशेष सम्बन्ध विस्तार भएको थियो, उनीहरू आफैँ भारतीय मावादीसँगको लडाइँको फ्रन्टलाइन मा रहन पुगेका छन्। पश्चिम बङ्गालको लालगढमा गत केही महिनाको मावादीसँगको राज्य-सरकारको घमासान तथा त्यहाँका मावादी नेता किशनजीले पाएको मिडिया प्रचारबाट पश्चिम बङ्गालका कम्युनिष्ट नेताहरूको नेपाली मावादीसँगकै दूरी बढ्नु पनि स्वाभाविक हो।
पुष्पकमल दाहाल प्रधानमन्त्री छँदा जब राजकीय भ्रमण (भदौ २०६५) मा नयाँदिल्ली गए र त्यसअघि मङ्सिर २०६३ को हिन्दुस्तान टाइम्स कन्क्लेभमा त्यति बेला नयाँदिल्ली सरकार, भारतीय राजनीतिक नेतृत्व र विश्लेषकले उनलाई अभूतपूर्व स्वागत दिएकै हुन्। काङ्ग्रेस, सीपीएम र अन्य राजनीतिक मूलधार एक भई त्यो गर्नुपछाडि मावादीको रुपान्तरणको आस, जुन भारतीय मावादीमाझ् भजाउन सकियोस्भन्ने नै योजना हो। नेपालमा भारतलाई चाहिएको राजनीतिक स्थायित्व पनि प्रदान गर्न सक्छ कि मावादीले भन्ने पनि सोच थियो, नयाँदिल्लीको। आज दुई वर्षपछि आइसक्दा एकातर्फ मावादीले उक्त स्थायित्व नभई मुख्यतः निरन्तर अराजकता सौगात दिने अवस्था देखियो। अर्कोतर्फ भारतभित्रको राज्य-मावादी सम्बन्ध कायापलट हुनपुग्यो ।
मक्का-मदिना
भारतको अवस्था बदलिँदा र नेपाल हेर्ने उसका पात्र फेरबदल हुँदा पनि नेपाली राजनीतिक खेलाडीहरूको मुन्टो भने निर्देशन, मध्यस्थता अथवा अगुवाईको लागि भारततर्फ नै मोडिएको अवस्था छ। यो क्रूर विडम्बना हो कि शान्ति र लोकतन्त्रको लागि संसार र दक्षिणएसियाकै अनुपातमा ऐतिहासिक जनआन्दोलन गर्न सक्षम, आत्मबल बोकेको जनतालाई चुनावद्वारा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू भने नयाँदिल्ली (एकजना नवनेताको शब्दमा) लाई मक्का-मदिनाको रूपमा स्थापित गर्दैछन्। नयाँदिल्लीको चासो कम हुँदा पनि हामी त्यतै आँखा ताक्छौँ, उसले कर्मचारीतन्त्रलाई नेपाल फाइल बुझ्ाउँदा पनि “ये भी सही है जी!” भनेर चित्त बुझ्ाउँछौँ। तर नयाँदिल्लीको ढोका घचघच्याउन छाड्दैनौँ, सके सोनिया गान्धीसँग भेट, नसके मनमोहन सिंह, नसके प्रणव मुखर्जी, नसके साउथ ब्लक कूटनीतिज्ञ, नर्थ ब्लकका कर्मचारी र त्यो पनि नसके हाल संस्थापन पक्षमा पहुँचै नभएका अवकाशप्राप्त कुनै जवहरलाल नेहरू युनिभर्सिटीका प्राध्यापक।
सबै दल उस्तै छन् भन्ने क्रन्दनमा यथार्थ छैन, किनकि तुलनात्मक रूपमा अन्य दलभन्दा मावादी दलको कडा बोली र हिंस्रक व्यवहारले उसलाई अरूभन्दा विछट्टै अलग पहिचान दिन्छ। भारतसँगको सम्बन्धमा पनि यही लागू हुन्छ- सबै दल भारतप्रति संवेदनशील छन् तर उग्र राष्ट्रवाद तथा भारतविरोधी स्वर मावादी नेताहरूबाट जति नै गर्जिए पनि अरूभन्दा बढी भारतीयसामु झ्ुक्ने उनीहरूकै शीर्षस्थ देखिन्छन्। र, के कस्ता सम्बन्ध १० वर्षको भारत प्रवासमा बन्न गयो त्यो त कुनै आत्मवृत्तान्तमा एक दिन पढ्न पाइएला। अरूलाई प्रभुको आशीर्वादमा सरकार चलाउने आरोप लगाउने पुष्पकमल दाहाल नै हुन्, जसले सिंहदरबारमा बस्दा भारतका विपक्षी नेताको आग्रह/आदेश मान्नेसम्म भए।
आजसम्म माधवकुमार नेपाल नयाँदिल्लीको समर्थनमा ढुक्क छन्, सूर्यबहादुर थापा दिल्ली तीर्थबाट फर्केर पनि अरू विश्वास दिलाएका छन्। झ्लनाथ खनाल बोलावट आएपछि हवाईअड्डाबाटै फर्किएर मनमोहन सिंहलाई १० रेसकोर्समा भेट्न पुग्दछन्। उपेन्द्र यादवको स्पस्ट बोलीमा उनी आफू मक्का-मदिना पुगेर आइसके। सबैतर्फ पहुँच र सिनियारिटी जमाएका गिरिजाप्रसाद स्वास्थ्य लाभका लागि सिङ्गापुर पुगेका छन्, तर उनले त नयाँदिल्लीसँग फोनमै पनि काम फत्ते गर्न सक्ने क्षमता राख्दछन्। नयाँदिल्ली दौड त आज मावादीलाई चाहिएको छ र नयाँदिल्लीले ढोका बन्दसरह गरेकाले ऊ विचल्लीमा छ। यता कार्यकर्तालाई हौस्याउन र जनतालाई तर्साउन आन्दोलन गर्नु छ तर आँखा भने नयाँदिल्लीतर्फ नै छ।
मावादीले ५ मङ्सिरसम्म डेडलाइन दिएको छ अन्य राजनीतिक दललाई सरकारमा जान र उसको परिभाषाको नागरिक सर्वोच्चता स्विकार्न। मुलुकभित्रैबाट समस्या सुल्झ्ाउनु सबैको दायित्व हो, तर मुख्य दायित्व उक्त दलको हो जसले संविधानसभामार्फत आफ्नो नेतृत्वको सरकार त चलायो तर अरूको नेतृत्वको सरकार चल्न दिने पक्षमा देखिँदैनर आधा वर्ष व्यवस्थापिका संसद् चल्न दिएको छैन। उता मावादीले मागे जस्तो राष्ट्रपतिद्वारा २० वैशाख २०६६ को कदमको माफी माग्ने सम्भावना देखिँदैन। अन्य दल, २२-२२ वटा हुँदा पनि मावादी धम्कीसामु झ्न् एकढिक्का भए जस्ता छन्। संयुक्त सङ्कल्प प्रस्ताव एउटा निकास हुन सक्तथ्यो, तर दशैँ-तिहारको दौरानमा सम्झ्ौताको बिन्दुमा पुगेर तुहियो। यस्तो अवस्थामा मावादी सरकार हाँक्न नपाए संविधान नबने नबनोस्को बिन्दुमा पुगे जस्तो देखिन्छ भने अन्य दल पनि धम्कीको भरमा सरकार मावादीलाई सुम्पिनुको साटो बरु संविधान नबने नबनोस्मा पुगे जस्तो छ।
यो असहज डिस्इक्विलिब्रिएम धेरै दिन टिक्न सक्तैन। नेपाली जनताको आस त नेपाली राजनीतिक दलहरूबीच बाटै समाधानको खोजी होस् भन्ने हो, तर राजनीतिक दल भने अन्यत्र हेरिरहेछन्। विशेष पश्चिमा मुलुक तथा अनमिनबाट देखाइएको मावादीतर्फको लचिलोपन निश्चय पनि मावादीको पूँजी हो, तर राजनीतिक निकास त्यताबाट आउने सम्भावना कम छ। पुष्पकमल दाहालले भने जस्तो बेइजिङ मावादीतर्फ लचकता पनि देखाउँदो हो, तर उसको नेपाली राजनीतिमा प्रभाव त्यति जमेको छैन कि तत्कालै ऊ मावादीको सहयोगमा आस्। यी सबै कारण मावादी आज नयाँदिल्लीबाट बोलावट अथवा सङ्केतमा पर्खे जस्तो छ। तर भारतीय पक्ष ऊतर्फ हात मिलाउन मात्र के, सम्पर्क गर्न समेत नरुचाएको अवस्था रहेको बुझ्िन्छ। तसर्थ, नयाँदिल्लीलाई निम्न सुझ्ावसहित यो लेख टुङ्ग्याइन्छः
१. नेपाली शान्ति प्रक्रियालाई भारतको आन्तरिक कलहसँग गाभेर नहेरेको राम्रो। यहाँका मावादीले हिंसा त्यागेको सार्वजनिक घोषणा नगरे पनि जनयुद्ध त्यागेर निर्वाचनमा भाग लिई सफलता हासिल गरी लोकतान्त्रिक रुपान्तरणतर्फ लागेकै हुन्। तसर्थ उसलाई जनताको समर्थन प्राप्त राजनीतिक शक्तिको रूपमा लिनुपर्छ, उग्र व्यवहार र बोलीका बाबजुद।
२. यहाँको शान्ति प्रक्रियाअन्तर्गतको सम्झ्ौताले पूर्वलडाकूको व्यवस्थापनको कुरा गर्दछ, जसअन्तर्गत राष्ट्रिय सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीमा समेत केही समायोजन हुने बुझ्ाइसहित। यो अन्डरस्ट्याण्डिङ मा नयाँदिल्ली पनि सहभागी थियो। आफ्नो आन्तरिक सुरक्षा स्थितिमा फेरबदल आउँदा पनि नेपालको शान्तिप्रक्रियाको सन्दर्भमा भारतको दृष्टि उक्त अन्डरस्ट्याण्डिङको मर्म र भावनाअनुरुप हुनुपर्दछ।
३. भारतको नेपाल नीति मावादीप्रति कठोर भएको विभिन्न स्रोत र छिद्रबाट सुनिँदै आए पनि आज भारतको नेपालसम्बन्धी असली आधिकारिक व्यक्ति या समूह को भन्नेमा काठमाडौंमा अन्योल खडा भएको अवस्था छ- साउथ ब्लक, राष्ट्रिय सुरक्षा सल्लाहकारको कार्यालय, रक्षा मन्त्रालय र खुफिया एजेन्सिज्हरू काठमाडौँ राजदूतावास या अन्य। मुख्यतः नयाँदिल्लीको उच्चतम राजनीतिक तवरमा नेपाल मामलामा चासो राख्नुपर्ने विशेषगरी यस संवेदनशील घडीमा द्वैध सम्बन्धको माग छ।
४. अन्ततः सबैलाई पालैपालो नयाँदिल्ली बोलाई वार्ता गर्दा पनि पुष्पकमल दाहाललाई बोलावट आएको छैन, जबकि बेइजिङबाट फर्कंदा विमानस्थलमा अवतरण गर्दागर्दै उनले नयाँदिल्लीलगत्तै जाने इरादाको जानकारी दिएका थिए। नेपालको स्वतन्त्र र पृथक् शान्ति प्रक्रियालाई लिकबाट बाहिर जान नदिन र आफ्नो अडान र अपेक्षा प्रस्ट पार्न पनि कम्तीमा नयाँदिल्लीले मावादी नेता पुष्पकमल दाहाललाई आफूकहाँ डाक्नुपर्दछ। १२ बुँदे सम्झ्ौता र शान्ति प्रक्रियाको श्रेय भारतका राजनीतिक र अन्य खेलाडीलाई पनि जान्छ र यो प्रक्रिया खेर जाँदा उत्पन्न हुने अराजकताले आखिर उत्तर प्रदेश, बिहार बाँकी भारतलाई नछोई छोड्दैन। यदि एनेकपा (मावादी) माथि प्रभाव पार्न सक्ने क्षमता र चाहना नयाँदिल्लीमा छ भने- र छ भन्ने यो लेखकको बुझ्ाइ हो- पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाइकन पूर्ण मान र खातिरसहित छलफल गर्नु जाती। आफ्नो राजनीति वृत्तबाट अनवरत पीडा भोगिराखेका नेपाली जनतालाई यताबाटै भए पनि केही राहत मिल्ला कि!

