कुर्सी ठूलो होइन, जनता र राष्ट्र ठूलो हो भन्ने कुरो स्थापित गर्न खोजेको हुँ. मलाई यो कुर्सीसम्म पुर्याएको पनि जनताले हो । कुनै विदेशी प्रभुहरूले होइन । यसकारण कुर्सीमा टिक्न नसकेको म हैन ।
प्रधानमन्त्री ज्यू , अबदेखि सदन अवरूद्ध गर्दैनौँ भनेर तपाईले अस्ति नै भनिसक्नुभएको थियो तर किन त्यो लागु भएन ?
मैले अस्ति एक कार्यक्रममा संसद् अवरोध गदैनौ भनेको थिएँ । हाम्रो बैठकमा भएको निर्णय सदन खोल्ने तयारीको निर्णय हो । किनकि हामीले जे कारणले सदन अवरोध गर्यौँ, त्यसलाई सदनभित्रै सम्बोधन गर्ने वातावरण भएपछि सदन खुल्छ । तर, यति ठूलो राष्ट्रिय मुद्दा जसको कारणले देशव्यापी एउटा बहस पनि चलेको छ । सदन अवरूद्ध भएको छ । त्यसलाई सम्बोधन गर्ने बारेमा विमति राख्नुपर्ने कुनै कारण नै छैन ।
बैठकमा त्यो निर्णय लिनेवित्तिकै सभाध्यक्षलाई बोलाएर संसद खोल्ने तयारी गर्नुपर्यो, त्यसका निम्ति राष्ट्रपतिको असंवैधानिक कदमका बारेमा बहस गर्ने कुनै प्रस्तावमार्फत् छलफल गर्ने गरौँ सदन खुल्छ भनेर मैले भनेँ । यसमा मूलतः मैले उहाँको सकारात्मक धारणा पाएँ । त्यसका निम्ति राजनीतिक दलहरूको बीचमा सहमति हुनुपर्यो । त्यो सहमतिको प्रक्रिया चलेको छ । मलाई लाग्छ, त्यसमा सहमति भयो भने एउटा प्रस्ताव पेश हुन्छ । बहस हुन्छ । अनि एउटा टुङ्गोमा पुगिन्छ । सरकार बन्ने प्रक्रिया पनि सुरु हुन्छ ।
-राष्ट्रपतिको कदमका बारे सदनमा बहस गर्नुपर्ने अडान तपाईंहरूले राख्दै आउनुभएको छ, तर अन्तरिम संविधानको धारा ६० मा स्पष्ट रूपले अदालतमा पुगेको मुद्दाको विषयमा व्यवस्थापिका संसदमा बहस गर्न नपाउने भनेर लेखिएको छ नि ?
यो कुरा पनि बडो विचित्रको छ । संसद पुनस्र्थापना गर्ने भनेर जतिबेला आन्दोलन चलेको थियो । खास गरेर नेपाली काङ्ग्रेस एउटाले संसद पुनस्र्थापनाको कुरा गरेको थियो । अरुले चाहिं सिधै संविधानसभा अन्तरिम सरकार बनाएर जानुपर्छ भन्ने कुरा थियो । र, पनि त्यो मुद्दा फेरि अदालतमा थियो । अदालतमा मुद्दा चलिराखेकै बेला संसद पुनस्र्थापना भयो । त्यो संसदले थुप्रै निर्णय गर्यो र दुई वर्षपछि मात्रै अदालतबाट फैसला आयो ।
पहिलो कुरा यो राजनीतिक विषय भएको हुनाले यसको कुनै अर्थ छैन । मुद्दा अदालतमा चल्दै गर्छ राजनीतिक समस्याको समाधान पनि खोज्दै जानुपर्छ । दोस्रो कुरा राष्ट्रपतिले यो न्याय क्षेत्रको विषय नै होइन, सेनापतिलाई पुनस्र्थापना गर्नेसँग सम्बन्धित विषय न्याय क्षेत्रभित्र पर्दैन भनेर उहाँले भन्नुभएको छ राष्ट्रपति कार्यालयबाट । यसले त झन प्रष्ट के गर्यो भने यो विषय राजनीतिक विषय हो । यसको समाधान राजनीतिक ढङ्गबाट खोजिनुपर्छ भन्ने प्रष्ट गरेको छ । त्यस कारण सदनभित्र यसलाई प्रवेश गर्न नहुने, बहस गर्न नहुने भन्नु कुतर्क मात्रै हो ।
-तपाईंहरूले सदनमा पेश गर्नका लागि सङ्कल्प प्रस्तावको तयारी पनि गर्नुभएको छ रे, खास के कुरा छ त्यसमा ?
