Sunday, November 29, 2009

राष्ट्रपती डा . राम वरण यादवको राजिनामा .........


सिंगापुर वार्ताबारे ब्यापक चर्चा, परिचर्चा अनि सत्ता परिवर्तनबारे ब्यापक अड्कलवाजी र बहस चलिरहेका बेला फेरि अर्को चर्चा चलेको छ- राष्ट्रपती डा . राम वरण यादवको राजिनामा ।  सिंगापुरमा सत्ता परिवर्तन गर्नेबारे कांग्रेस सभापती गिरिजाप्रसाद कोइराला र एकिक्रित नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डबिच भएको वार्ता भन्दै राजधानी दैनिकले सार्वजनिक गरिदिएपछि निक्कै हल्लीखली मच्चिएको थियो नेपाली राजनितिमा । आज फेरि राष्टपती डा. रामबरण यादवलाई राजिनामा गर्न दबाब दिएको खबरले अर्को हल्लीखल्ली मच्चिँदै छ ।
सेनापती रुक्मांगत कटुवाललाई बर्खास्त गरेपछि पून बहाली गर्ने राष्ट्रपतीको कदमनै अहिले देशको दुराशयको प्रमुख कारण मान्दै आएका माओवादीले अहिले राष्ट्रपती यादवलाई राजिनामा दिन दबाब दिएका रहेछन् । त्यो दबाब कांग्रेस सभापती गिरिजाकै सल्लाहमा रहेछ ।
 प्रचण्ड बिहिबार बेलुका राष्ट्रपती यादवलाई भेट्न गएको खबर त आएको हो । तर देशको समसामयिक विषयमा छलफल भएको भनिएको थियो । भन्नलाई त्यसो भनिएपनि प्रचण्डले राष्ट्रपती रामवरण यादवलाई राष्ट्रपती पदबाट राजिनामा दिन दबाब दिएका रहेछन् । “तपाईको कारणले गर्दा मूलुकले यत्रो राजनितिक संकट बेहोर्नुपर्‍यो। यो संकट पार गर्नकालागि पनि तपाईको राजिनामा आवश्यक छ। गिरिजाबाबुसित यस विषयमा सहमती भएको छ” भन्दै ।
तर यादवले किन मान्थे ? उनले प्रचण्डको आग्रह र दबाबलाई अस्विकार गर्दै आफु ‘कसैको दबाब र आग्रहले राजिनामा नदिने बरु संबिधान र संसदमा भएका दलहरुको सहमती अनुरुप मात्रै अगाडि बढ्ने’ जवाफ दिएर प्रचण्डलाई फर्काएका रहेछन् । प्रचण्डसँग राष्ट्रपतीको वार्ता भएकैले पो रहेछ त माओवादी नेता डा. बाबुराम भट्टराईले कोरिया उड्ने बेला विमानस्थलमा फुरुंग पर्दै ‘राजनितिक निकासकालागि राष्ट्रपती लचिलो भएको’ भनेको ।
 सिंगापुर वार्ताबारे बिहिबार सार्वजनिक भएपछि भारतीय राजदूतकोपनि मन पोलेछ क्यारे । उनले शुक्रबार नै कोइरालालाई भेटे । तर नेपाली नेता न हुन् बिदेशी सित के के कान फुकाफुक गर्छन् कहिले पो सार्वजनिक गर्थे र ? कोइराला र भारतीय राजदूत राकेश सुदबिचपनि के कुराकानी भयो बाहिर आएको छैन । तर सुद र कोइरालबिचको वार्ता पक्कैपनि सत्ता परिवर्तनबारेनै हो भनेर अड्कल काट्न लाटालाईपनि मुस्किल छैन ।
 सिंगापुरमा प्रचण्ड र कोइरालाबिच के सहमती भएको रहेछ भने राष्ट्रपती यदवलाई हटाएर कोइराला राष्ट्रपती बन्ने । त्यसमा माओवादीले सहयोग गर्ने । अनि प्रधानमन्त्री माधवकुमार नेपाललाई हटाएर माओवादीले सरकारको नेत्रित्व गर्ने । त्यसको लागि कोइरालाले भूमिका खेल्ने ।

No comments:

Post a Comment