सत्ता कब्जा गर्न जनविद्रोह र आम विद्रोहलाई जोड्दै छौं'



तपाईंले एउटा लेखमा जनयुद्ध नयाँ शक्तिले पुरानोलाई निर्मूल पार्ने तथा नयाँ र माथिल्लो सामाजिक प्रणालीमा छलाङ मार्ने माध्यम हो भन्नुभएको छ तर एनेकपा मावादी किन शान्ति प्रक्रियामा प्रवेश गरेर संविधानसभाको चुनावमार्फत समाज परिवर्तन गर्ने प्रयासमा लागेको हो?
यो मार्क्सवाद-लेनिनवाद-मावाद (मालेमा) का आधारभूत मान्यतासँग सम्बन्धित महत्वपूर्ण प्रश्न हो। हाम्रो पार्टीले मालेमाका आधारभूत सिद्धान्तलाई परित्याग गर्ने प्रश्नै हुँदैन। यही सिद्धान्तअनुरुप हामीले सन् १९९६ देखि २००६ सम्म जनयुद्ध गर्‍यौं। हो, २००६ पछि हामी रणनीतिक धारबाट केही अलग भयौं। यसको अर्थ हामीले सधैँका लागि जनयुद्ध छाडेर सामाजिक विकासको शान्तिपूर्ण बाटो अँगालेको भन्ने भ्रम केहीमा छ। यसबारे स्पष्ट हुनु आवश्यक छ। विस्तृत शान्ति सम्झ्ौता गर्ने क्रममा केही सम्झ्ौता गर्नुपर्‍यो, जुन राजतन्त्रको अन्त्य, संविधानसभाको निर्वाचन र देशमा बुर्जुवा लोकतान्त्रिक क्रान्ति पूरा गर्नेतर्फ अघि बढ्न गरिएको थियो। शान्ति सम्झ्ौतामा केही अस्पष्ट पक्षहरू छन्। हाम्रो दलको बुझ्ाइ थियो, राजतन्त्रको अन्त्य र बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि सर्वहारा वर्गको दलले नयाँ जनवादी क्रान्तिका लागि पहल गर्दै सङ्घर्षको सुरुआत गर्नेछ। हामीलाई थाहा थियो, राजतन्त्रको अन्त्यपछि बुर्जुवा शक्तिले प्रतिरोध गर्न खोज्ने छ र त्यतिबेला हाम्रो मुख्य अन्तरविरोध बुर्जुवा लोकतान्त्रिक दलहरूसँग हुने छ। त्यसैले हामीले राजतन्त्रको अन्त्यपछि त्यतिमै रोकिने छौँ भनेर कहिल्यै भनेनौं।
संविधानसभाको चुनावपछि जब हाम्रो दल सबैभन्दा ठूलो शक्तिको रूपमा उदायो र हामीले राजतन्त्र निर्मूल गर्‍यौं, हाम्रो दलको कार्यनीतिक लाइन सही रूपमा कार्यान्वयन भएको थियो। आम जनतामा यसले ठूलो बल प्रदान गर्‍यो र हाम्रो जनाधार निकै बढ्यो। तत्कालका लागि हामीले अन्तरिम सरकारलाई पनि सहयोग गर्‍यौं, किनभने गठबन्धन सरकारमा सहभागी भएर हामी कर्मचारीतन्त्र, सेना, प्रहरी, अदालत जस्ता राज्यका संरचनाभित्र आफ्नो आधार निर्माण गर्न तथा भावी क्रान्तिकारी गतिविधिमा सहयोग पुर्‍याउन सक्छौं भन्ने हामीले सोचेका थियौं।
अप्रिल २००९ पछि (जब प्रचण्डले सरकारबाट राजिनामा दिए), संविधानसभाको चरण र बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन धेरथोर पूरा भएको छ। हाम्रो बुझ्ाइ अब नयाँ जनवादी क्रान्ति गर्न सङ्घर्ष अघि बढाउने हो। त्यसैले हामीले फेरि आफ्नो कार्यनिति बदलेका छौं। अबको हाम्रो प्रमुख सङ्घर्ष साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूको सहयोग पाएका बुर्जुवा लोकतान्त्रिक दलहरूसँग हुनेछ। यही विचारका साथ हाम्रो दलले सरकार छोडेको हो र अहिले हामी आफूले वकालत गर्दै आएका कुरा साँच्चै अभ्यास गर्न जनआन्दोलनमा केन्द्रित हुँदै छौं। जनयुद्धको रणनीति र आम विद्रोहको कार्यनीतिको फ्युजन भनेको यही हो। सन् २००५ देखि हामीले सहरी क्षेत्रमा गरेको काम र गठबन्धन सरकारमा हाम्रो सहभागिता आम विद्रोहको तयारीकै बाटो हो।
तर बिर्सन नहुने कुरा के हो भने, हामीले १० वर्षको जनयुद्धका उपलब्धिहरू त्यागेका छैनौं। हामीले त्यस क्रममा बनाएको जनसेना, आधार इलाका र आम जनसमर्थनलाई अहिले पनि कायम राख्न सकेका छौं। तर हामीले देश बाहिरका कमरेडहरूलाई जनयुद्धको उपलब्धि परित्याग नगरेको बताउन सकेनौं। जनसेना र हामीले युद्धको दौरानमा जम्मा पारेका हातहतियारको अनुगमन संयुक्त राष्ट्रसंघको टोलीले गरिरहे पनि हतियारको साँचो र सेना हामीसँगै छन्, हामीले कहिल्यै समर्पण गरेका छैनौं। यसबाट देखिन्छ, हामीले जनयुद्धको बाटो छोडेका होइनौं, सङ्घर्षको सैन्य तथा राजनीतिक पक्षबीच सही सन्तुलन कायम गर्न सकियोस् भनेर केही समयका लागि स्थगित गरेर शहरी क्रियाकलापमा बढी ध्यान दिएका मात्र हौं। केही समयपछि हामी सत्ताकब्जाको लागि अन्तिम विद्रोह गर्न जनयुद्ध र आम विद्रोह दुवै पक्षलाई जोड्न सक्षम हुने छौं। हामी अझ्ै पनि क्रान्तिकै बाटोमा छौं भन्ने कुरामा जोड दिन चाहन्छौं, तर हामीले गर्न खोजेको मुख्य कुरा जनयुद्धको सिद्धान्त र आम विद्रोहको कार्यनीतिको फ्युजन हो। शान्तिपूर्ण चरणमा आएपछि मलाई लाग्छ जेजति अस्पष्टता थिए ती हटेका छन् र जनताले हामी अझ्ै क्रान्तिको बाटोमा छौं भन्ने बुझ्ेका छन्।
अहिले हामी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने अन्तिम तयारीमा छौं। केही महिनामा सर्वहारा र बुर्जुवा शक्तिबीचको अन्तरविरोध चर्किएपछि सम्भवतः साम्राज्यवादी र विस्तारवादी शक्तिहरूको केही हस्तक्षेप हुनेछ। त्यसबेला हामीलाई फेरि अर्को पटक सशस्त्र भिडन्तमा जान बाध्य पारिन सक्छ। हाम्रो दल यसमा सचेत छ र हामीले फेरि सहरी र ग्रामीण क्षेत्रका आम जनतामा केन्द्रित हुने निर्णय गरेका छौं। त्यो जनाधारलाई बलियो बनाउन हामीले संयुक्त राष्ट्रिय जनआन्दोलन बनाएका छौं, जसले सहरी क्षेत्र र ग्रामीण भेक दुवैमा हुने सङ्घर्षको तयारी गर्नेछ। प्रतिक्रियावादी शक्तिसँग भिडन्तको निर्णायक चरणमा हामी फेरि क्रान्तिलाई पूरा गर्न ग्रामीण र सहरी क्षेत्रका आधारहरूलाई शत्रु विरुद्धको अन्तिम आक्रमणमा प्रयोग गर्न सक्छौं।
हामीले जनयुद्धको रणनीति त्यागेका छैनौं, त्यसभित्र कार्यनीतिक परिवर्तन मात्र गरेका हौं। अर्को कुरा, मावादी भएको नाताले हामी निरन्तर क्रान्तिमा विश्वास गर्छाैं। क्रान्ति कहिल्यै रोकिँदैन, एउटा चरण पूरा भएपछि तुरुन्तै अर्को नयाँ चरणमा क्रान्तिलाई निरन्तरता दिनुपर्छ। त्यसरी मात्र हामी समाजवाद र साम्यवादमा पुग्न सक्छौं। मावादी भएर निरन्तर क्रान्तिको यो मान्यतालाई कहिल्यै त्याग्न मिल्दैन। हामी अझ्ै जनयुद्धको बाटोमा छौं, समय परिस्थितिले त्यसमा कार्यनीतिक बदलाव आएको मात्र हो। तर सर्वहाराको शक्तिका बारेमा अन्तर्राष्ट्रिय समुदायमा भएको भ्रमबारे हामी स्पष्ट पार्न चाहन्छौं। मलाई लाग्छ यो शब्दमा भन्दा व्यवहारमा गर्नु उचित हुन्छ। जे भए पनि हामी आफ्ना गतिविधिबारे शङ्का भएका कमरेडहरूलाई हामी अझ्ै क्रान्तिकै बाटो पछ्याइरहेका छौं भनेर विश्वस्त गराउन सक्छौं। हामी नयाँ तरिकाले क्रान्ति पूरा गर्नेछौं र हामीलाई देखाउनु छ, एक्काइसौं शताब्दीमा पनि क्रान्ति सम्भव छ र नेपाल त्यसको मोडल बन्नेछ।
एनेकपा मावादीले सङ्क्रमणकालीन राज्यको चरित्रलाई कसरी बुझेको छ? के चुनावद्वारा नयाँ जनवादी क्रान्ति पूरा गर्न सकिन्छ?
राज्य भनेको निश्चित वर्गको अधिनायकत्वको हतियार हो। नेपालमा हाल अस्तित्वमा रहेको राज्य सामन्त, दलाल तथा नोकरशाह पूँजीपति वर्गको अधिनायकत्व हो। त्यसैले क्रान्तिको मुख्य उद्देश्य योे राज्यलाई ध्वस्त पार्नु र नयाँ जनवादी राज्य स्थापना गर्नु हो। तर विदेशी साम्राज्यवादी र विस्तारवादी शक्तिहरूको सहयोगमा निरङ्कुश राजतन्त्रले अर्ध-सामन्त, अर्ध-औपनिवेशिक राज्यको नेतृत्व गरिरहेको नेपालको विशिष्ट परिस्थितिमा हाम्रो पार्टीले पहिले निरङ्कुश राजतन्त्रको अन्त्य अनि बुर्जुवा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुपर्छ र त्यसपछि तुरुन्तै नयाँ जनवादी क्रान्तितर्फ लाग्नु बुद्धिमानी हुनेछ भन्ने सोच बनायो। राजनीतिक रूपले यो सङ्क्रमणकालीन राज्य स्थापनाको पहल सर्वहाराको शक्तिले गरेकाले यसमा प्रतिक्रियावादी र प्रगतिशील वर्गबीच अन्तरविरोध छ। तर एकप्रकारको अन्योलले गर्दा यो राज्य स्थिर हुनसकेको छैन। क्रान्तिकारी शक्तिहरूलाई यस्तो अन्योलग्रस्त प्रकृतिको राज्यलाई हस्तक्षेप गर्न, अरू अस्थिर बनाउन र बाहिरबाट दबाब सिर्जना गरेर ध्वस्त पार्न तथा नयाँ जनवादी राज्य निर्माण गर्न सजिलो हुन्छ।
सङ्क्रमणकालीन राज्यको चरित्र मूलतः प्रतिक्रियावादी शक्तिको अधिनायकत्व हो। तर व्यवहारमा, निरङ्कुश राजतन्त्रलाई हटाउन र यो सङ्क्रमणकालीन राज्य बनाउन सर्वहारा शक्तिले नेतृत्वदायी र निर्णायक भूमिका निर्वाह गरेकाले यसमा प्रगतिशील, देशभक्त र सर्वहारा शक्तिको उच्च राजनीतिक प्राधिकार छ। त्यसैले यो अन्तरिम राज्य स्थिर हुँदैन र हामीले सही रूपमा आम जनतालाई परिचालन गर्‍यौं भनेे यसलाई सजिलै ढाल्न तथा नयाँ जनवादी राज्य स्थापना गर्न सकिन्छ। हामीलाई लाग्छ, नेपालमा भइरहेको यो नयाँ प्रयोग हो। यहाँ चीनमा जस्तो सीधै पार्टीका क्रान्तिकारी नीतिहरू लागू गरिएको र पुरानो राज्यलाई हटाएर नयाँ राज्य स्थापना गर्न लागिएको होइन। वास्तवमा हामी राज्यलाई कमजोर पार्दै लगेर अन्ततः ध्वस्त पारी नयाँ राज्य स्थापना गर्न सक्छौं। हामी पुरानो राज्यलाई समग्र सुधार गर्न होइन, नयाँ राज्यले पूरै विस्थापित गर्न खोजिरहेका छौं, यद्यपि राज्यलाई ध्वस्त पार्ने हाम्रो तरिका केही नयाँ छ। हाम्रो पार्टी राज्यलाई पूर्ण रूपले ध्वस्त गर्नुपर्छ र नयाँ राज्य स्थापना गर्नुपर्छ भन्नेमा स्पष्ट छ। हामी त्यसै धारमा काम गरिरहेका छौं र जनयुद्धको रणनीति र आमविद्रोहपछि अन्ततः हामी आमजनतालाई बृहत् रूपमा आन्दोलित गरेर विद्रोहमा परिचालन गरी यो राज्यलाई निर्मूल गरेर नयाँ जनवादी राज्य स्थापना गर्न सक्छौं भन्ने हाम्रो पार्टीलाई लाग्दछ।
सरकारबाट अध्यक्ष प्रचण्डको राजिनामा र जनरल कट्वाल प्रकरणमा राष्ट्रपति यादवको कु पछि प्रमुख संशोधनवादी पार्टी नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको छ र तपाईंहरू भर्खरै बनेको संयुक्त राष्ट्रिय जनआन्दोलनको नेतृत्व गरिरहनुभएको छ। यस्तो अवस्थामा जनआन्दोलन-३ र विद्रोह कार्यान्वयनको कस्तो योजना छ?
हाम्रो प्रमुख बाटो नेपालमा नयाँ ढङ्गले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने हो। यही लाइनलाई समातेर हामी भिन्न-भिन्न कार्यनीतिक अभ्यास गरिरहेका छौं। त्यसैअनुरुप, संविधानसभाको चुनाव र लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि हामी जनआन्दोलन शुरु गर्ने र यसलाई विद्रोहमा विकास गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने चरणमा प्रवेश गरेका छौं। यस चरणमा हामी आमजनतालाई सङ्गठित गरेर परिचालन गर्ने तथा क्रान्तिकारी आन्दोलनतर्फ अघि बढाउन नेतृत्व गर्ने काममा बढी केन्द्रित हुनेछौं। यस क्रममा जनयुद्धमा अभ्यास गरिएका नीतिमा केही परिवर्तन हुनेछ। त्यसबेला हाम्रो ध्यान आम किसानहरूमा थियो, जुन मजदुर वर्गको बाहुल्य हुने सहरी क्षेत्रमा गरिने सङ्घर्षभन्दा केही फरक थियो।
अबको निर्णायक सङ्घर्षको तयारीका लागि हामीले फरक-फरक चरणबाट गुजि्रनुपर्छ, त्यसैले सरकार छाडेपछि हामी प्रतिक्रियावादीहरूबाट सैन्य शक्तिलाई अलग्याउन सकियोस् भनेर नागरिक सर्वोच्चतामा ध्यान दिइरहेका छौं। दोस्रो, साम्राज्यवादी र विस्तारवादी हस्तक्षेपविरुद्ध आम देशभक्त शक्तिहरूलाई सङ्गठित गर्न हामी राष्ट्रवादको प्रश्नमा केन्द्रित भएका छौं। तेस्रो, गरिब जनता र निम्न-पूँजीपति वर्गलाई सङ्गठित गर्न हामीले भूमिसुधारको विषय र आमजनताको जीविकोपार्जनका आधारभूत प्रश्न उठाइरहेका छौं। हामीले देशभित्रका प्रतिक्रियावादी शक्ति तथा बाहिरका साम्राज्यवादी र विस्तारवादी शक्तिको अन्तरविरोधमा राम्ररी खेल्न सक्यौं भने उपयुक्त अवसरमा विद्रोहलाई उठाउन र विजय हासिल गर्न सक्छौं।