नागरिक सर्वोच्चता स्थापना र राष्ट्रपतिको असंवैधानिक कदम सच्याउने विषय नै सङ्कल्प प्रस्तावको सार छ ।
-तपाईंले विदेशी प्रभुको सामु नझुक्ने भन्दै प्रधानमन्त्री पदबाट एकाएक राजिनामा गर्नुभयो, कुन विदेशी प्रभुले के भनेर झुकाउन खोजेका थिए र ?
यो कुरा नेपाली जनताले प्रष्ट बुझिसकेका छन् । नेपालको बुद्धिजीवी मात्रै होइन, सामान्य मजदुर र किसानले पनि विदेशी प्रभु भनेको को हो र हाम्रो आत्मनिर्णयको अधिकार भनेको के हो ? हामी आफ्नो बारेमा फैसला गर्ने अधिकार हामीसँगै हुनुपर्छ भनेको के हो ? कस्ले यहाँ बढी हस्तक्षेप गर्छ भन्ने कुरा नेपाली जनताले बुझिसकेका छन् । त्यसकारण नामै लिएर भन्नुपर्ने मैले आवश्यकता देखेको छैन ।
-नेपालीको आत्म स्वाभिमान र आत्म निर्णयको अधिकार कुण्ठित भएको भनेर तपाईंहरूले बारम्बार भन्दै आउनुभएको छ, के आधारमा त्यसो भन्नुभाको हो ?
कुण्ठित कुन थालेको त लामो समयदेखि नै हो नेपालमा । अहिलेमात्रै गरियो, पहिले थिएन भन्ने मेरो भनाइ होइन । नेपालमा सुगौली सन्धिदेखि नै यो देश कुनै न कुनै रूपमा चै अर्धऔपनिवेश बनेर आयो । यहाँको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा वैदेशिक हस्तक्षेप हुँदै आयो । खास गरेर त्यति बेलाको अङ्ग्रेज भारतको हस्तक्षेप निरन्तर रह्यो । उनीहरूको प्रभुत्व कुनै न कुनै रूपमा रह्यो । त्यो अहिले पनि निरन्तर कायम छ ।
१० वर्षको महान जनयुद्ध र त्यसको जगमा १९ दिने ऐतिहासिक जनआन्दोलन देशमा भयो । पहिलेको सामन्ती शाही राजतन्त्र जहिले पनि विदेशीको अगाडि घुँडा टेक्ने र खोक्रो राष्ट्रवादको कुरा गर्ने कडो नक्कली राष्ट्रवाद भयो । अहिले त नाङ्गै देखियो । त्यो नेपाली जनताले स्पष्ट ढङ्गले बुझ्ने गरेर देखिएको छ । सामन्तहरूको राष्ट्रवाद, मण्डले राष्ट्रवाद कति कोक्रो, बाहिर घुँडा टेक्ने खालको थियो । सार तिनीहरूको अराष्ट्रिय थियो भन्ने कुरा अहिले राम्रोसँग देखिएको छ ।
परिवर्तनपछि, संविधानसभामा क्रान्तिकारी पार्टीलाई नेतृत्व सुम्पिने काम गर्यो । त्यसपछि मलाई लागेको थियो कि अब हामी पहिलेको भन्दा धेरै स्वतन्त्र भयौँ । हामी हाम्रा बारेमा निर्णय गर्नको लागि कुनै विदेशी प्रभुहरूको मुख ताक्नु पर्देन । म प्रधानमन्त्री हुनेवित्तिकै मनमा के फैसला गरेको थिएँ भने पुराना प्रधानमन्त्रीभन्दा भिन्न तरिकाले अघि बढ्छु ।