विगतमा तपाईले सामन्तहरूको जमिन, दलाल र नोकरशाह पूँजीपतिहरूको पूँजी जफत गर्नुपर्ने आवश्यकताका बारेमा लेख्नुभएको छ र पार्टीले यस दिशामा केही हदसम्म काम गरेको पनि थियो। अहिले पनि पार्टीको योजना यस्तै छ?
जनयुद्धमा जसको जोत उसको पोत भन्ने सिद्धान्त हाम्रो नीति थियो र यसलाई हामीले ग्रामीण क्षेत्रमा अभ्यास पनि गर्‍यौं। नेपाल भौगोलिक रूपमा पहाडी र समतल भूभाग भएको तराईमा बाँडिएको छ र धेरैजसो जमिन तराईमा छ। जनयुद्धका बेला तराईमा छापामार युद्ध गर्न कठिन थियो, त्यसैले हामीले त्यहाँ प्रवेश मात्र गरेर भूमिसुधारका केही नीति कार्यान्वयन गर्‍यौं। तर तराई भारतको सिमानासँग जोडिएकाले विदेशी हस्तक्षेपको खतराले त्यस क्षेत्रमा हामीले भूमिसुधारको नीति पनि पूर्ण रूपमा कार्यान्वयन गर्न सकेनौं। यो क्रान्तिको अन्तिम विजयपछि मात्र कार्यान्वयन हुनेछ। हामी सामन्ती जमिन्दारलाई निर्मूल पार्ने नीति मान्दछौं, किनभने वास्तविक जोताहा अर्थात् किसानलाई जमिनको मालिक नबनाएसम्म साँचो अर्थमा भूमि क्रान्ति गर्न र नयाँ जनवादी क्रान्तिलाई पूर्णता दिन सक्दैनौं। त्यसैले हाम्रो मूल नीति सम्पत्तिमाथिको सामन्तवादी सम्बन्धलाई उन्मूलन गरेर समाजवादोन्मुख राष्ट्रिय बुर्जुवा लोकतान्त्रिक क्रान्ति ल्याउनु हो। हाम्रो जस्तो अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक देशमा साम्राज्यवादी पूँजी हाबी भएको हुन्छ। हाम्रो देशमा विशेषगरी भारतीय विस्तारवादी पूँजी हाबी भएको छ। नेपालमा हाल पूँजीको चरित्र दलाल र नोकरशाही छ। यसको अर्थ यो परनिर्भर छ, यसबाट मुलुकमा राष्ट्रिय आत्मनिर्भरता हासिल हुनसक्दैन। यसैकारण हामी नोकरशाही र दलाल पूँजीलाई निर्मूल पारेर समाजवादी ढङ्गमा सङ्गठित गर्न सकिने राष्ट्रिय औद्योगिक पूँजीमा बदल्न चाहन्छौं। क्रान्ति सम्पन्न भएपछि यही नीतिका आधारमा सबै नोकरशाही र दलालको पूँजी जफत गरेर त्यसलाई समाजवादी उत्पादन प्रणालीमा पुनःसङ्गठित गर्न सकिने राष्ट्रिय पूँजीमा परिणत गर्ने हाम्रो मनसाय छ। सम्पूर्ण सामन्तवादी जमिन्दारीका अवशेषलाई अन्त्य गर्ने, नोकरशाही र दलाल पूँजी निर्मूल पार्ने अनि शुरुमा नयाँ जनवादी लाइनमा र त्यसपछि समाजवादतिरको सङ्क्रमणमा अर्थतन्त्रलाई पुनर्संरचना गर्ने नै हाम्रो नीति हो।

एनेकपा मावादीले नयाँ जनवादी र समाजवादी राज्यमा चुनावका कुरा गरेको छ। बीसौं शताब्दीको समाजवादको अनुभवबाट देखिएका कमजोरीहरूबाट उत्पन्न समस्यालाई चुनावले कसरी हल गर्न सक्छ?
हामीले सर्वहारा वर्गको अधिनायकत्व भएको समाजवादको संरचनाभित्र प्रतिस्पर्धाको आधारभूत अवधारणा विकास गरेका छौं। हामीले समाजवादी ढाँचाभित्रै बहुदलीय प्रतिस्पर्धाको प्रस्ताव गरेका हौं। सर्वहारा वर्ग एउटै वर्ग भए पनि सर्वहारा चेतना फरक र असमान छ। यिनका बीचमा प्रतिस्पर्धा भएमा लोकतान्त्रिक माध्यमबाट सबैभन्दा क्रान्तिकारी शक्ति यस प्रक्रियालाई नेतृत्व गर्ने स्थानमा पुग्नेछ। यसरी मजदुर वर्गका सम्पूर्ण जनतालाई परिचालन गर्न सकिन्छ र निरन्तर रूपमा आमजनतालाई परिचालन गरिरहँदा लोकतन्त्र नोकरशाही संरचनामा फर्कने सम्भावना सीमित हुनेछ। त्यसैले हामीले सोचेको एउटा विकल्प सर्वहाराको नेतृत्व र समाजवादी संवैधानिक संरचनाको ढाँचाभित्र सर्वहारा र प्रगतिशील वर्गबीच बहुदलीय प्रतिस्पर्धालाई ठाउँ दिनु हो। यो हामीले प्रस्तुत गरेको एउटा विकल्प वा प्रस्तावित ढाँचा मात्र हो, यसमा हामी निष्कर्षमा पुगिसकेका छैनौं। यसलाई अन्तर्राष्ट्रिय सर्वहारा आन्दोलनमा छलफल गरेर अगाडि बढाउनु आवश्यक छ। अन्यथा हामी बीसौं शताब्दीको समाजवादी र सर्वहारा क्रान्तिको असफलताबाट शिक्षा लिन र एक्काइसौं शताब्दीमा क्रान्तिको नेतृत्व गर्न असमर्थ हुनेछौं।
तपार्इं चुनावलाई कसरी जनपरिचालन गर्ने र जनतालाई समाजको वर्गीय चरित्रबारे समझदारी विकास गर्ने तथा समाजवादतिर उन्मुख गराउने माध्यम बनाउन सक्नुहुन्छ? साम्राज्यवादी र उत्पीडित मुलुकहरूमा त चुनावलाई आमजनतालाई झुक्याउने हतियारको रुपमा प्रयोग गरिन्छ।
हामीले बुर्जुवा राज्यको चुनावको कुरा गरेका होइनौं, हामी क्रान्तिपछि नयाँ जनवादी अथवा समाजवादी संरचनामा हुने चुनावको कुरा गर्दै छौं, जसमा प्रतिक्रियावादी, साम्राज्यवादी र आपराधिक शक्तिहरू सहभागी हुन नपाउने निश्चित संवैधानिक प्रावधानहरू हुनेछन्। त्यहाँ प्रगतिशील शक्ति, जनवादी शक्ति र जनताले मात्र प्रतिस्पर्धा गर्न पाउने छन्।

निरन्तरको दबाब तथा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादबाट हस्तक्षेपको सम्भावना भएको अवस्थामा एक्लो नेपालमा समाजवाद सम्भव छ?
एउटा देशमा समाजवादको स्थापना सैद्धान्तिक बहसको प्रश्न हो। तर साम्राज्यवादको हस्तक्षेप र दमन विरुद्ध लड्ने बलियो अन्तर्राष्ट्रिय सर्वहारा सङ्गठन भएन भने एउटा सानो मुलुकमा क्रान्तिलाई दिगो राख्न कठिन हुनेछ। नेपालमा क्रान्तिलाई पूर्णता दिन, दिगो बनाउन र अझ् विकास गर्न कम्तीमा पनि दक्षिणएसियाली सन्दर्भमा, बलियो क्रान्तिकारी ऐक्यबद्धता आवश्यक छ र हामीलाई अन्तर्राष्ट्रिय सर्वहारा आन्दोलनको समर्थन चाहिन्छ। हामीलाई लाग्छ अन्तर्राष्ट्रिय सर्वहारा आन्दोलनका विश्वव्यापी कार्यक्रमहरू र विकास भइरहेका केही सङ्गठनहरू सबै महत्वपूर्ण छन्; जस्तो रिम, कम्पोसा र वर्ल्ड पिपल्स रेजिस्टेन्स् मुभमेन्ट। यस प्रकारका सङ्गठनहरू क्रान्तिको सफलताका लागि र हाम्रो क्रान्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा सहयोग जुटाउन ज्यादै महत्वपूर्ण छन्।

Sunday, November 29, 2009

राष्ट्रपती डा . राम वरण यादवको राजिनामा .........


सिंगापुर वार्ताबारे ब्यापक चर्चा, परिचर्चा अनि सत्ता परिवर्तनबारे ब्यापक अड्कलवाजी र बहस चलिरहेका बेला फेरि अर्को चर्चा चलेको छ- राष्ट्रपती डा . राम वरण यादवको राजिनामा ।  सिंगापुरमा सत्ता परिवर्तन गर्नेबारे कांग्रेस सभापती गिरिजाप्रसाद कोइराला र एकिक्रित नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डबिच भएको वार्ता भन्दै राजधानी दैनिकले सार्वजनिक गरिदिएपछि निक्कै हल्लीखली मच्चिएको थियो नेपाली राजनितिमा । आज फेरि राष्टपती डा. रामबरण यादवलाई राजिनामा गर्न दबाब दिएको खबरले अर्को हल्लीखल्ली मच्चिँदै छ ।
सेनापती रुक्मांगत कटुवाललाई बर्खास्त गरेपछि पून बहाली गर्ने राष्ट्रपतीको कदमनै अहिले देशको दुराशयको प्रमुख कारण मान्दै आएका माओवादीले अहिले राष्ट्रपती यादवलाई राजिनामा दिन दबाब दिएका रहेछन् । त्यो दबाब कांग्रेस सभापती गिरिजाकै सल्लाहमा रहेछ ।
 प्रचण्ड बिहिबार बेलुका राष्ट्रपती यादवलाई भेट्न गएको खबर त आएको हो । तर देशको समसामयिक विषयमा छलफल भएको भनिएको थियो । भन्नलाई त्यसो भनिएपनि प्रचण्डले राष्ट्रपती रामवरण यादवलाई राष्ट्रपती पदबाट राजिनामा दिन दबाब दिएका रहेछन् । “तपाईको कारणले गर्दा मूलुकले यत्रो राजनितिक संकट बेहोर्नुपर्‍यो। यो संकट पार गर्नकालागि पनि तपाईको राजिनामा आवश्यक छ। गिरिजाबाबुसित यस विषयमा सहमती भएको छ” भन्दै ।
तर यादवले किन मान्थे ? उनले प्रचण्डको आग्रह र दबाबलाई अस्विकार गर्दै आफु ‘कसैको दबाब र आग्रहले राजिनामा नदिने बरु संबिधान र संसदमा भएका दलहरुको सहमती अनुरुप मात्रै अगाडि बढ्ने’ जवाफ दिएर प्रचण्डलाई फर्काएका रहेछन् । प्रचण्डसँग राष्ट्रपतीको वार्ता भएकैले पो रहेछ त माओवादी नेता डा. बाबुराम भट्टराईले कोरिया उड्ने बेला विमानस्थलमा फुरुंग पर्दै ‘राजनितिक निकासकालागि राष्ट्रपती लचिलो भएको’ भनेको ।
 सिंगापुर वार्ताबारे बिहिबार सार्वजनिक भएपछि भारतीय राजदूतकोपनि मन पोलेछ क्यारे । उनले शुक्रबार नै कोइरालालाई भेटे । तर नेपाली नेता न हुन् बिदेशी सित के के कान फुकाफुक गर्छन् कहिले पो सार्वजनिक गर्थे र ? कोइराला र भारतीय राजदूत राकेश सुदबिचपनि के कुराकानी भयो बाहिर आएको छैन । तर सुद र कोइरालबिचको वार्ता पक्कैपनि सत्ता परिवर्तनबारेनै हो भनेर अड्कल काट्न लाटालाईपनि मुस्किल छैन ।
 सिंगापुरमा प्रचण्ड र कोइरालाबिच के सहमती भएको रहेछ भने राष्ट्रपती यदवलाई हटाएर कोइराला राष्ट्रपती बन्ने । त्यसमा माओवादीले सहयोग गर्ने । अनि प्रधानमन्त्री माधवकुमार नेपाललाई हटाएर माओवादीले सरकारको नेत्रित्व गर्ने । त्यसको लागि कोइरालाले भूमिका खेल्ने ।

Thursday, November 26, 2009

विजय त गच्छदार होइन गद्दार हो


तपाईं यो सरकारमा उपप्रधानमन्त्री बन्ने चर्चा आएको थियो, फेरि किन सेलायो ?
त्यस्तो अफरका कुरा हावामा उडिरहन्छन् ।
के कुरा भएपछि सरकारमा सहभागी हुन्छ फोरम ?
मधेसी जनताको सपना साकार हुने भयो भने फोरम सरकारमा जान्छ ।
कसरी हुन्छ त त्यो सपना साकार ?
मधेसलाई प्रादेशिक, क्षेत्रीय स्वायत्तता दिएर ।
फोरमभित्र कसको नेतृत्वमा सरकारमा जाने कुरामा विवाद छ भनिन्छ नि ?
कुनै विवाद छैन । यथास्थितिमा फोरम कुनै पनि हालतमा सरकारमा जाँदैन । गएर पनि कुनै औचित्य छैन, कुनै तात्त्विक अन्तर हुनेवाला छैन । अहिले फोरम सरकारमा गएर पनि मुलुकको कुनै पनि समस्या समाधान हुँदैन । हामी समष्टिगत रूपमा सबै समस्याको समाधान गर्ने उपायको खोजीमा छौँ, ताकि त्यसले मुलुकको समस्या समाधान होस् ।
दुई फोरम एक हुने सम्भावना कत्तिको छ ?
फोरम दुईवटा छँदै छैन । फोरम एउटै थियो, एउटै छ, एउटै रहन्छ । जो आगन्तुक थिए, जो अवसरका खोजीमा थिए, उनीहरू यहाँ अवसर नपाउँदा अर्को ठाउँ गए । फोरमको भावनासँग मेल नखानेहरू गए, तिनीहरूसँग फेरि एकता गरेर के गर्नु ? विजय त गच्छदार होइन गद्दार हो । पैसा र सत्ताका लागि उनीहरूले मधेसी जनतालाई धोका दिएको जगजाहेर छ । त्यसैले उनीहरूसँग एकीकरण हुँदैन ।
सरकारमा सहभागी नभए फेरि फोरम फुटाइदिने धम्की आइरहेको तपाईंकै सभासद्ले बोलिरहनुभएको छ, के यो सत्य हो ?
फोरम गठन भएदेखि नै फुटाइदिने मात्रै होइन, समाप्त नै गरिदिने धेरै धम्की आए, आउँदै गर्छन् । त्यसले फोरमलाई केही फरक पर्दैन । जतिपल्ट फोरमलाई फुटाइन्छ, यो त्यति नै शक्तिशाली भएर मधेसी जनताबीचमा रहिरहन्छ ।
सरकारमा जान तपाईंको सर्त के हो ?
हाम्रो माग मात्रै होइन, मुलुकको समस्या हल भइहाल्यो भने हामी सहभागी नभए पनि सन्तोष नै लाग्छ । त्यसकारण हामी सहभागी हुने/नहुने भन्दा पनि राष्ट्रसामु देखापरेका समस्या कसरी हल गर्ने भन्ने महत्त्वपूर्ण कुरा हो । अहिले ४६ जना मन्त्री छन्, अझै थपेर ५०/६० जना मन्त्री बनाउन सकिएला, तर त्यसले समस्या हल हुनुको सट्टा मुलुक झन् उल्झनमा पर्छ । अहिले मन्त्री थप्न मान्छेहरू किन उद्यत भइरहेका छन्, त्यो मैले बुझ्न सकिरहेको छैन । 'मान नमान मैं तेरा मेहमान' भनेझैँ हामीलाई किन सरकारमा लग्न खोजिरहेका छन् सत्तारूढ दलहरू, मैले बुझ्न सकिनँ । अब ४६ जना मन्त्री भएर पनि के नपुग्या हो ? सरकार त चलेकै छ, लुटेर खाएकै छन्, त्यसमा हामी किन चाहिएको हो ? अनि, त्यहाँ किन चाहियो हाम्रो सहभागिता, मैले बुझ्न सकिनँ । हाम्रो सहभागिताबिना माधव नेपाल बैतर्नी पार हुन सक्दैनन् र ?
भारत त अहिलेकै सरकारको निरन्तरताका पक्षमा देखियो भनिन्छ, कुरा के हो ?
भारतका केही ब्युरोक्रेटका लागि माधव नेपाल ज्यादै पि्रय रहेछन् । त्यसैले उनीहरूले माधव नेपाल नेतृत्वकै सरकारलाई निरन्तरता दिन चाहेका छन् । ब्युरोक्रेसीको भनाइ मानेर केही भारतीय नेताले पनि माधव सरकार नढालिदिनुहोला भने । तर, आमभारतीय नेताले माधव नेपाल सरकार असफल भइसकेको बुझेको मैले पाएँ ।
सरकार ढाल्ने, बनाउने कुरामा भारतको भूमिका ठूलो हुन्छ नेपालमा, आखिर किन यस्तो भइरहेको छ ?
राजनीतिक दलभित्र असमझदारी रहेसम्म यो भइरहन्छ । हामी आफैँ समझदारी नगर्ने र अरूले सरकार ढाल्यो भन्नु गलत हो । आफैँ समझदारी गरेर अघि बढियो भने त्यसमा कसैले केही गर्न सक्दैन । आफ्नो कमी-कमजोरी नदेख्ने तर भारतले सरकार ढाल्यो वा हस्तक्षेप गर्‍यो भन्नु गलत हो ।
उपराष्ट्रपति प्रकरणमा फोरम के गर्दै छ ?
फोरमले स्पष्ट रूपमा प्रधानमन्त्रीलाई के भनेको छ भने हिन्दी भाषालाई सरकारी कामकाजको मान्यता देऊ । हिन्दीका साथै अरू मैथिली अबधी, नेवारी, तामाङ, मगरलगायतका सबै मातृभाषालाई राजकीय भाषा अथवा सरकारी कामकाजका भाषाका रूपमा मान्यता दिएर भाषिक समानताको मुद्दालाई सम्बोधन गर । अधिकार पाए यस्ता समस्या समाधान हुन्छन् ।
भाषासम्बन्धी विधयेक पनि संसद्मा पुगेको छ, त्यसले समस्या समाधान गर्दैन र ?
कानुनी रूपमा त्यसले समस्या समाधान गर्दैन, त्यस्ता 'ठगीधन्दा'ले उपराष्ट्रपतिको मुद्दा समाधान गर्दैन । यो सरासर ठगी हो ।
के गरे समस्या समाधान हुन्छ त ?
भाषाका सूचीहरू बनाएर भाषा कुन हो, बोली कुन हो छुट्टयाउनुपर्‍यो । जुन भाषामा पर्छ त्यसलाई 'रिकोग्नाइज' गर्नुपर्छ र त्यसलाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिनुपर्छ । स्वतः यो समस्या समाधान हुन्छ । उपराष्ट्रपतिलाई जुन अपमान गरिएको छ, त्यसप्रति क्षमा माग्दै उनको निवासबाट झिकिएको झन्डा फेरि गाडेर उनलाई ब्यान्डबाजासहित स्वागत, सम्मान गरेर, सबै सुविधा उपलब्ध गराएर मधेससामु माफी मागे यो समस्या हल हुन्छ ।
भारतीय नेतासमक्ष नेपालका केही नेताले संविधानसभा भंग गर्ने कुरा गरेका छन् भन्ने चर्चा छ, तपाईंले भर्खरै भारत-भ्रमण गर्नुभएको छ, कुरा के भयो ?
यथार्थ के हो भने लोकतन्त्र, संघीयता र गणतन्त्रका विरोधीले आफ्नो स्वार्थरक्षाका लागि भारतसँग गुहार माग्न जाने गरेका छन् । यसको जवाफ गुहार माग्न जानेहरूले दिऊन्, मलाई केही भन्नु छैन ।
समग्र मधेस एक प्रदेश र स्वायत्त मधेस एक प्रदेशमा के भिन्नता छ ?
समग्र मधेस एक प्रदेश र स्वायत्त मधेस एक प्रदेश एउटै हो । मधेसलाई स्वायत्तता दिने भनेको टुक्रा मधेस, आंशिक मधेस भन्या होइन । स्वायत्तता भन्ने कुरा मधेसी जनताको अधिकार हो । मधेसी जनताले आफ्नो भाग्यको फैसला आफैँ गर्ने अधिकार पाउनुपर्छ । र उसको आफ्नो भूमिमा आफ्नो स्वशासन हुनुपर्छ । केन्द्रमा उसको साझेदारी हुनुपर्छ । अनि मात्रै मधेस आन्तरिक उपनिवेशबाट मुक्त भएको मानिनेछ ।
स्वायत्त मधेस प्रदेशका विरोधमा त्यहीँका दलित, मुस्लिम, थारूहरू छन् नि ?
स्वायत्त मधेस प्रदेशविरोधी कोही छैनन् मधेसमा । ती मधेसविरोधी खस शासकवर्गका भरौटे हुन्, जसले विरोध गरेका छन् । केहीले चाहिँ नबुझेर, भ्रमित भएर विरोध गरेका हुन् । तर, मुक्ति उनीहरूलाई पनि चाहिएको छ । स्वायत्त मधेस प्रदेशको जसले विरोध गरेको छ त्यसको हितमा पनि त्यही छ ।
मधेसभित्र रहेका मधेसी दलित, मुस्लिमलाई कसरी स्वायत्त मधेसले सम्बोधन गर्छ त ?
होइन, स्वायत्त मधेसले त्यहाँका मधेसी दलित, मुस्लिम आदिलाई स्वायत्तता दिने होइन । त्यहाँ कुनै जाति, वर्गले स्वायत्तता पाउने होइन, सबैले पाउने हो । त्यसैले, उनीहरूको मुक्ति पनि स्वायत्त मधेस प्रदेशभित्रै हुन्छ ।
मधेस आन्दोलनका घाइते तथा सहिद परिवारले अहिलेसम्म पनि क्षतिपूर्ति पाएका छैनन् नि ?
यो सत्य हो । अहिलेसम्म पनि घाइते तथा सहिद परिवारले राहत पाएका छैनन् । हाम्रो ज्ञापनपत्रमा त्यो कुरा पनि उल्लेख छ । त्यो पूरा भएन भने फेरि हामी आन्दोलनमा जानेछौँ ।
समग्र मधेस एक प्रदेशको माग गर्ने फोरमले पहाडमा पनि संगठन विस्तार गर्ने कुरा गरेको छ, पहाडका जनताका लागि कस्तो ऐजन्डा छ फोरमसँग ?
पहाडी जनताले पनि समान अधिकार पाउनुपर्छ । त्यहाँ पनि राज्यले गरेको भेदभाव र अन्यायलाई हटाउनुपर्छ । कर्णाली क्षेत्रका जनता भए, हिमाली क्षेत्रका जनता भए, त्यहाँका जनजातिहरू भए, दलितहरू भए जसमाथि दुई सय ४० वर्षदेखि राज्यले भेदभाव र असमानता गरेको छ । त्यसको समाप्ति हुनुपर्छ । आर्थिक उन्नति र त्यहाँका जनताले पनि स्वायत्तता पाउनुपर्छ ।
तर, नामै मधेसी फोरम भएपछि पहाडमा संगठन कसरी गर्नुहुन्छ ?
नाममा के छ र ? यसले कुनै फरक पार्दैन । मुख्य कुरो सिद्धान्त हो, नाम होइन । कसैको नाम वीरबहादुर राखिदियो भने त्यो ठूलै बलवान् भइहाल्छ भन्ने छैन ।
तोकिएकै समयमा संविधान निर्माण हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
अहिलेका सत्तासीन दलहरूको सुबुद्धि आएन र उनीहरूले आफ्नो चरित्रलाई फेरेनन् भने तोकिएको समयको त कुरै छोडिदिऊँ, उनीहरूले संविधान बन्नै दिँदैनन् । सत्तामा बसेका दलहरूले संविधान निर्माणतर्फ इमानदारीसाथ अघि बढ्नुपर्छ । संविधान बनाउन सत्तासीन दलहरू गम्भीर भएको जनताले महसुस गर्न पाएका छैनन् ।
प्रसंग बदलौँ, राष्ट्रियताका सवालमा मधेसीलाई शंकाको दृष्टिले हेरिन्छ, तपाईंलाई त्यस्तो लाग्दैन ?
मधेसी अनुहार, उनीहरूको भेषभूषा, बोली, भाषा, रहनसहन मन नपरेर नै यस्तो चिन्तन बढेको होला । यो 'संकीर्ण अन्धमण्डले चिन्तनवाद' हो । यो अन्धराष्ट्रवादी चिन्तन हो, यो घोर साम्प्रदायिक चिन्तन हो । त्यही चिन्तन भएकाले मधेसीको अनुहार, भेषभूषा, रहनसहन मन पराउँदैनन् ।
सीमा विवाद हुँदा मधेसवादी दल किन मौन बस्छन् ?
सीमा विवाद सुल्झाउन राज्यले निर्णय गरेर मधेसवादी दलहरूलाई जिम्मा लगाओस्, अनि त्यसपछि हामीले के गर्नुपर्छ गरौँला । तर, कुरा के हो भन्दाखेरि राज्यले नै आफ्नो दायित्व पूरा गरेन । विवाद छ भने त्यो सुल्झाउने काम सरकारको हुन्छ र सरकारले पनि कूटनीतिक माध्यमबाट त्यो विवाद सुल्झाउनुपर्छ ।
तपाईंले भारतबाट फर्कँदा विमानस्थलमै भन्नुभयोभारत माओवादीदेखि सशंकित रहेछ । तपाईंलाई किन त्यस्तो लाग्यो ? भारतीय नेताहरूले त्यस्तो के भने ?