प्रधानमन्त्री बन्नेवित्तिकै चीनको ओलम्पिक खेलमा गएँ । त्यो हेर्दा सामान्य मात्रै थियो तर इतिहासको एउटा गलत परम्परा तोड्नका लागि गरेको हो । त्यो हाम्रो राष्ट्रिय स्वतन्त्रता, हामीले आफ्ना बारेमा गर्ने निर्णयको अधिकार आफैसँग सुरक्षित थियो । त्यही बेलादेखि नै मैले के अनुभूति गरेको थिएँ भने प्रतिक्रियावादीहरू पुरानै तरिकाले चलाउन चाहन्छन् । यो मुद्दा अहिलेको परिवर्तनलाई आत्मसात गर्ने वा नगर्ने भन्ने हो ।
-तपाईं चीनबाट फर्किनेवित्तिकै मेरो पहिलो राजनीतिक भ्रमण भारतमै हुन्छ । चीनमा त खेलका लागि मात्रै गएको भन्नुभएको थियो नि ?
यो भनाइलाई अनावश्यक रूपमा उचालियो । म चीन गएकै हो । त्यहाँका नेताहरूसँग भेट भएकै हो । त्यसपछि म भारत भ्रमणमा जाँदै थिएँ । चीनमा म ओलम्पिकका लागि गएको थिएँ । भारतमा म कुनै खेलका लागि जाँदै थिइनँ । राजनीतिकै भ्रमण हुन्थ्यो त्यो । एउटालाई धेरै र अर्कोलाई थोरै महत्व दिने कुरा थिएन त्यो । म चीन गएर आइसक्या थे । यो कुरो इतिहासमा लेखिइसकेको थियो ।
-तपाईंले विदेशी प्रभुको हवाला दिँदै राजिनामा गरिरहँदा अर्को के कुरा पनि बाहिर आयो भने प्रधानसेनापतिलाई कारबाही गर्ने मामलामा तपाईंहरूलाई चीनले समर्थन गरेको थियो रे हो ?
त्यो चाहिं गलत हो । मेरो जानकारीमा छैन । चीनले रुक्माङ्गत कटवाल हटाउने प्रकरणमा समर्थन गरेको थियो भन्ने कुरा मेरो जानकारी अनुसार पूरै गलत हो । किनकि चीनले जतिबेला मसँग भेट्दाखेरि पनि राजदूत र अरुले भन्ने कुरा चाहिं नेपालको आन्तरिक मामिलामा चीन कहिल्यै पनि हस्तक्षेप गर्दैन । नेपालको आन्तरिक मामिलामा के गर्नुपर्छ त्यो नेपालीहरूले निर्णय गर्ने कुरा हो । हाम्रो केही भन्नु छैन । यही हो चिनियाँहरूले मसँग भन्ने गरेको । अन्यत्र कहीँ केही कुरा भएको छ भने मलाई थाहा छैन ।
-तपाईं आफूलाई नेपालकै इतिहासमा नयाँ ढङ्गले अघि बढ्न खोजेको प्रधानमन्त्री बताउनुहुन्छ, अनि तपाईं सबैभन्दा ठूलो दलको नेता पनि तर सरकारमा टिक्न सक्नुभएन नि ?