खासमा नेपालका माओवादी र भारतीय माओवादीबीचको सम्बन्ध र माओवादी नेतृत्वबाट आइरहेको अभिव्यक्तिबाट भारत सशंकित छ ।
चीनसँगको निकटताले भारत तपाईंसँग पनि सशंकित छ भनिन्छ नि ?
म चीनसँग नजिक कहाँ कसरी देखिएँ ? मलाई थाहा छैन । मधेसीको भारतीयसँग सांस्कृतिक सम्बन्ध छ, ब्लडको सम्बन्ध छ, प्रत्येक घरको सम्बन्ध छ । त्यसैले भारतसँगको सम्बन्ध स्वाभाविक रूपमा नजिक छ ।
तपाईंहरूको महाधिवेशनमा चिनियाँ उच्च अधिकारीहरूको उपस्थितिले चीनप्रति तपाईंको झुकाब बढी देखिएको छ भनिन्छ नि ?
चीन र भारत हाम्रा दुई असल सहयोगी छिमेकी हुन् । यसमा कसैप्रति बढी र कसैप्रति कम झुकाब राख्ने कुरै आउँदैन । जहाँसम्म महाधिवेशनको कुरा छ, त्यसमा चीनका मात्रै होइन, अरू देशका पनि पर्यवेक्षक आएका थिए । त्यसलाई निकटताका रूपमा व्याख्या गर्नु गलत हो ।
तराईका सशस्त्र समूहलाई भारतले सहयोग गरिरहेको छ भनिन्छ, तपाईंलाई के लाग्छ ?
भारत आफैँमा विशाल देश हो, त्यहाँ धेरैथोक पाइन्छन् । त्यहाँबाट हतियार पनि पाइन्छ । ल्याए होलान् । यसमा भारतले सहयोग गरेको भन्ने मलाई लाग्दैन ।
भारत विशाल देश भएकै कारण नेपालका लागि हेडमास्टरको व्यवहार गरेको हो त ?
अब चपरासीको जागिर खान भनेर हात पसारेपछि हेडमास्टरको व्यवहार गरिहाल्छ नि, होइन र ?
मधेसी दल जहिले पनि सत्तामा जानका लागि मात्र किन फुट्छन् ?
मधेसीहरू सत्तामा अहिलेसम्म गएकै छैनन्, सरकारमा मात्र गएका छन् । जहाँसम्म पार्टी फुट्ने कुरा छ, के मधेसी पार्टी मात्रै फुटेका छन् र ? कम्युनिस्ट ६० पटक, कांग्रेस २७ पटक फुटिसकेका छन् । त्यस्तै, राप्रपालगायत अन्य पार्टी पनि फुटेका छन् । कुन यस्तो पार्टी छ, जहाँ गुट-उपगुट छैनन् । मलाई एउटा त्यस्तो पार्टी देखाइदिनुस् त । त्यसैले मधेसवादी दल जुन दिन सत्तामा जान्छन्, यो गुट/पार्टी फुट स्वतः बन्द हुन्छ । मधेसी जनताले पनि सत्ता सञ्चालन गर्ने दिन आउँदै छ । फेरि मधेसी दल फुटेनन् भने खसहरूका पार्टी कसरी चल्छन् ?
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति नै विवादमा आए, तपाईंले कस्तो मूल्यांकन गर्नुभएको छ ?
१८ दलले त राष्ट्रपतिजीलाई झन्डै खाल्डामा हालेका थिए । राष्ट्रपतिलाई गलत काम गर्न सल्लाह दिने १८ दल मुख्य दोषी हुन् ।
अब कसको नेतृत्वमा कस्तो सरकार बन्नुपर्छ ?
त्यो राजनीतिक दलहरूको उच्चस्तरीय संयन्त्रले निर्धारण गर्ने हो । अबको सरकारमा राजनीतिक सुझबुझ भएका र जनताद्वारा विजय गराइएका व्यक्तिहरू सहभागी हुनुपर्छ । भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएका र हरुवाहरूविहीन सरकार बन्नुपर्छ । नेतृत्वका सवालमा उच्चस्तरीय संयन्त्रले निर्धारण गर्छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रमा मधेसवादी दलहरूको स्थान के रहला ?
स्थानभन्दा पनि राष्ट्रिय सहमति कायम गर्न प्रमुख राजनीतिक दलबीच समझदारी गरेर उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने र त्यस संयन्त्रले मुलुकसामु देखापरेका जटिल समस्या समाधान गर्ने प्रक्रिया अघि बढाउनुपर्छ । त्यस संयन्त्रले सरकारको स्वरूपलाई समावेशी बनाउने र राष्ट्रिय सहमतिमा आधारित एकताको सरकार बनाउने हो भने महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । होइन, यदि सत्ता साझेदार दुई/तीन दलभित्र मात्र सहमति बनाइने हो भने त्यसको दायरा सीमित र संकुचित हुन्छ, त्यस्तो संयन्त्र अर्थहीन हुन्छ । त्यसैले, संयन्त्र बनाउँदा त्यसको दायरा, क्षेत्राधिकार के-के हुने र त्यसलाई राज्यले कसरी मान्ने भन्ने पक्ष महत्त्वपूर्ण हुन्छन् । राजनीतिक नाराका लागि अलमल्याउन मात्रै संयन्त्र बनाउने हो भने त्यसले समस्या सुल्झाउनुको सट्टा बल्झाएर जान्छ ।
तपाईंहरूसँग यस विषयमा छलफल भएको छ कि छैन ?
केही कुरा भएको छ, तर गहिरो छलफल भएको छैन ।
सबै दलबीच सहमति गराउन राष्ट्रिय सहमति गर्न तपाईंहरू सकारात्मक हुनुहुन्छ । तर, मधेसवादी दलहरूबीचमै एकता होइन, फुट भइरहेको छ नि ?
मधेसवादी दल, पहाडवादी दल र हिमालवादी दल भनेको आधारमा एकता हुदैन । एकता नीतिगत आधारमा हुन्छ, साझा लक्ष्यका आधारमा हुन्छ । सबै मधेसवादी दलका लक्ष्य मधेसी जनतालाई मुक्ति र अधिकार दिलाउने होइन, त्यस कारणले पनि एकता नभएको हो ।