म टिक्न नसकेको हैन । झुक्न नसकेको मात्रै हो । म अगाडि बढ्न चाहेको हुँ, पछि हट्न चाहेको हैन । कुर्सी मात्रै बचाउन चाहेको भए हजार दाउ थिए मसँग । यो राष्ट्रको स्वतन्त्रता र स्वाभिमान बचाउनुपर्छ भनेर म अघि बढेको हुँ । कतिपयले मलाई पछि हट्यो, प्रधानमन्त्री छाड्यो भन्ने पर्न सक्छ कतिपयलाई, तर कुरा ठिक त्यसको उल्टो हो । कुर्सीमात्रै बचाउन खोज्ने जो परम्परा छ, मैले त्यसलाई तोडेको हुँ । कुर्सी ठूलो होइन, जनता र राष्ट्र ठूलो हो भन्ने कुरो स्थापित गर्न खोजेको हुँ । मलाई यो कुर्सीसम्म पुर्याएको पनि जनताले हो । कुनै विदेशी प्रभुहरूले होइन । यसकारण कुर्सीमा टिक्न नसकेको म हैन ।
-अबको नयाँ सरकार विदेशीहरूको इसारामा बन्न लागेको भनेर तपाईहरूले भनिरहनुभएको छ, त्यस्तो आरोप लगाउने आधार के छ तपाईंहरूसँग ?
यो त करिब-करिब सबैले बुझेको कुरा हो । अहिले जसलाई प्रधानमन्त्रीको रूपमा ठड्याइएको छ । त्यो नेपाली काङ्ग्रेसले अगाडि सारेको हो । त्यो कतैबाट मिल्दोजुल्दो लाग्दैन । एमालेलाई नै अगाडि सार्नु थियो भने अध्यक्ष छन्, चुनाव जितेर आएका छन् । तर, दुईदुई ठाउँबाट चुनाव हारेर आएको मान्छेलाई नै प्रधानमन्त्रीका रूपमा किन अगाडि सार्नु पर्यो ?
लाटोले पनि बुझ्ने कुरा के हो भने पार्टीलाई नेतृत्व दिने हो भने त्यसको अध्यक्ष, संसदीय दलको नेता हुँदाहुँदै हारेकै मान्छेलाई अघिसार्नु नेपाली काङ्ग्रेसकै बुद्धिको प्रतिफल हो । या नेपालमा हामीले जे भन्यो त्यही चल्छ । अरुले भनेको चल्दैन भन्ने विदेशी प्रभुहरूको बुद्धिको परिणाम हो । यो सबै विदेशी प्रभुहरूकै बुद्धिको परिणाम हो । नयाँ बन्न लागेको सरकार माधव नेपाल अथवा एमालेको बुद्धिले अगाडि सारिएको होइन ।
यो अस्वाभाविक, अप्राकृतिक र अनैतिक ढङ्गले अगाडि आएको छ । यो शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियाप्रति अलिकति पनि जिम्मेवारी र इमान्दारी छैन ।
जसको ४२ प्रतिशत भोट छ, जो शान्ति प्रक्रियाको पहिलो पक्ष हो, त्यसलाई बाहिर राखेर यो देशमा शान्ति र स्थिरता खोज्ने ? योभन्दा मुर्खता के हुन्छ ? नेपाली जनताको योभन्दा ठूलो अपमान के हुन्छ ? नेपाली जनतालाई यो कुरो सहन हुँदैन । यति ठूलो अपमान नेपाली जनताको ? यति ठूलो अपमान संविधानसभा चुनावको ? तिमी अहिले संविधानसभामा जान लायक छैनौं भनेर दुईदुई ठाउँबाट इन्कार गरेको तथ्यलाई नबुझ्ने हो भने लोकतन्त्र भनेको के हो त ?
-माधव नेपालको नेतृत्वमा बन्ने सरकार कति समय टिक्ने अनुमान गर्नुभएको छ त तपाईंले ?
मेरो विचारमा त एक दिन पनि चल्दैन । त्यो चल्दै चल्दैन ।
-प्रचण्डज्यू, त्यो सरकार चाहिं ढाल्ने तपाईहरूले नै हो ?
जनताले ढाल्छन् । हामीले ढाल्नै पदैन । जनताले पहिल्यै नै फैसला गरेका हुन् नि । तिमीहरूले नेतृत्व गर्ने हैन भनेर । त्यसकारण माधवकुमार नेपालको नेतृत्वमा बन्ने सरकार एक दिन पनि चल्दैन ।
-तपाइंहरूले राष्ट्रपतिको कदमका बारेमा सहमतिका साथ संसदमा बहस गर्न पाउनुपर्छ भनिरहनुभएको छ । त्यो बहस सुरु भयो भने त फेरि तपाईंकै नेतृत्वमा फेरि सरकार बन्ने कसरत सुरु हुन्छ होला हैन ?
मैले भन्दै आएको कुरा के हो भने शान्तिलाई निष्कर्षमा पुर्याउने र संविधान लेख्ने हो भने राष्ट्रिय सहमतिको विकल्प छैन । नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई तपाईंले भोट माग्दै हिंडने होइन्, बुढो मान्छे भएर जनताले संविधानसभा चुनावमै लत्याएकालाई भोट माग्दै हिंड्ने हो भनेर मैले भनेको हुँ । तपाईंले सबैलाई मिलाउने पो भूमिका खेल्नुपर्छ, माधवजीलाई प्रधानमन्त्री नै चाहिएको हो भने किन यो उल्टो बाटो हिंड्नुहुन्छ ? राष्ट्रपतिको कदम असंवैधानिक हो, मन्त्रिपरिषद्ले गरेको निर्णय वैधानिक हो भनेर सिधै आउनुहोस्, दुई तिहाइ बहुमतले हामी तपाईलाई प्रधानमन्त्री बनाइदिन्छौं भनेकै हो मैले ।
-तपाईं माधवकुमार नेपाललाई स्वीकार्नै चाहिरहनुभएको छैन, व्यक्तिगत रूपमा उहाँविरुद्ध लाग्नुभएको प्रष्ट देखिन्छ तर तपाईले उहाँलाई बारम्बार भेटेर संविधानसभामा सदस्य बन्न आग्रह गर्ने अनि संवैधानिक समितिको सभापति बनाउने, उहाँ जस्तो उच्च व्यक्ति संविधानसभाले पाएकेामा हामी सबै गर्व गर्नुपर्छ भनेर संवैधानिक समितिको बैठकमै सबैका सामु भन्ने अनि अहिले चाहिं आफूले खाइआएको प्रधानमन्त्री पद गुम्न लाग्यो भनेर आक्रोश पोख्ने यो पनि त सबैले बुझेका होलान् नि ?
प्राविधिक रूपमा त्यो कुरा साँचो हो । उनलाई संवैधानिक समितिको अध्यक्ष बनाउने म नै हो भन्दा पनि हुन्छ । उहाँ पहिलेको पनि संविधान बनाउनेमध्येको एक सदस्य भएको र अध्ययन गरेको, अनुभव भएको हुनाले संविधानसभामा राम्रोसँग त्यो अनुभव सदुपयोग होस् भनेर मैले उहाँलाई त्यसमा ल्याउन पहल गरेकै हुँ । तर, प्रधानमन्त्री बनाउन होइन ।
प्रधानमन्त्री भिन्दै कुरा हो । राजनीतिक र नैतिक दृष्टिकोणले हेर्ने हो भने त त्यो सुहाउँदैन नि । उहाँ त क्याबिनेटद्वारा मनोनित हो । मनोनित सदस्य प्रधानमन्त्री हुनु कति लोकतान्त्रिक देखिन्छ ? निर्वाचितहरूको त्यत्रो जमात हुँदाहुँदै ।
-तपाईंकै भनाइ मान्ने हो भने माधवकुमार नेपाल नेतृत्वको सरकार एक दिनभन्दा बढी टिक्दैन अनि एक दिनकै भए पनि प्रधानमन्त्री चांहि माधवकुमार नेपाल बन्छन् ?
राष्ट्रपतिको कदम असंवैधानिक हो र मन्त्रिपरिषद्ले गरेको निर्णय सही हो भने म उहाँलाई समर्थन गर्छु । त्यो केही आपत्ति छैन । त्यो कुरा मैले माधवजीलाई पनि भनेको थिएँ । तपाईं किन रिमोर्ट कन्टोलबाट प्रधानमन्त्री बन्न खोज्न थाल्नुभएको ? राष्ट्र र जनताको पक्षमा आउनुहोस्, म तपाईंलाई दुई तिहाई बहुमतले जिताउँछु ।
-प्रचण्डज्यू, ल हेर्नुस् त तपाईंको कुरा कत्ति मज्जाको, आफूले भनेको मान्यो भने, उ तत्काल राष्ट्रिय व्यक्तित्व भइहाल्ने, राष्ट्रवादी, अनि जनताबाट अनुमोदित, जनताको सम्मान सबै हुने तर आˆनो पार्टीको नीति र चाहनामा कोही चलेन भने त्यो प्रभुको इसारामा चलेको, जनताबाट तिरस्कृत भएको हुन्छ यो त आˆनै नीति मात्र लाद्ने मनसाय देखिएन र ?