Wednesday, November 25, 2009

नागरिक सर्वोच्चता र बौद्धिक समुदाय



 भूमिका 
नागरिक सर्वोच्चताका वारेमा चर्चा चल्दा यो नितान्त काल्पनिक सैद्धान्तिक र राजनैतिक विषय देखिने यसवाट अप्रत्यक्ष वाहेक प्रत्यक्ष जनतामा पर्ने असरका वारेमा चर्चा गर्न अलि कठिन हुने र जनताको तहवाट नागरिक सर्वोच्चताले मलाई अहिले र नै आजै के दिन्छ भनेर माग्यो भने जवाफ केही पनि नहुने त्यसो त वहुदलले मलाई के दियो गणतन्त्रले मलाई के दियो वा माओवादी नेतृत्वको सरकारले मलाई के दियो भनेर हरेक नेपाली ले प्रश्न गरयो भने यो दियो भनेर मुखभरीको वा हातभरीको जवाफ दिन सकिने अवस्था छैन तर वृहत अर्थमा राजनैतिक अर्थमा यसको महत्वलाई आत्मसात गर्ने कुरा यसको परिणामहरुलाई जनतामा पर्ने असरका वारेमा सोच्ने कुरा निकै महत्वका हुने गर्दछन् । तिनै महत्वका विषयका वारेमा बौद्धिक समुदायले चर्चा गर्ने र तिनका विभिन्न पाट पक्षका वारेमा ख्याल पुरयाउन जरुरी छ । विषय प्रवेश नागरिक सर्वोच्चताको शास्त्रिय व्याख्या भनेको नागरिक सरकार अधिनको सेना हो । त्यस्तो सेना जसले राष्ट्रिय अवश्यकता वुझेको होस जनताको जनादेशलाई कदर गर्न सकोस र जनताको जनादेशवाट वनेको सरकारको नीति कार्यान्वयन गर्ने सवालमा कुनै कसर वाकी नराखोस यस्तो सेना सरकारको आदेश पालना गर्न तत्पर रहोस अर्थात जनताको आदेशको खिलाफमा उ कहिल्यै नजाओस यस खालको संवैधानिक कानूनी र व्यवहारिक वन्दोवस्त भएको प्रणाली नागरिक सर्वोच्चताको प्रणाली हो । लोकतन्त्रका आधारहरु लोकतन्त्र होस वा कुनै पनि प्रणाली मुलतः सेना र कर्मचारीतन्त्रका वलमा टिकेको हुन्छ ।
सेना र कर्मचारी तन्त्र जसले विद्यामान राजनीतिक प्रणालीलाई सेवा गर्छ तव त्यो राजनैतिक प्रणाली सही अर्थमा जनताको नजरमा जनपक्षीय हुने गर्दछ । राजनैति प्रणाली सही हुदा हुदै पनि सो अन्तर्गतको सैनिक र कर्मचारी तन्त्र तदनुकुल भएन भने समग्र राजनैति प्रणालीले नै असफलता भोग्ने गर्दछ । त्यसकारण राजनैतिक सफलताका पछाडि कर्मचारी तन्त्र र सैनिक तन्त्र दुवैको त्यतिकै महत्वपूर्ण भूमिका हुने गर्दछ । ती दुवै निकाय राजनैतिक नेतृत्वका मातहत रहे भने अर्थात जनताका प्रतिनिधिका अधिन रहे भने त्यसले सकारात्मक परिणती ल्याउने छ अन्यथा त्यसको अर्को अर्थ लाग्ने खतरा पनि त्यतिकै छ अर्थात ती दुई संयन्त्रहरु त्दनुकुल चलिदिएनन भने राजनैतिक प्रणाली असफल भएर नया राजनैतिक प्रणालीको शुरुवात हुने छ यसो गर्दा लोकतान्त्रिक प्रणाली असफल भएर अलोकतान्त्रिक प्रणाली आरम्भ हुने खतरा आई पर्ने छ । सेना र कर्मचारीतन्त्रको लोकतान्त्रिकरण नेपालको सन्दर्भमा कर्मचारी तन्त्रलाई स्थायी सरकारको रुपमा लिईएको छ । लामो समयदेखिको यसको संरचना र संचालन पुरातनवादी नै छ । यसले परिवर्तनलाई आत्मसात त गरेको छ तर वेलवखतमा सो परिवर्तनलाई आफू अनुकुल व्याख्या गर्ने र आफनै वुझाईमा परिणत गर्ने खतरा पनि त्यतिकै छ । तैपनि यो पक्ष त्यति खतरायूक्त छैन यसले राजनैतिक प्रणालीलाई असफल वनाउन सक्ला तर यसको विकल्पमा अर्को प्रणाली ल्याउन वल पुरयाउन सक्दैन । तर अकेर्ा निकाय सेना हो । जो यदि राजनैतिक नेतृत्व मातहत रहेन भने र जनादेश वमोजिम आफू चल्न वस्न र रहन ईन्कार गरयो भने यसले राजनैति प्रणाली असफल पार्नुका साथसाथै नया राजनैतिक प्रणालीकै पनि शुत्रपात गरिदिन सक्छ जो जनादेश विपरित हुने गर्दछ । यसखालको खतराको संभावना नेपाली राजनैतिक ईतिहासमा पटक पटक दोहोरिने गरेको छ ।
नेपालको लोकतन्त्र सेनाका वलमा पटक पटक खोसिएको छ पटकपटक यसको घाटी निमोठिएको छ । त्यसवाट नेपाली जनताले पटक पटक रगत वगाउन परेको अवस्था सांचो हो तसर्थ त्यसका वारेमा छलफल गर्न र निक्र्याल निकाल्न हामी पछि पर्न हुदैन । सेनाको परम्परागत हैसियत जव सेनाको कुरा आउछ नेपालको सन्दर्भमा सेनाको उत्तरदायित्व कहा हो भन्ने कुराको निक्र्योल गर्नु पर्दछ । सेना संसद अधिन छ भनने हो भने सेना सम्वद्ध विधेयक राजतन्त्र भएको वेलामा राजाको स्वीकृति विना सदनमा पेश गर्न नपाईने र गणतन्त्र पछिको कुरा गर्ने हो भने नीजि विधेयकको रुपमा आउन नसक्ने व्यवस्थाले जनताका प्रतिनिधिका अधिनमा सेना कसरी आयो जवकि हरेक संसद सदस्य सेनाको वारेमा कानुन संशोधन गर्न उ आफै पनि अधिकार सम्पन्न छ भन्ने कुरा पूरै असत्य हो । सेनाका वारेमा स्वतन्त्र विल संसदमा पेश हुन नसक्ने तर जनताका वारेमा स्वतन्त्र जुनसुकै विल पनि सदनमा पेश हुन सक्ने यो व्यवस्थाले नै सेना सदनको मातहत नरहेर अरु नै कुनै निकायको मातहत रहेको भनने कुरा प्रष्ट देखाउछ भने सदनको आदेश सरकारको आदेश दुवै मान्न ईन्कार गरेर आफुलाई मन परेको व्यक्ति पदाधिकारी वा निकायको आदेश मात्रै मान्ने सेनाको आदतले गंभिर प्रश्न पनि उठाएको छ । यस तर्फ पनि हाम्रो ध्यान पुग्न जरुरी छ । लोकतन्त्र र सैन्य व्यवहार कार्यकारी अधिकार सम्पन्न प्रधानमन्त्रीको आदेश सेना मान्दैन सरकार प्रमुख भन्दा पनि राजनीतिक भविश्यका वारेमा चिन्ता सेनापतिले गर्न खोज्छ अनि कुरा विग्रन्छ आशंका गर्ने ठाउहरु प्रशस्तै छन् ।sार्यकारी अधिकार सम्पन्न सरकारको निर्णय पालना गर्न ईन्कार गर्दै आलंकारिक राष्ट्रपतिलाई गुहार्न पुग्छ राष्ट्रपति अरु मामलामा आलंकारिक भएको स्वीकार गर्छ तर सेनाको मामलामा कुनै काल्पनिक संभावना को आंकलन गरेर संविधान कानून प्रचलन कतै पनि नभएको कदम चालेर राष्ट्रपति पूरै आलोचनाको वाढी खेप्न पनि तयार रहनु पर्ने वाध्यात्मक अवस्थाको सिर्जना हुन्छ तव शंका उठन सेनाका मामलामा दल र तिनका नेताहरुको वाध्यता सदन अवरोध गर्ने वाध्यता र राष्ट्रपतिले असंवैधानिक कदम चाल्न पर्ने वाध्यताको सिर्जना गरिन्छ भने यसको मुख्य श्रोत कहां छ यो परिघटना कसको आदेशमा र के स्वार्थकालागि चालिएको हो जसले जनताको नोक्शान मात्रै गरेको छ । त्यसकारण यो मामला नागरिक सर्वोच्चताको खिलाफमा छ । राजनैतिक परिवर्तन र सेना नेपालमा पटक पटक राजनैतिक परिवर्तन भए सवै निकायहरुले परिवर्तनको अनुभव गरे तदनुकुल आफूलाई परिवर्तन र परिमार्जन पनि गरे त्यस्तो भाग्यमानी संस्था सेना परयो जसले आफूलाई कहिल्यै परिवर्तन गर्नु पर्ने अवस्थाको वोध नै गरेन कुनै पनि परिवर्तनमा उसले आफूलाई वाहक वनाएन वरु केही समयको अन्तरालमा परिवर्तनलाई ईन्कार गर्ने त्यसलाई उल्टाउने अभियानको पृष्ठभूमि तयार गर्ने नै काम गरयो यसको ज्वलन्त उदाहरण २००७ सालको परिवर्तन ०१७ सालमा खोसियो २०३६ सालको परिवर्तनको लहरलाई पनि सेना लगाएरनै दमन गरियो ।


२०४६ सालको परिवर्तनलाई पनि जनादेश अनुकुल हुन दिईएन र अन्तत दरवार हत्या काण्ड असोज १८ हुदै माघ १९मा पराकाष्ठमा पुरयाईयो यी सवै घटनाका पछि सेनाको हात रहेकै छ । गणतन्त्र संविधानसभा र त्यसपछिको जनताको जनादेश वमोजिम वनेको सरकार गिराउने खेलमा पनि सेनाको हात प्रत्यक्ष नै छ भने त्यस पछिका पटक पटकका क्षणहरुमा सैनिक कु गर्नकालागि प्रयत्न भएका र गरिएका उदाहरणहरु काफी छन् । यसकारण सैनिक कु को खतरावाट मुलुक अझै पनि मुक्त हुन सकेको पाईदैन । निष्कर्ष जुन मुलुकमा सेनाले आफूलाई अरु कुनै पनि राजनैतिक दलभन्दा कम महत्वको ठान्दैन दलहरु सरह आफूलाई पनि एक स्टेकहोल्डरका रुपमा स्वीकार गर्दछ त्यो मुलुकमा लोकतन्त्र हैन सैनिकतन्त्र नै हावी हुन्छ सैनिक तन्त्रको छायाभित्र सरकार पनि हुन्छ प्रेस पनि हुन्छ अदालत पनि हुन्छ तर सवै निकायले सेनाको ईच्छामा काम तामेल गर्दछन् त्यतिवेला नदेखिने तरिकाले नागरिक सर्वोच्चता पुराका पूरा परास्त हुन्छ सैनिक सर्वोच्चता हावी हुन्छ । नेपालको सन्दर्भमा यो परिघटना सार्थक हुन पुगेको छ । यसखालको वास्तविकतालाई वुझने व्याख्या गर्ने र तदनुकुल जनादेशमा वदल्ने दायित्व हरेक बौद्धिकहरुको हुने गर्दछ । यसलाई दह्रोसंग आत्मसात गर्न सकिएन भने बौद्धिकताको सार्थकतामाथि पनि प्रश्न चिन्ह लाग्ने गर्दछ ।

संस्कृति सांस्कृतिक रुपान्तरण र बौद्धिक समुदाय


भ्ूमिका

हामी संस्कृतिलाई धर्मसंग जोडेर हेर्ने गर्दछौ धर्म संस्कृति दुवैलाई एक अर्काको पूरकका रुपमा जसरी नै वुझने गरेको पनि हामी पाउछौ। । संस्कृतिलाई अरु धर्मसंग हैन हिन्दु धर्मसंग जोडेर हेर्ने गरेको पनि पाउछौ। त्यसै गरी चाड पर्वहरुलाई पनि संस्कृतिका रुपमा र संस्कृतलाई धर्मका रुपमा र धर्म हिन्दुका रुपमा यो दिनचर्या हामी नेपालीहरुको हुने गरेको छ र यसै सेरोफेरोमा बौद्धिकहरुको पनि वहस र छलफलको दायरा हुने गरेको पाउछौं । यसै विषयको सेरोफेरोमा रहेर चर्चा गर्ने जमर्को गरेको छु ।

चाडपर्व र संस्कृतिको सम्वन्धः

चाड पर्व र संस्कृेतिलाई सम्वन्ध वनाउदा अर्थात यिनीहरु वीच गहिरो सम्वन्ध छ भनेर व्यक्त गर्दा यसको आधार के हो केलाउन जरुरी हुन्छ । हामी चाड पर्व सनातनदेखि चलिआएको मान्यताका आधारमा मनाउछौं तर त्यसो गर्दा यसको आधार धर्म शास्त्र हुने गर्दछ यसको आधार हिन्दु धर्म हुने गर्दछ अनि यसको आधार अन्धविश्वास र धमान्धता हुने गर्दछ जव हामी यसैलाई संस्कृति मान्ने गर्दछौ त्यहा अर्को भुल हुने गर्दछ त्यसै गरी संस्कृतिमाथिको अन्याय र संस्कृतिमाथिको गलत वुझाई समेत हुने गर्दछ । जव हामी संस्कृतिको कुरा गर्दछौं हामी परम्परागत संस्कृति र आधुनिक संस्कृतिमा विभाजित हुन पुग्दछौ। परम्परागत संस्कृतिले धर्मको सेवा गर्ने र आधुनिक संस्कृतिले मनोरन्जन दिने कुरामा हामी विश्वास गर्दछौं । दशैमा खसी काटने कुरा परम्परागत आधारमा भन्दा देवतालाई वली चढाउने कुरासंग मात्र सम्वन्धित छ भने आधुनिक मनोरन्जनको कुरा गर्दा मासुका परिकार खाने कुरासंग जोडिएकोछ । यसैगरी टिका र जमराको प्रतिक धार्मिक र परम्परावादी हिसावले अर्को रुपमा लिईन्छ त्यसै गरी आधुनिकतामा ढाल्दै गर्दा राम्रा र महंगा फुलको संकलन र प्रयोग अर्को स्वरुपमा भेटिन्छ । धार्मिक हिसावले दशै जस्तो पर्वलाई हेर्दा सोह्र दिनको श्राद्ध नौ दिनको नव दुर्गा पुजा र दशैको दिनमा विजय प्राप्त गरेको खुशियालीमा टिका र जमराको श्रृखला भेटिन्छ भने उता आधुनिकतामा त्यसको पहिचान गर्दा दशौ दिन सम्म खान पिन घुमफिर रंग रमितामा परिणत भएको पाईन्छ ।

धर्म र आधुनिक संस्कृित

आधुनिक संस्कृतिले धर्म मान्दैन । धर्म अन्धविश्वासमा आधारित छ । धर्मले निरन्जन निराकारको कुरा गर्दछ धर्मले काल्पनिक स्वर्गको कुरा र अदृश्य शक्ति र देवताको कुरा गर्दछ तर आधुनिक संस्कृतिले तथ्यलाई मात्र मान्दछ । आधुनिकताले जे अगाडि छ त्यसलाई मान्छ जे निराकार छ त्यसलाई अनेक कल्पना गरेर ईश्वर र आश्था र विश्वासको पहाडलाई मान्न ईन्कार गर्दछ । धर्मको गन्तव्य कष्टमा सुख देख्छ त्यो कष्ट उत्पादनमा हैन फगत लगानीमा विश्वासमा धर्ममा र आश्थामा यसले मान्ने गर्दछ । आधुनिकताले यसलाई सहजतामा सरलतामा र मनोरन्जनमा यसलाई अंगिकार गर्ने गर्दछ ।

संस्कृतिलाई धर्मवाट अलग गर्ने अभियानः

कुनै जमानामा राजनीतिलाई धर्मवाट अलग गर्ने अभियान नै चलेको थियो । लामो समयको अथक परिश्रम र मेहनत पछि मात्र सो विषयले कार्यरुप प्राप्त गरयो । लामो समय पछि खास गरी वेलायतमा कि्रश्चियानीटिलाई राजनीतिवाट अलग राखियो धर्म अलग हो र राजनीति अलग हा भन्ने कुरा स्थापित नै गरियो ठीक यसै गरी अव संस्कृतिलाई धर्मवाट अलग गर्ने र सभ्यताको रुपमा विकास गर्ने कुराको खाचो छ । संस्कृति भनेको तत्कालिन परिवेशको मानवजातिको जनजीवनको झलक हो । मानव सभ्यताको स्वरुप हो । तसर्थ संस्कृतिलाई धर्मवाट अलग गरेर अध्ययन गरियो भने मात्रै त्यसलाई सहज रुपमा वुझन सकिन्छ अन्यथा धर्मले संस्कृतिलाई च्याप्दै लैजान्छ र संस्कृति भनेको पनि धर्म नै हो भन्ने निष्कर्षमा पुरयाईदिन्छ । अनि जीवन व्यवहार आधुनिक तर मान्यता पुरातनवादी हुन पुग्दछ । यसो गर्दा न सन्तुष्टि न आश्था र विश्वास कसैको पनि पूर्णता प्राप्त हुन सक्दैन । यस्तो अवस्थाले अन्तत मानिसहरुलाई उत्साहमा हैन निराशामा पुरयाउछ । निराशा मानिसहरुको सवैभन्दा ठूलो कमजोरी र शत्रु हुने गर्दछ । यतिवेला न सभ्यता न संकृति न धर्म र न आश्था केही पनि प्राप्त हुने छैनन् ।

संस्कृतिलाई सभ्यतामा परिणत गर्ने अभियान

हामी हाम्रो संस्कृतिलाई कसरी वुझन खोज्दैछौ यो मुख्य कुरा हो । हाम्रो संस्कृति चाढ पर्व हो वा हाम्रो संस्कृति धर्मआश्था र विश्वास हो अर्थात हाम्रो संस्कृति हाम्रो सभ्यता हो यस वारेमा वहसको थालनी गर्न जरुरी छ । संस्कृतिलाई सभ्यतामा परिणत गर्न प्रयत्न गर्नु पर्दछ । हाम्रो संस्कृति हामै जीवन पद्दति हो वा त्यो वाहेक अरु केही हो यस वारेमा पनि वहसको थालनी गर्नु पर्दछ । हाम्रा वहसले हामीलाई पश्चागामी हैन अग्रगामी वनाउन जरुरी छ । हाम्रा जीवन शैली र व्यवहारहरुलाई हामीले हाम्रा संस्कृतिका रुपमा र हाम्रा जीवन शैली र व्यवहारलाई सभ्यताका रुपमा परिणत गर्ने गरी व्यख्या र पहिचान गर्ने कुरा त्यस पछि विकास गर्ने कुरा यतिवेलाका मुखय कार्यभार हुन् । हामीले हाम्रो संस्कृति र व्यवहारलाई सभ्यताको रुपमा विकास गर्न अभियानकासाथ लाग्न जरुरी छ । अन्यथा हामी संस्कृतिलाई सभ्यताका रुपमा आत्मसात गर्न नसक्दासम्म त्यो संस्कृतिले जीवन्तता प्राप्त गर्नै सक्दैन ।

दशै तिहार र हाम्रो भूमिका

दशै र तिहार विशुद्ध धार्मिक चाड हुन् हिन्दुहरुको मुख्य चाडका रुपमा यिनलाई मनाउने गरिन्छ । कुनै वेला मुलुक हिन्दु अधिराज्य थियो तर आज मुलुक धर्म निरपेक्ष पनि भयो र राजतन्त्रको अन्त गरेर गणतन्त्र घोषित पनि भयो यो अवस्थामा हाम्रा पुराना चाड पर्व जो विशुद्ध हिन्दु धर्ममा आधारित थिए तिनमा के कस्तो असर पर्दछ असर पर्न पर्छ कि पर्दैन हामीले गंभिरताकासाथ छलफलको थालनी गर्न पर्दछ । यतिवेलाको दशै बौद्धिकहरुकालागि चुनौतिको विषय हने गर्दछ । हिन्दु अधिराज्य भएका वखत पनि हिन्दु धर्ममा विश्वास नगर्नेहरुकालागि यो चाड असजिलो थप्दै आउने गर्दथ्यो र कसो कसो आफै जान्थ्यो पनि त्यति वेला त वाहान थियो मुलुकको धर्म नै हिन्दु हो के गर्नु तर यतिवेला त्यस्तो छैन मुलुक धर्म निरपेक्ष भएको छ धर्ममा आश्था राख्ने मानिसहरु वाहेक अरुकालागि कुनै वाध्यता अव रहने छैन वाध्यता नहुदा पनि अवलम्वन गर्ने भनेको फेरी धर्मभिरु हुनु नै हो । यस्तो अवस्थामा गुजि्रएको बौद्धिक समुदायले दशै र तिहारलाई परिवर्तन र परिमार्जन गर्न नेितृत्वदायी भुमिका निर्वाह गर्न सक्दछ या सक्दैन परिक्षाको घडी आएको छ । हामी यसलाई परिमार्जन गर्न सक्छौं कि सक्दैनौ परिमार्जन गर्ने भनेको यसलाई समय सापेक्ष वनाउने हो व्यवहारिक वनाउने हो सवैकोलागि स्वीकार्य हुने खालको वनाउने हो । यसकालागि हामी कति सहमत छौ र कति सक्षम रहने छौं यसकै आधारमा समाज रुपान्तरणमा हाम्रो। के भुमिका रहने हो निकर्योल हनेछ ।

गलत अभ्यासहरुको अन्त गर्न

दशै दशा वनेर नआओस र त्यसै गरी नफर्कोस यो हाम्रो कामना चाहना मात्रै हैन यो त हाम्रो जिम्मेवारी वन्नु पर्दछ । यसो गर्न हामी सक्छौ कि सक्दैनौ । जाने पनि नजाने पनि सके पनि नसके पनि दशै दहै्र गरी मनाउन पर्ने आजसम्मको हाम्रो वाध्यता वनेको छ । यसलाई सामान्य औपचारिकताका रुपमा मात्रै मनाउने भन्दा पनि यसले नेपाली समाजको वास्तविकतालाई आत्मसात गर्न सकोस नेपाली समाजमा विकास भैरहेको नया संस्कृति र सभ्यताको वोध गराउन सकेास यसो भएमा मात्रै दशैको परिमार्जन सहितको सार्थकता हुनेछ । धर्म निरपेक्ष मुलुक हुनुका नाताले परम्परागत रुपमा मनाउदै आएको दशैको अर्को स्वरुप प्रस्तुत हुनेछ । जे होस दशैका नाममा हुने गलत अभ्यासहरुलाई अन्त गर्न हामी मन्जुर छौं यदि हामी मन्जुर छौं भने हाम्रो प्रयत्न आरम्भ गर्नै पर्छ ।

फजुल खर्ची र अनावश्यक शिष्टाचार यसका अरु खराव पक्षहरु हुन यस्ता गलत व्यवहारलाई रोक्न हामी के सक्छौं यस प्रश्नको सकारात्मक जवाफ हामीले दिनै पर्छ । हामीले कुनै पनि धर्म संस्कृति वा चाड पर्वका वाहानामा फजुल खर्ची र आफनो वुताले धान्नै नसक्ने भारी शिष्टाचार हामीले रोक्नै पर्छ त्यसलाई उन्मुलन गर्नै पर्छ तव मात्रै नया संस्कृतिको जग वसाल्न सकिन्छ अन्यथा परिवर्तनको गुन्जायस पनि छैन ।

मुख्य कुरा त भावी पुस्तालाई कस्तो संस्कृति दिने

हामी अनावश्यक अवैज्ञानिक अव्यवहारिक र अन्धविश्वासयुक्त संस्कृति भावी पुस्तालाई सुम्पिने कि वैज्ञानिक तथ्य संगत र यथार्थ यो विवाद पनि हामीले छिनोफानो गर्न पर्ने भएको छ । हामी धर्म निरपेक्ष मुलुकमा गयौं हामी विज्ञानमा रुचि राख्छौ सत्य र तथ्यमा विश्वास पनि गर्छौ तर अन्धविश्वास कुरिति र रे रे मा विश्वास गर्ने संस्कृतिको पाठ भावी पुस्ताहरुलाई पनि दिन खोज्दै छौं भने सायद त्यो न्यायोचित हुने छैन । हामीले धर्मका वारेमा कुरा गर्दा कसैको आश्था र विश्वासलाई चोट नपुरयाउला तर कसैको वा कुनै अवोध नावालगको अनावश्यक अनविज्ञताको दुरुपयोग पनि गर्ने छैनो भन्यौं भने न्यायपुर्ण होला ।

वर्तमानमा कस्तो संस्कृतिको पक्षमा उभिने

दशैका वारेमा धेरै चर्चा गर्न आवशयक छैन । यो केवल उदाहरण मात्रै हो । अरु पनि धर्ममा आश्था राख्ने मानिसहरुले मनाउने गरेका चाड पर्वका अवैज्ञानिक पक्षहरुका वारेमा सोच्न उत्तिकै जरुरी छ । अज्ञानतामा हामीले जे गरयो त्यो अर्को कुरा हो ती सवै क्षम्य होलान तर जानी जानी गर्ने कुरा मेरो विचारमा त्यति उपयुक्त हुने छैन त्यसकारण जव हामी अवैज्ञानिक संस्कृतिका वलमा हामीले मनाउदै आएको चाड पर्वहरुका वारेमा सोच्ने वेला आएको छ भने निसन्देह हामीले विज्ञानसम्मत संस्कृति र सभ्यताका पक्षमा उभिनै पर्छ त्यसकालागि परम्परागत मान्यतामा कति कटौति गर्नु पर्छ त्यसकालागि तयार हुनु पर्दछ । यसो गरेर मात्रै सही संस्कार र संस्कृतिको जगेर्ना गर्न सकिन्छ । सही र गलत को पक्षधरता पनि स्पष्ट हुनेछ । यतिवेलाको हाम्रो दायित्व यही हुन्छ ।