इतिहासले देखाएको छ- राष्ट्रका पक्षमा, जनताका पक्षमा नीतिहरू, भनाइहरू, पोलिसीहरू केन्दि्रत छन् । जसले यसलाई ठीक हो भनेर आउँछ त्यो राष्ट्रवादी हो । जसले ठीक होइन भन्छ, त्यो अराष्ट्रिय हुन्छ । यो सोझो कुरा हो । हिजोको मण्डले अहिले माओवादीले भनेको ठीक हो भनेपछि ऊ सच्चिएको हुन्छ ।
हिजोको माओवादी अहिले ठीक छैन भनेर गयो भने त्यो चै विदेशी या सामन्तीको दलाल हुन्छ । माओवादी भनेको यो देशको राष्ट्रियता र लोकतन्त्र, सङ्घीयता र परिवर्तनका निम्ति सबैभन्दा बढी बलिदानी गरेको र स्पष्ट दृष्टिकोण भएको पार्टी हो । यसको विरोध गरे त्यो बेठीक हुन्छ । समर्थन गरे त्यो ठीक हुन्छ । माओवादी जबसम्म राष्ट्र र जनताप्रति इमानदार हुन्छ यसको समर्थनमा आउने मान्छे सच्चिँदै गएको हुन्छ नत्र बिग्रदै गएको हुन्छ ।
हिजो म प्रधानमन्त्री हुँदा पनि विदेशी प्रभु मैले जसलाई भनेको छु । ती विदेशी प्रभुहरूले पनि अहिले ठीकै छ प्रचण्ड ठूलो पार्टीको प्रधानमन्त्री भएको हुनाले समर्थन गरे । तर, मलाई गरेको समर्थन केमा आधारित थियो भने नेपाली जनताको निर्णयमा आधारित थियो । संविधानसभामा माओवादीले दुई सय ३८ मत ल्याउँछ भनेर कसैले सोचेकै थिएन । यति ठूलो पार्टीलाई सुरुमै रोक्न खोजे प्रभुहरू नाङ्गेझार हुने भएकाले माओवादीलाई सरकारको नेतृत्व दिएका हुन् । माओवादी सरकार बनाउन नदिन चार महिना त कसरत भएकै थियो । म कसैले टिको लगाइदिएर प्रधानमन्त्री भएकै होइन । म राष्ट्रियताका आधारमा प्रधानमन्त्री भएको हुँ ।
अब रिमोट कन्ट्रोलबाट नाटकीय ढङ्गले अप्राकृतिक, अनैतिक र अराजनीतिक ढङ्गले प्रधानमन्त्री हुन खोजी राख्या छ । सांसद किनबेच भइराख्या छ । फोरमको अहिलेको अवस्था जे भएको छ त्यो पनि किनबेचका कारणले नै हो । एउटै होटलमा दुई दर्जन सभासद्लाई राखेर मनोरञ्जन दिएर राख्ने यो के तरिका हो ? यो मिडियाले नभनेको मात्रै हो ।
-तपाईंले भन्नुभएको कुरा सुन्दा त सबै ठीकै जस्तो लाग्छ तर तिनै विदेशी राजदूतहरूले नेपालमा आएर ओहादाको प्रमाणपत्र बुझाउने कार्यक्रम ाहिले हो निश्चित छैन, तपाईंलाई सिधै आएर भेट्ने अवसर पाउँछन्, तपाईं नै हो भारतीय राजदूतलाई प्रधानसेनापतिका विषयमा लगातार आधा दर्जन पटक भेट्ने अनि उसले पनि नमानेपछि सचिव स्तरको व्यक्तिलाई बोलाइदिनु न भन्ने, पछि त्यो व्यक्ति नआएपछि मैले के गर्ने कुरा गर्नै पाइन भने यो त सरासर दोहोरो चरित्र भएन भन्या ?