अवसरका रुपमा उपयोग गर्ने कुरा

हामी परम्परावादी नै भए पनि दशै मनाउने अवसरमा उपस्थित छौं त्यही परम्परागत चाले नै भए पनि हामीलाई जमघट गराएको छ भने यस अवसरलाई हामीले सदुपयोग गर्न सक्दा यसको औचित्य पनि पुष्टि हुने र हाम्रो दायित्व वोध पनि हुने संगम जुटेको छ यसलाई यसै स्तरमा सदुपयोग गरौं । नया सभ्यता र संस्कृतिको परिचायकका रुपमा चाड पर्वहरुलाई परिमार्जन गरौं सवैका आश्था र विश्वासमा वैज्ञानिक तथ्यहरुको संचार गरौं ।

निष्कर्षमा

हामी नया संस्कृतिको विकास गर्दैछौ भने कतिपय अवस्थामा यसको समुल नष्ट गरेपछि मात्रै यो संभव हुन्छ भने कतिपय अवस्थामा यसमा मात्रात्मक परिवर्तन गरेर पनि संभव तुल्याउन सकिन्छ । वैकल्पिक चाड पर्व प्रस्ताव गर्न नसकेको अवस्थामा यसको समुल नष्ट कठिन हुने छ भने मात्रात्मक परिवर्तन गर्ने कुराले यसको औचित्यमा नै प्रश्न चिन्ह पनि लगाउन वेर लाग्ने छैन । त्यस तर्फ समुचित ध्यान पुरयाउदै नया संस्कृति निर्माण गर्न तर्फ लागौं त्यही नया संस्कृतिले नया सभ्यताको शुरुवात गर्ने छ ।

माओवादी एजेण्डा नागरिक सर्वोच्चता


कार्यकारी अधिकार सहितको प्रधानमन्त्री र आलंकारिक राष्ट्रपति हाम्रो अन्तरिम संविधानको व्यवस्था हो । राष्ट्रपतिको वारेमा संविधानमा लेख्दा राष्ट्रपतिलाई कुनै पनि अधिकार नभएको अधिकारीका रुपमा चित्रित गरिएको थियो । राष्ट्रपतिलाई असन्तुष्टि व्यक्त गर्ने अधिकार पनि दिईदैन राष्ट्रपतिले सुझाव दिने अधिकार पनि राख्न सक्दैन र राष्ट्रपतिको काम केवल ल्याप्चे लगाउने मात्रै हो संविधान वनाउदाका वखतका धारणाहरु हुन जो यतिवेला चर्चाका विषय वनेका छन् । जतिवेला मानिसहरु राजा रहेकै वखत गणतन्त्र घोषणा नहुदै राष्ट्रपतिको वारेमा चर्चा गर्न सम्म पनि सक्दैनथे । तिनै मानिसहरु राष्ट्रपति नभैकन गणतन्त्र हुदैन भन्ने तर्क गर्न थाले र माओवादी अध्यक्ष राष्ट्रपतिको उम्मेदवार भनेर प्रचार गरे पछि कमजोर राष्ट्रपतिको अवधारणा अझ वढी कुर्लेर आयो । यतिसम्म त ठीकै थियो जव कार्याकारी अधिकार सहितको मन्त्रीपरिषदको निर्णयले सेनापतिलाई अवकाश दिने निर्णय गरयो तव अलंकारिक राष्ट्रपति महोदयमा शक्तिको वर्ष भयो र कार्यकारी प्रधानमन्त्रीले गरेको निर्णयलाई पनि उल्टाउन सक्ने क्षमता र ताकत सहितको राष्ट्रपति तर अलंकारिक भनिरहन नछाडने स्तरमा घटनाक्रम पुग्यो र विना कानून संविधान प्रचलन र नैतिकता केही पनि नहेरेर राष्ट्रपतिले सेनापति थमौतिको काम गर्नुभयो त्यसवेलादेखि यो विवाद चुलिदै गयो माओवादी नेतृत्वको सरकारले राजिनामा गरेर नागरिक सर्वोच्चताका विरुद्ध सैनिक सर्वोच्चतावादीहरुलाई सरकार गठन गर्न र विदेशी प्रभुहरुका सामु लम्पसार पर्न मार्ग प्रसस्त गरिदियो ।


यतिवेलासम्म यो विवाद माओवादीको मात्रै थियो माओवादी विरुद्ध अरु दलहरु ज्स्तो देखाउन खोजियो तर स्थितिले यही मात्र विराम लिएन आखिर तत्कालिन सेनापतिले विदा लिनु थियो उनलाई आजन्म सेनापति त वनाउन सकिदैनथ्यो उनले विदा लिनु पर्ने भयो विदा स्वीकृति र कायम मुकायम दिने कुरा आयो विवाद फेरि वल्झियो । आखिर संविधान त्यही थियो कानून त्यही थियो प्रचलन त्यही थियो कार्यकारी प्रधानमन्त्रीले गरेको निर्णय उल्टाउने अधिकार राष्ट्रपतिलाई थिएन कानूनको शासनमा सरकारको निर्ण गैरकानूनी वा गैरसंवैधानिक भए अदालतले मात्रै उल्टाउन सक्थ्यो अरुले हैन तर कानूनको राज भनेर चिच्याउन नथाक्ने महोदयहरुको लावालस्कर १८ दलको झुण्ड जो हिजो दरवारमा दाम चढाउनदेखि विन्ति विसाउन सम्म पुग्ने गर्थै तिनीहरु नै पुगे यो सरकारले गरेको निर्णय गैरकानूनी छ उल्टाई पाऊ राष्ट्रपति महोदयलाई पनि आफू पूर्व राजाकै स्थानमा पुगेको महशुस भएछ वा कसैको निर्देशन आयो उनले पनि तथास्तु भने र नया गाईजात्रा शुरु भयो । विषयले यतिमै विराम लिएन हामी भन्दै थियौ वुढी मरी भन्ने हैन काल पल्केला कि भन्ने पीर हो भनेकै थियौं नभन्दै त्यस्तै भयो मित्रहरु भन्दै हुनुहुन्थ्यो सेनापतिले विदा लिए पछि त यो विवाद स्वत अन्त हुन्छ तर अकेर्ा सेनापतिलाई कायम मुकायम मुकरर गर्ने उनको विदा स्वीकृत गर्ने कुरा सम्म आई पुग्दा काल पल्किएकै रहेछ भन्ने कुरा पुष्टि हुन पुग्यो जसको परिणाम आज सरकार त भोग्दैछ जनता र नव स्थापित लोकतन्त्र र गणतन्त्रले पनि भोग्दै आएको छ ।


प्रसंग कामय मुकायम दिने कुराको हो माओवादी नेतृत्वको सरकारले जसरी कामु दियो त्यसै गरी एमाले नेतृत्वको सरकारले पनि गरयो आखिर आग्रह नराख्ने हो भने त कानून उही हो संविधान उही हो प्रचलन उही हो गर्न त्यसै पथ्र्यो जसरी माओवादीले गरयो । कुरा त्यही दोहोरियो त्यसो भए माओवादीले गरेको निर्णय त ठिकै थियो हामीले विरोध गर्नु गल्ती थियो भनेर स्वीकार गर्न भनियो त्यो कुरा स्वीकार गर्दा राजनीतिमा संसदवादीहरुकालागि जात जाने भएकाले वरु टिप्पणी उठाउन तयार भयो माकुने सरकार र राष्ट्रपतिले टिप्पणी सदर गरेर मात्रै कामु सेनापति नियुक्त भए । यसवाट कुरा के प्रष्ट हुन्छ भने माकुने सरकार आदेश तामेल गर्ने र निर्देशन वमोजिम टिप्पणी उठाउने हैसियत सम्म राख्दछ र राष्ट्रपति महोदय दिर्नेशन वमोजिम आदेश गर्ने र टिप्पणी सदर गर्ने हैसियत राख्दछन् मालिकका कृपाले भन्ने कुरा आम रुपमा स्थापित भएको छ । यस्ता कृयाकलापले माकुने वा राष्ट्रपति कसलाई के फाईदा वा वेफाईदा गरयो त्यो भन्न नसकिएला तर राष्ट्रिय स्वधिनता नागरिक सवेर्ाच्चता र कानूनको शासन धुजा धुजा परयो । संविधान र कानूनको दुहाई दिने महाशयहरु प्नि प्रभुको निर्देशनमै भएका कारणले राष्ट्रपतिको कदम संवैधानिक नै देखे । धिक्कार त्यो प्रभुको आदेश पालक मानसिकता नेपाली जनता यसै भनेका छन् । यो परिघटनाले मानिसहरुलाई चकित पार्ने गरेको छ । कुरा यतिमा मात्रै सिमित छैन । यो विवादले आलंकारिक राष्ट्रपतिलाई कृयाशिल वनाईदैछ । यो दौरानमा उनलाई संविधान मिच्न प्रेरित गरिदैछ यो सवैभन्दा दुखद विषय हो । संविधान मिच्ने कुरा माओवादीका विरुद्धमा हुदासम्म अरु दलहरु खुशियाली मनाउने आफनो थाप्लोमा पर्दा वल्ल टाउको समात्ने पुरानो वानी अझै गएको छैन । ज्ञानेन्द्रको प्रतिगमन आधा सच्चिएको उदघोष गर्दा माघ १९ ले सजिलै वैधता प्राप्त गरयो । बैशाख २० को असंवैधानिक कदमलाई समर्थन गर्दा र राष्ट्रपति समक्ष धन्यवाद प्रस्ताव पारित गरिरहदा त्यसको परिणाम सुखद निस्कन्छ भन्ने अनुमान गर्न मुश्किल नै पर्ला । राष्ट्रपतिको कदम अरु राजनैतिक विषय सम्वद्ध हुदो हो त त्यसको अर्को अर्थ लगाउन सकिन्थ्यो पनि होला तर यो विषय सेना संग सम्वन्धित परयो जो आजसम्म कैल्यै लोकतान्त्रिक भएन । पटक पटक लोकतन्त्र यही संस्थाका वलमा खतरामा परयो ।
भोलि राणाहरुले ज्ञानेन्द्र वनाएर गद्दिमा राखेर शासन आफूले शासन गरेझै रामवरण यादवालाई पनि गद्दिमा राखेर वाह्य शक्तिको निर्देशनमा सेनाले शासन गर्ने खतरा वढेर गएको छ जो कसैको पनि हितमा छैन । कार्यकारी अधिकार सम्पन्न सरकारले नियुक्त गरेको प्रधानसेनपाति मन नपर्ने राष्ट्रपतिआफूलाई छुटटै मुख्य सचिव चाहिने प्रस्ताव राख्नेसंसदको कारवाहीको प्रत्यक्ष जानाकारी सिधै आफैले गर्न पाउनु पर्ने माग राख्नेअनावश्यक र अवैधानिक सल्लाहकारहरु लगायत सैनिक सल्लाहकार राख्ने माग गर्ने हिजो दरवारमा भएका सवै संरचना पुनरस्थापित गर्नेनारायणहिटीको गणतन्त्र स्तम्भ रत्नपार्कमा मिल्काउने कुराले राष्ट्रपति कार्यालय समानान्तर सत्ता संचालन गर्न कोशिस गर्ने प्रयत्नहरु भएका कारणले फ्रान्सेली पाचौ गणतन्त्रको घटना नदोहोरिएला भन्न सकिन्न । निर्वाचित राष्ट्रपति आफैले सम्राट घोषणा गर्ने र राजतन्त्र व्युताउने समेतका घटनाक्रमवाट हामी पनि सचेत हुन जरुरी छ । निष्कर्षमा नागरिक सवेर्ाच्चताको सवाल केवल माओवादीको मात्रै चासोको विषय हुनु पर्ने होईन त्यसोत हिजो गणतन्त्र माओवादीको मात्रै एजेण्डा थियो संविधानसभा उसको मात्रै एजेण्डा थियो हिजो संघीयता समानुपातिक व्यवस्था उसको मात्रै एजेण्डा थियो ती सवै एजेण्डाका विरुद्ध व्यक्तिगत र राज्यको सारा शक्ति खन्याउने मित्रहरु आज त्यसको उपभोग सवैभन्दा वढी त्यही समुह वर्ग र पार्टीले गरेको छ आज नागरिक सर्वोच्चताका मामलामा फरक मत राख्ने साथीहरुले पनि नागरिक सर्वोच्चता स्थापित गरिसके पछि त्यसको उपभोग गर्नेहरु पनि उनीहरु नै हुनेछन् यस तर्फ पनि ध्यान दिन जरुरी छ ।