यी सबै प्रचारबाजी हुन् । यो प्रतिक्रियावादीहरूले फुदाँ जोडेर गरेको सन्दर्भविहीन कुरा । दुई वर्षअघिको टेप ल्याएजस्तो गर्या मात्रै हो । जब म कटवाल प्रकरणमा अघि बढिराखेको थिएँ, राजदूतहरूले यो कार्य नगरियोस् भन्ने थियो । भारतीय राजदूत राकेश सूदसँगको कुराकानीमा पनि यो विषयमा कुरा भएकै हो । मैले उनलाई यो विषयमा तिमीसँग कुरा गरेर साध्य छैन, जरुरी पर्छ भने तिम्रा ठूला अफिसरहरूलाई बोलाऊ, उनीहरूसँग कुरा गर्छु भनेको हुँ मैले । फटाहाहरूले उल्टोपाल्टो पारे । जनताले राम्रोसँग बुझिदिनुपर्यो । मैले उनीहरू सामु झुक्नका लागि होइन । जे गरेको छु, ठीक गरेको छु भन्नलाई पो बोलाऊ भनेको हुँ । यहाँ त कुर्सी जोगाउन र झुक्नका लागि आइदेऊ भन्यो भनेर प्रचार भयो । यो शब्दहरूलाई जोडेर बनाइएको प्रचारबाजी मात्रै हो ।
-दक्षिणको यसरी विरोध गरिरहँदा उत्तरलाई त यहाँ भित्री रूपमा आˆनो भूमिका बढाउन ठाउँ दिनुभएको उदाहरण पनि छन् नि ?
मैले उत्तर र दक्षिण भनेर भेद गर्न खोजेकै छैन । हामी दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाएर हिंड्न चाहन्छौं । एउटासँग पूरै ढल्किने, अर्कोको व्यवस्था गर्ने हाम्रो सरकारको गरेको छैन गर्न सक्दैन । भारतसँग भएका १९५० लगायतका सन्धिहरूलाई खारेज गरेर नयाँ बनाउनेतर्फ सरकार अघि बढ्छ मैले भनेकै थिएँ । भारत भ्रमणमा जाँदा त्यो कुरा स्पष्ट राखेँ पनि । यसकारण मैले दुवै छिमेकीसँग बराबरीको सम्बन्ध बनाउने र नेपाल राष्ट्रको हितलाई प्राथमिकता दिने कुरामा कही कतै केही बाँकी राखेँ भन्ने मलाई लागेको छैन ।
-तपाईंले धेरै कुरा गर्नुभयो । अन्त्यमा, तपाईंले जसरी सबै पक्षको विरोध गर्नुभयो, सरकरराबाट हट्दा विदेशीको अगाडि नझुक्ने भन्नुभयो तर खास कुरा चाहिं तपाईंको सत्ता जानुमा तपाई जसलाई बाहिरी रूपमा दोष दिए पनि गाँठी कुरा चाहिं पार्टीभित्रकै आन्तरिक विवादले नै तपाईंलाई यो अवस्थामा ल्यायो भन्छन् नि ?
हामी महाधिवेशनतर्फ जाने कुरा सोच्दैछौं । पूरै पार्टी परिचालन गर्ने, सुदृढ गर्ने यो प्रक्रियातिर हामी केन्दि्रत हुँदैछौं । किनकि आखिरमा परिवर्तनको नेतृत्व गर्ने अग्रदस्ता भनेको पार्टी नै हो । पार्टीलाई ठीक गर्न सकिएन भने पूरै राष्ट्रलाई नै क्षति हुन्छ । हामी त्यतातिर केन्दि्त हुन्छौं ।
Saturday, November 7, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment